काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औं तहको अतिरिक्त सचिवका लागि तीनजना सिफारिस भएका छन्।
रिक्त रहेका २ पदका लागि डा केशर बहादुर ढकाल, डा श्रीकृष्ण श्रेष्ठ र डा सुधा देवकोटा सिफारिस भएका हुन्।
२४ जनाले आवेदन दिएकामा १ जनाले आवेदन फिर्ता लिएपछि २३ जनामध्ये बढुवा समितिले तीन जनालाई सिफारिस गरेकाे हाे।
मन्त्री परिषद्ले तीनमध्ये दुईजनालाई नियुक्त गर्नेछ।
समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो। उक्त तहका लागि २४ जनाले आवेदन दिएका छन्।