काठमाडौं- सरकारले गम्भीर रोगको उपचार स्वास्थ्य बीमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
उनले भने, 'गम्भीर रोगको समेत उपचार स्वास्थ्य बीमाबाट गर्नका लागि सुविधा थैली परिमार्जन गरिनेछ।'
साथै स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना गरिने बताइएको छ। आधारभुत र अत्यावश्यक औषधि बीमा प्रणालीमा समेटिने समेत उल्लेख छ।
अहिले स्वास्थ्य उपचारमा छरिएका सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गर्नुका साथै प्रभावकारी बनाइने बताइएको छ।