काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत शनिबारदेखि वीर अस्पतालमा उपचाररत मन्त्री पौडेल आज डिस्चार्ज भएका हुन्। अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको अस्पताल निर्देशक डा दिलिप शर्माको नेतृत्वमा उपचार भएको थियो।
'मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते ज्वरो आई यस चि. वि. रा.प्र. वीर अस्पतालमा भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विषेशज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भएको र हाल स्वास्थ्यमा सुधार भएकोले आज मिति २०८२/०३/२० गते अस्पतालबाट डिस्चार्ज हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
मन्त्री पौडेल ज्वरो आएपछि गत शनिबार बेलुका वीर अस्पताल भर्ना भएका थिए।