मेडिकल स्कुल सुरु गर्नु भन्दा आगाडि उपचार भनेको टेलिभिजनमा देखेको कुनै सामग्री जस्तो लाग्थ्यो। परजीविको डायग्नोसिस गर्न पुस्तकमा केन्द्रित भएर मैले धेरैको जीवन बचाउँथे। तर स्वास्थ्य उपचार भनेको डा मेरिडिथ ग्रेवा ग्रेगरी हाउसको एउटा सिकाई विधि भन्दा ठूलो प्रयत्न जस्तो लाग्यो। कहिलेकाहिँ बिरामीमा अनौठो अवस्था आउँछ। त्यस्तो वेला ‘सर्जिकल स्कल’ आवश्यक पर्छ।
अस्पतालमा बारम्बार बिरामीलाई भर्ना गरिन्छ तर उपचारका क्रममा उनीहरु बढी जोखिममा पर्छन्।
तेस्रो वर्षको मेडिकल स्कुल अध्ययनका क्रममा मैले नयाँ अनुभव बटुल्ने मौका पाए। दीर्घ रोग भएर अस्पताल भर्ना भएका बिरामीलाई लामो समय अस्पताल राखिन्थ्यो वा पुन भर्ना गरिन्थ्यो। त्यसो त मैले अध्ययन गर्न खोजेको संस्थाको आलोचना गर्न खोजेको होइन। यो समस्या जहाँ पनि छ। स्थानीय अस्पाताल र अन्य मेडिकल विद्यालयका साथीहरुले पनि यस्तो अनुभव सुनाउने गर्छन्।
अस्पतालमा भर्ना गर्दा बिरामी हुन्छन् भने मैले उनीहरुलाई कसरी सहयोग गर्न सक्छु ? यस्तै प्रश्नले दिमाग घोच्ने गर्थ्यो।
प्रारम्भिक दिनमा मेरो मेडिकल स्कुलका सल्लाहकार डा जोडी अबोटसँग भेट हुन्थ्यो। गुणस्तर सुधारमा उनी दत्तचित्त देखिन्थे। म इन्सिटिच्युट फर हेल्थकेयर इम्प्रुभमेन्ट मोड्युल्समा प्रवेश गरें। यहाँ तालिमसँगै विभिन्न अनुभव गरे। नर्सिङ स्टाफ र फार्मेसिस्टको दोस्रो परीक्षणले कति मानिसको जीवन बचाउदो रहेछ भन्ने अनुभव गरें।
ओपिओइड प्रयोगको असन्तुलनपछि पीडित बनेका बिरामीलाई विस्तृत तालिमपछि नालोक्जोन दिएर डिस्चार्ज गरेको देखें। थ्रोमबोइमबोलिजमको उच्च खतरामा रहेका बिरामीलाई हेपारिन अर्डर गरेको देखें। यस्तो प्रणालीको डिजाइन र अभियानको लागि कोही न कोहीले मिहिनेत गरेको पाएँ। तर, प्रणालीले त्रुटी नदेखेको वा डरलाग्दो खतराबाट नबचाउँदा त्यसको समाधान गर्ने वा हस्तक्षेप गर्ने बारेमा सोचेकी हुन्थें।
खतरनाक घटना देख्दा म हतोत्साहित हुन्थें। तर, मसँग टुकलिट (एक प्रकारको औजार) पनि थियो। जसले मलाई धेरै आशा दियो।
गुणस्तर सुधारेर हामी चिकित्सक र भावी चिकित्सकले नयाँ सर्जिकल प्रविधि सिकेर बिरामीको मृत्युदर घटाउन सक्थ्यौं, उनीहरुको अनुहारमा उज्यालो भर्न सक्थ्यौं।
थप पाठ्यक्रममा संलग्न भएर मैले क्युआई (क्वाइलिटिभ इम्प्रुभमेन्ट ) तालिम प्राप्त गरें। तर, मलाई के लाग्छ भने मेडिकल स्कुलको पाठ्यक्रमले क्युआई बारे सबै विद्यार्थीलाई राम्रोसँग सिकाउनुपर्छ। क्युआई प्रोजेक्टका लागि आवसीय कार्यक्रम आवश्यक पर्छ। राम्रो वा नराम्रो माथिदेखि तलसम्मको वित्तिय चासोले अस्पताललाई उनीहरुको प्रणाली सुधार्न सहयोग गरेको छ।
प्रभावकारी हस्तक्षेप कार्यन्वयन गर्न चिकित्सकहरु अध्ययनका दुई वा सो भन्दा बढी क्षेत्रमा संलग्न हुनुपर्छ। यसका लागि मेडिकल विद्यार्थीलाई क्युआई तालिम प्रदान गर्नु आवश्यक छ।
प्रथम वर्षको पाठ्यक्रममा हामीले हालसालै क्युआई कोर्स लागू गरेका छौं। तेस्रो वर्षमा यस सम्बन्धि प्रोजेक्ट हुन्छ। यस परियोजनलाई तेस्रो वर्षमा समावेश गर्न म सक्रिय थिए। हाम्रो संस्थाको हस्तक्षेप पूर्ण छैन। तर, यस विषयमा अझै धेरै गर्नुछ। यो त केबल सुरुवाती मात्र हो। क्युआई परिवर्तनमा मेडिकलका विद्यार्थी उपर्युक्त एजेन्ट हुन सक्छन्। तालिम अवसरमा विद्यार्थीहरु परियोजनामा सहभागी मात्र हुने होइन की प्रारम्भिक डिजाइन प्रक्रियामा नै संलग्न हुनुपर्छ।
बारम्बार मेरा साथीहरुले बारम्बार मेडिकल त्रुटी पहिचान गर्छन्। व्यक्तितगतरुपमा क्युआई तालिमप्रति म आभार व्यक्त गर्न चाहन्छु।
एक जना व्याक्टेरिया संक्रमित आफन्तलाई वैकल्पिक विधिबाट उपचार गरेपछि म क्युआई तालिमप्रति व्यक्तिगत रुपमा आभारी छु। उनले निकै मायालु उपचार पाएको थिए। र पूर्ण रुपमा निको भएको थिए। मापदण्ड पूरा गर्दागर्र्दै पनि उनले औषधी सेवन गर्नु परेन। उनीसँग एउटा स्पाईरोमिटर (मापन गर्ने यन्त्र) थियो। तर, यसको प्रयोगबारे उसलाई राम्रोसँग सिकाइएको थिएन। भर्ना गर्दा उनलाई सुरक्षित राख्न सकें। तर अझै पनि अधिकांश बिरामीले उपचार गर्दा कति समस्या सामना गरिरहेका छन् त?
(सिगलले बोस्टन युनिर्भसिटी स्कुल अफ मेडिसियनमा अध्ययनका क्रममा यो लेखेकी हुन्)