काठमाडौं- सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न प्रतिष्ठान तथा अस्पतालमा रिक्त रहेका नेतृत्व पदमा संस्थाभित्रकै वरिष्ठ चिकित्सक र कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएको छ। हालै जारी अध्यादेशमार्फत पदमुक्त गरिएको स्थानमा नियुक्ति नभएसम्मका लागि जिम्मेवारी तोकिएको हो।
यसअनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा प्रा.डा. समिता पन्तलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मा डा. नरेन्द्र विक्रम गुरुङलाई जिम्मेवारी तोकिएको छ।
यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सह-प्रा.डा. विनम्र विष्ट, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सहप्रा.डा. इन्द्र लिम्बु तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सहप्रा.डा. सुरेश रसाइलीलाई निमित्त जिम्मेवारी दिइएको छ।
त्यसैगरी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल को निमित्त कार्यकारी निर्देशकमा डा. उमेश नेपाल नियुक्त भएका छन्। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा सह-प्रा.डा. रविन्द्रभक्त तिमलालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।
स्वास्थ्य बिमा बोर्ड को कार्यकारी निर्देशकको जिम्मेवारी शकुन्तला प्रजापतिलाई दिइएको छ भने वीर अस्पताल को निमित्त निर्देशकमा डा. प्रभा कोइराला नियुक्त भएकी छन्।
सरकारले लामो समयदेखि रिक्त रहेका पदमा प्रशासनिक र स्वास्थ्य सेवा प्रवाह प्रभावित हुन नदिन अन्तरिम व्यवस्थाअन्तर्गत निमित्त जिम्मेवारी तोकेको जनाएको छ। स्वास्थ्य मन्त्रालयका