काठमाडौं — स्वास्थ्य क्षेत्रका विभिन्न नियामक निकायमा भएका राजनीतिक नियुक्तिहरू हालै जारी अध्यादेशमार्फत खारेज गरिँदा पनि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिश देव भने पदमा यथावत् रहेका छन्।
सरकारले राजपत्रमा प्रकाशित अध्यादेशमार्फत विभिन्न, विश्वविद्यालय, प्रतिष्ठान, परिषद् र बोर्डहरूमा भएका नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। उक्त अध्यादेशमा मेडिकल काउन्सिलका अध्यक्ष र सदस्यहरूबारे स्पष्ट व्यवस्था गरिएको छ, तर रजिस्ट्रार पदको उल्लेख गरिएको छैन। यसै कारण डा. देव पदमुक्त हुने दायराबाट बाहिर परेका छन्।
यसको विपरीत, नेपाल नर्सिङ काउन्सिलमा भने रजिस्ट्रार समेतलाई पदमुक्त हुने सूचीमा समावेश गरिएको छ।
