मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, माघ ९, २०८२
Sat, Jan 24, 2026
शुक्रबार, माघ ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
राजीनामा दिँदै डा रामेशले लेखे- एक्कासी सीप, देश र पेशा छाड्दा मन अमिलो भो
एक्कासी सीप, देश,र पेशा छाड्दा मन अमिलो भो : रामेश
बुधबार, साउन २८, २०८२
चार उपकुलपतिमा तीनजना हाडजोर्नी विशेषज्ञ, एक बाथरोग
प्राडा बुद्धिप्रसाद पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ आन्तरिक चिकित्सा विशेषज्ञ (इन्टरनल मेडिसिन) र नेपालका अग्रणी बाथरोग विशेषज्ञमध्ये एक हुन्। त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडलसहित एमबिबिएस र एमडी इन्टरनल मेडिसिन पूरा गरेका उनले इटलीको युनिभर्सिटी अफ क्याटानियाबाट क्लिनिकल इन्डोक्राइनोलोजी र क्यानडाको युनिभर्सिटी अफ टोरन्टोबाट एडल्ट र्युमटोलोजीमा क्लिनिकल फेलोशिप गरेका छन्।
बुधबार, साउन २८, २०८२
कोशी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा चिकित्सक खटायो
कोशी प्रदेश सरकारले झापा विर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा एक जना मेडिकल अधिकृत खटाउने निर्णय गरेको छ।
मंगलबार, साउन २७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त, धरानमा डा श्रेष्ठ र पाटनमा डा पाैडेलले मारे बाजी
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपतिमा 'टप थ्री' नाम सिफारिस
मंगलबार, साउन २७, २०८२
सरकारले ८ श्रेणीमा विभाजन गर्दै दियो विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’का रूपमा कानुनी मान्यता
यस निर्णयसँगै कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्या अब व्यक्तिगत नभई कानुनी रूपमा सम्बोधन हुनेछन्। यसले लाखौँ श्रमिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नुका साथै रोजगारदातालाई कार्यस्थल सुरक्षित बनाउन थप जिम्मेवार बनाउनेछ।
मंगलबार, साउन २७, २०८२
उपचारका क्रममा एक कैदीको मृत्यु, नारायणी अस्पताल बाहिर प्रदर्शन
जेल प्रशासनका अनुसार मृतक कैदी राहुल तुहारा बिहान जेलमा व्यायाम गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो। अस्पतालले प्रारम्भिक उपचारपछि आवश्यक सुविधा यहाँ उपलब्ध नभएको भन्दै अन्यत्र लैजान सिफारिस गरेको बताइएको छ।
मंगलबार, साउन २७, २०८२
रोयल सासा नेपाल फर्मास्युटिकल्सले पायो 'डब्लुएचओ जिएमपी' प्रमाणपत्र
औषधि व्यवस्था विभागले रोयल सासालाई डब्लुएचओ जिएमपी र नेपालको औषधि उत्पादन कुशल अभ्यास संहिता प्रमाणीकरण गरेको हो। विभागको साउन २२ गतेको विभागीय निर्णय अनुसार रोयल सासाले डब्लुएचओ जिएमपी गाइडलाइन अनुसारको प्रमाणपत्र र औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र पाएको छ।
मंगलबार, साउन २७, २०८२
मेडिकल कलेजको शुल्क र सिट बढाए सत्याग्रहसहित आन्दोलन गर्ने डा गोविन्द केसीको चेतावनी
उनले विगत दुई दशकदेखि ग्रामीण भेगमा सरकारी मेडिकल कलेज स्थापना, निशुल्क तथा सस्तो स्वास्थ्य सेवा र शिक्षा पहुँच सुनिश्चित गर्न संघर्ष हुँदै आएको उल्लेख गरे। चिकित्सा शिक्षा ऐन र आयोग स्थापनापछि छात्रवृत्ति, मापदण्ड पालन, मेरिटका आधारमा भर्ना र शुल्क नियन्त्रणजस्ता सुधार भएपनि हाल सरकारले ऐन विपरीत सिट बढाउने समिति गठन गरेको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार, साउन २७, २०८२
त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा पौडेल
त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा राजन पौडेलले जिम्मेवारी पाएका छन्। विभागमै कार्यरत पौडेलले सोमबार नै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
मंगलबार, साउन २७, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान
अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकारको गहिरो थकान हो, जसले व्यक्ति आफ्नो कामप्रति रुचि, ऊर्जा र प्रेरणा गुमाउँछ, र दीर्घकालमा स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
मंगलबार, साउन २७, २०८२
