नरेश पोख्रेल
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार भाइरल रोगहरु देखापर्ने क्रम जारी छ र सार्वजनिक स्वास्थ्यको लागि यसले एउटा गम्भीर मुद्दाको प्रतिनिधित्व गर्दछ।
पछिल्ला बीस वर्षमा धेरै भाइरल महामारी जस्तै सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाइरस, सार्स कोभ (सन् २००२ देखि २००३) र २००९ मा एचवानएनवान इन्फ्लुएन्जा रेकर्ड गरिएको थियो। सबैभन्दा पछिल्लो समयमा मध्यपूर्व रेस्पिरेटरी सिन्ड्रोम कोरोनाभाइरस (मर्स (कोभ) पहिलो पटक २०१२ मा साउदी अरेबियामा पहिचान गरिएको थियो।
श्वासप्रश्वास रोग निम्त्याउने भाइरसका केही उदाहरण
- २००२ : सार्स
- २००४ : एचवानएनवान
- २००५ : एचफाइवएनसेभेन
- २००९ : एचवानएनवान इन्फ्लुएन्जना
- २०१२ : मर्स
- २०१८ : निफा भाइरस
-२०१९ : कोभिड- १९
डिसेम्बर २०१९ मा चीनको वुहान, हुबेइमा अज्ञात कारणका निमोनिया प्रकरणहरूको श्रृंखला देखापर्यो। क्लिनिकल सिम्टम्स धेरैजसो भाइरल निमोनिया जस्तो देखिन्थ्यो।
सेफिएड कम्पनीले नयाँ कोरोना भाइरस कोभिड–१९ को गुणात्मक पहिचानको लागि एक अटोमेटेड मलिक्युलर टेस्ट विकसित गरेको छ । कोभिड–१९ प्रकोपको उदयले स्वास्थ्य क्षेत्रमा ठूलो दबाब परेको छ। द्रूत रूपान्तरण तथा सही समयको सदुपयोग र परीक्षणले बिरामीको परीक्षणलाई छिटो पार्छ र यी दबाबहरूलाई कम गर्न मद्दत गर्छ।
इबोला भाइरस र २००९ एचवानएनवान इन्फ्लुएन्जा जस्ता संक्रामक रोग प्रकोपहरूमा पनि यो किसिमका अटोमेटेड मलिक्युलर टेस्टले चिकित्सा क्षेत्रमा एउटा नयाँ किसिमको फड्को मारेको छ।
सेफिएड एक अग्रणी मलिक्युलर डाइग्नोस्टिक कम्पनी हो, जो जिनएक्स्पर्ट प्रणालीको निर्माता पनि हो र यो कम्पनीले सार्स कोभ-२ परीक्षण किटको लागि एफडिएबाट इमरजेन्सी युज अथोराइजेसन प्राप्त गर्यो।
सार्स कोभ-२, जिन एक्स्पर्ट परीक्षण एक र्यापिड, आरटी पिसिआर परीक्षण हो, सार्स कोभ २ बाट न्युक्लेइक एसिडको गुणात्मक पत्ता लगाउने गरिन्छ र यसको लागि नासोफ्रान्जेल स्वाब र नसाल वासरएस्पिरेट नमुनाहरू संकलन गरिन्छ।
४५ मिनेटभित्र भाइरस पत्ता लगाउन र सार्स र कोभिड १९ महामारी विरुद्ध लड्न यो परीक्षण प्रणाली धेरै फलदायी हुने देखिन्छ।
सार्स कोभ २ कार्टेज एक परीक्षण विधि हो जसमा जिनोमिक जानकारी पत्ता लगाउन आवश्यक सबै रिएजेन्टस् समावेश छ।
सीमितता
एक्सपर्ट एक्सप्रेस सार्स कोभ २ कोट परीक्षण खाली नासोफ्रान्जेल स्वाब नमुनाको लागि मात्र सीमित छ। नासोफ्रान्जेल स्वाब बाहेक अरु नमुना लागू हुँदैन।
⦁ यदि नमुना अनुचित रूपमा संकलन गरिएको छ भने गलत परिणाम देखा पर्न सक्दछ ।
⦁ यदि भाइरस अपर्याप्त संख्या मा छ भने गलत अथवा नकारात्मक परिणाम आउन सक्छ।
नोट : यस परीक्षणको प्रदर्शनको लागि उचित नमुना संग्रह, भण्डारण र ढुवानी महत्वपूर्ण छ।
यसैगरी “सेरोलजिकल“ परीक्षणहरू जुन रगतबाट गरिन्छ, नाक वा घाँटी स्वाबले होइन, जसले भाइरसको महामारीको बारेमा जानकारी दिन पनि सहयोग पुग्छ र खोपको रणनीति बनाउन पनि धेरै फलदायी हुनसक्छ।
र्यान्डमाइज्ड नमुना कलेक्सन गरेर (सेरोसर्वेको रूपमा परिचित), स्वास्थ्य निकायहरूले कोभिड–१९ को जोखिमको वास्तविक रुपमा संक्रमणको अनुमान गर्न र समयएमै रोगको निदान गर्न मद्दत पुग्छ।
