काठमाडौं- सरकारले संघीय स्वास्थ सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने भएको छ।
स्वास्थ्य सेवाका लागि स्वास्थ्य सेवा ऐन र सेवाको गुणस्तर मापन तथा नियमनका लागि राष्ट्रिय गुणस्तर प्रत्यायन प्राधिकरण ऐन ल्याउने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
राष्ट्रपति पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।