साउनको अन्तिम सोमबार पशुपतिमा काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो। अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सकले बिहानदेखि बेलुकीसम्म स्वास्थ्य सेवा प्रदान गरेका थिए। अस्पतालका व्यवस्थापक दिनेश साहका अनुसार गम्भीर समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको छ।
मंगलबार, साउन २७, २०८२
अन्तर्राष्ट्रिय युवा दिवसमा नेपाल चिकित्सक संघको 'युथ इन मेडिसिन' कार्यक्रम
नेपाल चिकित्सक संघ (एनएमए) ले अन्तर्राष्ट्रिय युवा दिवस 'युथ इन मेडिसिन' को आयोजना गर्दैछ। यो कार्यक्रम एनएमए भवन, काठमाडौंमा आयोजना हुनेछ।
मंगलबार, साउन २७, २०८२
न्याम्सको ३३औं सभा: ४ अर्ब १२ करोड रुपैयाँको बजेट पास
उपकुलपति प्राडा बस्नेतका अनुसार बैठकले न्याम्सको चालु आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ४ अर्ब १२ करोड रुपैयाँको बजेट पास गरेको छ।
मंगलबार, साउन २७, २०८२
पाँचौँ न्युरोसाइन्स स्कूल नेपाल सम्पन्न, स्नातक तहका विद्यार्थीका लागि नयाँ अनुसन्धान वृत्ति घोषणा
पाँचौँ न्युरोसाइन्स स्कूल नेपाल सम्पन्न, स्नातक तहका विद्यार्थीका लागि नयाँ अनुसन्धान वृत्ति घोषणा
सोमबार, साउन २६, २०८२
गण्डकी प्रदेश प्रादेशिक स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन र स्वास्थ्य तालिम केन्द्र खारेज
गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै प्रादेशिक स्वास्थ्य निर्देशनालयसहित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य तालिम केन्द्र खारेज गरेको छ। साथै, प्रदेश क्षयरोग नियन्त्रण केन्द्र, पोखरालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गाभिएको छ।
सोमबार, साउन २६, २०८२
किओचले पहिलो पटक सुरु गर्यो बिरामीको उपचार प्रक्रिया अघि बढाउन ‘एआई टुल’
उक्त ‘एआई टुल’ले बिरामी र चिकित्सकको संवाद सुनेर त्यसलाई सिधै मेडिकल नोटमा परिणत गरि रेकर्ड सुरक्षित राख्न सहयोग गर्दछ। यो प्रविधि नेपालको स्वास्थ्य क्षेत्रमा पहिलो पटक व्यावहारिक रूपमा प्रयोगमा आएको किओचका अध्यक्ष डा भगवान कोइराला बताउँछन्।
सोमबार, साउन २६, २०८२
स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं"
महिनावारी नफर्केको अवस्थामा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म विशेष र पूर्ण स्तनपान गराएमा यसले प्रजनन क्षमता दमन मार्फत् लगभग ९८% गर्भनिरोधकको रूपमा काम गर्न सक्छ। यद्यपि, यो शतप्रतिशत भरपर्दो गर्भनिरोधक विधि नभएकाले अन्य परिवार नियोजनका उपायहरू बारे स्वास्थ्यकर्मीसँग सल्लाह लिनु महत्त्वपूर्ण छ।
सोमबार, साउन २६, २०८२
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औँ सभा बैठक जारी
बैठकमा प्रतिष्ठानको वार्षिक प्रगति प्रतिवेदन, स्वास्थ्य शिक्षा तथा अनुसन्धानको वर्तमान अवस्था, भावी योजना र नीति सुधारका प्रस्तावहरूबारे छलफल भइरहेको छ। यसका साथै, गुणस्तरीय स्वास्थ्य शिक्षा प्रवर्द्धनका विषयमा पनि छलफल हुनेछ।
सोमबार, साउन २६, २०८२
प्रक्रिया पूरा गरेर मात्र औषधिको मूल्य समायोजन गर्न उच्च अदालत पाटनको आदेश (पूर्णपाठ)
उच्च अदालत पाटनले औषधिको मूल्य समायोजन वा निर्धारण गर्दा औषधी ऐन, २०३५ को दफा २६ बमोजिम आवश्यक कार्यविधि पूरा नगरी गरिएको निर्णय बदर गर्दै भविष्यमा प्रक्रिया पूरा गरेर मात्र मूल्य समायोजन गर्न औषधी व्यवस्था विभागलाई गरेको आदेशको पूर्ण पाठ आएको छ। चैत्र २७ मा उक्त फैसला भएको थियो।
सोमबार, साउन २६, २०८२
पानीको स्रोत घटाउने एआई: नेपालमा पानी संरक्षणको स्मार्ट समाधान हुन सक्छ
एआई (जस्तै च्याटजिपिटि, गेमिनी, क्लौउड, मिडजोर्नी, सिन्थेसिया, पर्प्लेसिटि, क्यान्भा, डल् इ-३, जेस्पर,नोसन-एआइ, ग्रोक, कोपाइलट, फ्यान्टम, जेपेर-एआइ, बिउटिफुल डट एआइ आदि) इमेज जेनेरेटर चलाउन धेरै बिजुली लाग्छ।
सोमबार, साउन २६, २०८२
बंगलादेशमा रहेको नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनको नेतृत्व हस्तान्तरण
बंगलादेशमा रहेका नेपाली मेडिकल विद्यार्थीहरूको संस्था 'नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन'मा नयाँ नेतृत्व आएको छ। हालै एक समारोहबीच संस्थापक अध्यक्ष नवीन यादवले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
आइतबार, साउन २५, २०८२
तराईमा सर्पको टोकाइ: गर्मीमा कसरी बच्ने र टोकिहाले के गर्ने?
