काठमाडौं- १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने नीति सरकारले लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।
यसैगरी महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने बताइएको छ।
जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने पनि भनिएको छ।