काठमाडौं- बिना चिकित्सकीय लाइसेन्स नामका अघि 'डर्म्याटोलोजिस्ट तथा डा' लेखाएकी रेखा थापा (सोम कुमारी बलम्पाकी)ले डाक्टर भनेर सेवा नदिएको बताएकी छिन्। नेपाल मेडिकल काउन्सिलले छापा मारेको विषयमा प्रकाशित समाचारको प्रतिक्रिया पठाउँदै उक्त कुरा प्रस्ट्याएकी हुन्।
उनले भनेकी छिन्, 'म पूर्ण रुपमा ब्युटी कोजी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टरमा काम गर्दै आएको र क्लिनिकमा काम नगरेको बेहोरा जानकारी गराउँदछु।'
गत वैशाख २८ गते उनी कार्यरत संस्थामा नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त टोलीले छापा मारेको थियो। चिकित्सकीय अभ्यासका लागि अनुमति पत्र अर्थात् लाइसेन्स नलिइ चिकित्सकका रुपमा प्रस्तुत गरेर सेवा दिएको गुनासोका आधारमा छापा मारिएको थियो।
त्यसक्रममा उनले आफूलाई 'डाक्टर तथा डर्म्याटोलिजिस्ट' प्रस्तुत गरेका प्रमाण फेला परेका थिए। उनले विभिन्न संघ/संस्थाबाट पाउने प्रमाण पत्रमा आफ्नो नाम 'डा रेखा थापा' तथा 'डर्म्याटोलोजिस्ट' लेखाएको छापा मार्ने क्रममा भेटिएको काउन्सिलले जनाएको छ। डर्म्याटोलिजिस्टका रुपमा प्रस्तुत गर्न एमबीबीएस पछि थप छाला तथा यौनरोगमा एमडी गरेको हुनुपर्छ।

डर्म्याटोलोजिस्ट लेखिएको प्रमाणपत्र
तर, उनले उक्त डिग्री गरको कुनै प्रमाण पत्र तथा उक्त रुपमा प्रस्तुत गर्न लाइसेन्स देखाउन सकेकी छैनन्। नेपाल मेडिकल काउन्सिल ऐन २०२० (संशोधन २०७४) अनुसार लाइसेन्स बिना चिकित्सा सम्बन्धी कामकारबाही गर्न पाइँदैन। दफा २६ मा दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरूले चिकित्सा सम्बन्धी व्यवसाय गर्न मनाही गरिएको छ।
उपदफा १ मा भनिएको छ, 'दर्तावाला चिकित्सकहरू बाहेक अरू व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन।' कसैले उक्त दफा बमोजिम कसूर गरेमा निजलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
उनले पठाएको प्रतिक्रिया
-1747369718.jpg)