गर्मी, सुख्खा मौसम र चिसो खोज्दै सर्पहरू मानिसको बसोबासनजिकै आउन थाल्छन्। खेत, पोखरी, झाडी, पुराना घर, ढुंगा वा काठको थुप्रो र पुराना गोठजस्ता ठाउँहरू सर्पका लागि उपयुक्त लुक्ने ठाउँ बन्न सक्छन्।
आइतबार, साउन २५, २०८२
सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्
परिषदमा नाम दर्ता भएका स्वास्थ्यकर्मीहरुले निश्चित समयभित्र नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) नवीकरण गर्ने र त्यसका लागि सीपीडी अनिवार्य गर्ने तयारी परिषदले गरेको हो। सीपीडी कार्यक्रम लागू गर्ने योजनाम रहेको परिषदले यसका लागि आवश्यक छलफल अगाडि बढाइसकेको छ।
आइतबार, साउन २५, २०८२
धरानमा कांग्रेसका गुटैपिच्छे उम्मेदवार हुँदा उपकुलपतिका लागि 'टप थ्री' नाम सिफारिसमा सकस
शुक्रबार नै कुलपतिसमक्ष पठाउन तीन जनाको नामसूची तय गर्ने प्रयास समितिले गरेको थियो। राति ८ बजेसम्म छलफल गर्दा पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि तीन जनाको नाम टुंग्याउन सकेन। विशेषगरी मन्त्रालयको नेतृत्व समेत गरिरहेको नेपाली कांग्रेसबाट गुटैपिच्छे उम्मेदवार र त्यहीअनुसारको दबाब परेपछि समितिलाई अन्तिम तीनजनाको सूची बनाउन मुश्किल परेको हो।
आइतबार, साउन २५, २०८२
गर्भावस्थामा हरेक २ घण्टामा खाने बानी: ग्यास्ट्रिक समस्याबाट बच्ने प्राकृतिक उपाय
यद्यपि हरेक २ घण्टामा खाने बानी अधिकांश गर्भवती महिलाका लागि लाभदायक हुन्छ, तर यदि तपाईंलाई अत्यधिक ग्यास्ट्रिक समस्या, पेट दुखाइ, वान्ता, वा अन्य स्वास्थ्य समस्या छ भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
आइतबार, साउन २५, २०८२
डा गणेश आचार्य ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ बाट सम्मानित
युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्यालएको भन्दै सम्मेलनमा प्राडा आचार्यलाई ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ को अवार्ड प्रदान गरिएको हो।
आइतबार, साउन २५, २०८२
युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीको पहिलो सम्मेलन नेदरल्यान्डमा
सम्मेलनको पहिलो दिन हिजो शनिबार भएको कार्यक्रमबाट नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि संयुक्त अभियान अगाडि बढाउने संकल्प सहभागीहरुले गरेका छन्।
आइतबार, साउन २५, २०८२
नसर्ने रोग: मौन महामारी
यो संक्रमण रोगदेखि नसर्ने रोगतर्फको संक्रमण स्वास्थ्य प्रणालीमा नयाँ चुनौतीहरू खडा गरिरहेको छ । यसले दीर्घकालीन उपचार, जोखिम व्यवस्थापन र रोकथाममा जोड दिन आवश्यक बनाएको छ। पहिले जहाँ संक्रमण रोग नियन्त्रण नै मुख्य प्राथमिकता थियो, अब त्यस्तै प्राथमिकता नसर्ने रोगलाई दिनु आवश्यक छ ताकि दीर्घकालीन स्वास्थ्य समस्या र मृत्यु दरलाई कम गर्न सकियोस् ।
शनिबार, साउन २४, २०८२
जनैपूर्णिमा विशेष : स्वास्थ्यमैत्री क्वाटी बनाउने उत्तम र सजिलो तरिका
जनैपूर्णिमामा क्वाटी खाने परम्परा हाम्रो संस्कृतिमा पुरानो र स्वास्थ्यप्रद मानिन्छ। विभिन्न गेडागुडी मिसाएर बनाइने यो सुप न केवल स्वादिष्ट हुन्छ, बरु प्रोटिन, फाइबर र खनिजले भरिपूर्ण हुने भएकाले वर्षायाममा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
शनिबार, साउन २४, २०८२
स्वास्थ्य राज्यमन्त्री बस्यालकाे निधन
शुक्रबार, साउन २३, २०८२
Previous
40
41
42
43
44
Next
सर्च गर्नुहोस्
×
Search