एसिम्प्टोमेटिक भनेको बिरामीमा भाइरस छ तर कुनै लक्षण देखिंदैन त्यस्तो बिरामीहरुमा पनि स्क्रीनिंग गर्न जरुरी छ, त्यस्तो बिरामीहरु समयमै पहिचान गर्न सकिएन भने यसले भयानक रुप लिन सक्छ, अर्को हो हल्का लक्षण अनि गम्भीर लक्षण जस्मा लक्षण देखिन्छ, थाहा हुन्छ र समयएमै आरटी पिसिआर बाट भाइरस छ, छैन पत्ता लगाउन सक्छांै।
अर्को पक्ष भनेको जो विदेशबाट आउनुहुन्छ, एयरपोर्टममा अनि खुला सिमानामा पनि स्क्रीनिंग (मास स्क्रिनिङ) को सुविधा गर्ने हो भने पनि यो महामारीलाई केही हदसम्म कम गर्न सकिन्छ।
हाम्रो अर्को समस्या हामी कुनै लक्षण नदेखिदसम्म उपचार गर्न जादैनौं। फलस्वरूप एसिम्प्टोमेटिक केसहरुले नै समाजमा भाइरस फैलाउँदै महामारिको रुप लिइसकेको हुन्छ।
सिडिसीका अनुसार कोभिड–१९ प्रयोगशाला परीक्षण निम्नानुसार प्राथमिकतामा दिनुपर्छः
१. मिल्दा लक्षणहरूको साथ अस्पतालमा भर्ना भएका बिरामीहरू
२. स्वास्थ्यसेवा स्वयंसेवकहरू
३. व्यक्ति, जो रोगको जटिलताको उच्च जोखिममा छन्
४. कुनै पनि व्यक्ति, स्वास्थ्य सेवा स्वयंसेवक अथवा कोभिड–१९ बिरामीसँग, तिनीहरूको लक्षण सुरू भएको २ हप्ताभित्र प्रत्यक्ष सम्पर्क राखेको व्यक्ति
अहिलेसम्म ४० भन्दा बडी कम्पनीहरु भ्याक्सिन उत्पादनको लागि मिहिनेत गरिरहेका छन्, ः आडेर्ना थेराप्युटिक्स जस्ता कम्पनी पनि पाइपलाइनमा छन्।
बिरामी निको भइसकेपछि पनि उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ र आइजिजी र आइजिएम एन्टिबडी उत्पादन गर्छ।
नेपालमा कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको संख्या दिन प्रतिदिन बढ्दो छ। विश्वव्यापी महामारीका अघिल्तिर यो संख्या केही पनि नहोला तर पूर्वतयारी गरिएन भने भयावह अवस्था आउन सक्छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हामी निर्भर रहनुले भविष्य मा आउनसक्ने महामारी अझै जटिल हुनसक्छ।
सरकारसँग मेरो अनुरोध के छ भने,
१. हामीसँग पर्याप्त मात्रामा भएका दक्ष जनशक्ति (माइक्रोबायोलोजी तथा बायोटेक्नोलोजी) को उपायोग गर र कडा लकडाउनको नीति अवलम्बन गर,
२.कम्तीमा देशका सबै प्रदेशमा कोभिड १९ टेस्ट गर्ने वातावरण सरकारले तत्काल मिलाउन सक्नुपर्छ।
३.कोभिड १९ को पोजेटिभ रिजल्ट ५ मिनेटमा र नेगेटिभ रिजल्ट १३ मिनेटमा दिन सक्ने किट (एबोट) हरुको पनि विकास भइरहेका छन्। जुन एफडिएबाट स्वीकृत पाइसकेका छन्, विश्वले कोरोना भाइरसको महामारीको सामना गरिरहेको अवस्थामा विकास गरिएको यो प्रविधि आगामी दिनमा ‘मास स्क्रिनिङ’ को लागि सान्दर्भिक हुने देखिन्छ, त्यस्ता किटहरुको तुरुन्त प्रबन्ध मिलाऊ। तर यसमा विश्व स्वास्थ्य संगठनले अनुमति दिएका किट मात्र प्रयोग गर्नुपर्छ।
४.स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई अर्थात् पर्सनल प्रोटेक्टिभ इकुइप्मेन्ट) को प्रभावकारी व्यवस्थापन गर।
५.विश्व स्वास्थ्य संगठनले अनुमति दिएका आवश्यक किट ल्याएर ‘मास स्क्रिनिङ’ को व्यवस्था गर,
६. श्रमिकलाई विशेष आर्थिक प्याकेज घोषणा गर।
७. कोरोना संकटबाट पार पाउन को लागि व्यक्तिगत स्वार्थ, राजनीतिक स्वार्थ, आरोपप्रत्यारोपबाट माथि उठेर काम गर।
(पोख्रेल मोडेर्न डायग्नोस्टिक सेन्टर नेपाल प्रालिका क्लिनिकल ल्याब इन्चार्ज हुन्)