काठमाडौं- नेपाल विद्यार्थी संघ महाराजगञ्ज चिकित्सा क्याम्पस इकाईले हेटौंडास्थित सन्चो अस्पतालका डाक्टरमाथि आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न माग गरेको छ।
सभापति सुजन शर्माले एक विज्ञप्ति जारी गर्दै दोषीलाई यथासिघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन माग गरेका छन्।
'नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरूलाई नै हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति यस संघ गम्भीर आपत्ति प्रकट गर्दै दोषीलाई यथासिघ्र पहिचान गरी कानूनी दायरामा ल्याउन जोडदार माग गर्दछ। साथै नेपाल चिकित्सक संघलाई पनि सरकारसँग सम्मन्वय गरि यो विषयलाई निष्कर्षमा पुर्याउन छ।' विज्ञप्तिमा भनिएको छ।
डा विकास थापा र डा प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा बुधबार आक्रमण भएको थियो।