काठमाडौं- नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका ५ जना महिला चिकित्सकलाई वुमन इन मेडिसिनबाट सम्मानित गरिएको छ। यस्तै ५ जनालाई लाइभ टाइम अचिभ्मेन्ट प्रदान गरिएको छ।
नेपाल चिकित्सक संघको आयोजनामा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा सो सम्मान प्रदान गरिएको हो।
वमन इन मेडिसिनबाट सम्मानित हुनेहरुमा डा अर्चना अमात्य, डा गिता शाक्य, डा मिता सिंह, डा कोकिला बैद्य र प्रमिला प्रधान छन्। त्यसैगरी लाइभ टाइम अचिभमेन्ट पाउनेहरूमा डा दिव्यश्वरी श्रेष्ठ, डा लता बज्राचार्य, डा शोभा अर्याल, डा कस्तुरी मल्ल र डा गीता कार्की रहेका छन्।