पछिल्लो केही दिनयता देशका विभिन्न स्थानका अस्पताल तथा स्वास्थ्य संस्थामा आक्रमण, तोडफोड र डाक्टरमाथि हातपातका घटना बाहिर आइरहेका छन्। स्वास्थ्यकर्मीमाथि किन हातपात भइरहेको छ? अस्पताल तथा स्वास्थ्य संस्थामाथि बिरामीका आफन्तले किन आक्रोश पोखिरेका छन्? यो समस्याको समाधान कसरी गर्न सकिन्छ? यिनै विषयमा केन्द्रित रहेर नेपाल चिकित्सक संघका महासचिव डा लोचन कार्कीसँग स्वास्थ्यखबरकी बिन्दु शर्माले कुराकानी गरेकी छिन्। डा कार्कीले व्यक्त गरेको धारणा उनकै शब्दमा :
इतिहासमा फर्किएर हेर्ने हो भने २०६२/६३ सालभन्दा अगाडि यस्तो घटना त्यति धेरै थिएन। पहिले स्वास्थ्य क्षेत्रमा यस्तो अराजकता थिएन। त्यसपछिको समयमा स्वास्थ्य क्षेत्र, चिकित्सक र चिकित्सकीय पेशामा हातपात र तोडफोडका घटना निकै बढ्दै गएको देखिन्छ। यसो हनुको पछाडि बदलिँदो राजनीतिक परिवेश र मानिसमा बढेको आक्रोश पनि हो।
यस्ता घटनक्रम दोहोरिँदै जाँदा यस विषयमा मेडिकल एसोसिएसनले सम्बन्धित निकायमा बारम्बार कुरा राख्दै आएको र जागरुकताका काम गगर्दै आएको छ। एसोसिएसनले यस्ता कार्यक्रमपछि घटनामा केही कमी आएको थियो। तर, फेरी अहिले पछिल्ला केही दिनयता त्यही पुरानो प्रवृत्ति दोहोरिँदै छ। अहिले हप्तैपिच्छे यस्ता घटना भइरहेका छन्।
अस्पताल जस्तो पवित्र संस्था, जहाँ मानिसको जन्म र बिरामीको जीवन बचाउने काम हुन्छ। त्यहाँ नै आक्रमण हुनु गलत कुरा हो। मानिसको जीवन बचाउन अहोरात्र खटिने डाक्टरमाथि दुव्र्यवहार हुनुमा बिचैलिया समूहको प्रमुख हात रहेको छ।
यदि कुनै पनि बिरामीको डाक्टरको लापरबाहीको कारण मृत्यु हन्छ भने त्यहाँ डाक्टरलाई कारबाही हुनुपर्छ। गलत गर्नेलाई कारबाही हुनुपर्छ। तर, यहाँ कुनै अस्पतालमा घटना भयो भने कुनै एक समूह आउने र संस्थालाई बाध्य बनाएर क्षतिपूर्तिका नाममा पैसा झार्न लगाइन्छ। अस्पताल र डाक्टरको गल्ती नभए पनि पैसा झार्ने काम हुन्छ। तर, अस्पताल र डाक्टरले आफू जोगिन र आक्रमणबाट जोगिन उक्त समूहसँग सम्झौता गर्न बाध्य हुन्छ।
केही समयअघि कान्ती बाल अस्पतालकै कुरा गर्नुपर्दा बालकको मृत्युु भएपछि अस्पतालबाट बिचैलिया चर्को रकम असुल गरे। तर, मृतकका आफन्तलाई किरिया खर्च भनेर १५–२० हजार मात्र दिएर हिँडेछन्। यस्तो परिपाटीले गर्दा पुरै चिकित्सकीय क्षेत्र नै मारमा परेको छ।
जबसम्म नेपालमा कडा कानुन बनाई कार्यानवयन हुँदैन, तबसम्म चिकीत्सकीय पेशामा सुधार आउँदैन। ड्युटीमा भएको डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्न नपाउने कानुन कार्यान्वयनमा ल्याउनैपर्छ। यस्ता कार्य गर्नेलाई धरौटीमा छुट्न नपाउने कानुन ल्याउन जरुरी छ।
विस्तृत भिडियोमाः
भिडियो : सौरभ रानाभाट