रोड ट्राफीक एक्सीडेन्ट अस्पतालको आकस्मिक वार्डमा आउने केशहरुमध्ये दोहोरिरहने केश हो। सामान्य अर्थमा सडक दुर्घटनामा घाइते भएका व्यक्ति बिरामी भई आउनु हो्र दुर्घटनामा परेका प्रायलाई तत्कालै उपचार चाहिने भएको हुनाले इमरजेन्सी वार्डमा बिरामी आउने गर्छन्। बिरामीको अवस्था हेरेर चिकित्सकको टोलीले भर्ना, रिफर, डिस्चार्ज गर्ने गर्छन। आरटीए भीटामिन, ड्रग, रियाक्सन हर्मोनल इम्ब्यालेन्स, खानपानको गडबडी ले गर्दा लाग्ने रोग होईन्र यो भावितवी रुपले हुने आकस्मिक दुर्घटना हो यसको प्रकृति फेल इन्जुरी, कट इन्जुरीसँग बढी मिल्दो जुल्दो भएको हुनाले निदानमा सडक दुर्घटना लेख्ने चलनमा कमि रहेको पाईन्छ्र ढड्डामा जे लेखे पनि बिरामीले गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गर्न पाए बिरामी र चिकित्सकको लागि यसभन्दा खुसीको क्षण के नै होला।
तर यसको न्युनिकारणको लागि त यसको सूचना र तथ्यांक सहि रुपमा आउन जरुरी देखिन्छ्र स्वास्थ सेवा विभागको आव २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार देशको सबैभन्दा बढी १० निदानमध्ये ४ मा फ्याक्चर रहेको छ्र जसमा जम्मा १०४८०५७ जना बिरामी रहेको छन् स्वास्थ्य संस्थामा आउने फ्याक्चर केशमध्ये प्रमुख कारण सडक दुर्घटना पनि हो्र कहिले जन्ती लिएर जादै गरेको बस दुर्घटनामा परेको, त कहिले यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट झरेको, कहिले मापसे गरेको चालकको गल्तिले गाडी दुर्घटनामा परेको त कहिले साँघुरो बाटोका कारणले गाडी भिरबाट झरेको, कहिले झ्यालबाट टाउको बाहिर निकालेको कारणले दुर्घटनामा परेको, त कहिले हतारमा बाटो क्रस गर्न खोज्दा घटना घटेको हेडलाईन हरेक दिन पत्र पत्रिकामा देखिन्छ्र यो रोग होईन्र यो दुर्घटना हो्र कमजोर ट्राफिक व्यवस्थापन, चालकको दक्षता, सडकको गुणस्तर, सडकमा गाडीको चाप, व्यक्तिको सचेतना र ट्राफिक नियमको ज्ञान, गाडीको गुणस्तर, दुर्घटना पश्चातको आकस्मिकता व्यवस्थापन , बिमाबाट उपचार खर्च दाबी गर्ने प्रक्रियाको जटिलताको कारणले यो दुर्घटना घट्ने तथा मृत्यु समेत हुने गरेको देखिन्छ।
विश्व स्वास्थ संगठनको अनुसार २०२० मा नेपालमा ४६५४ जनाको मृत्यू भएको थियो्र जुन देशमा भएको कुल मृत्यूको २.९० प्रतिशत थियो्र सडक दुर्घटनामा मृत्यु हुने देशको सुचीमा नेपाल ७२ औ स्थानमा रहेको थियो। विश्वव्यापी रुपमा हेर्दा ५ देखि २९ वर्षमा हुने मृत्युको प्रमुख कारण नै सडक दुर्घटना हो ्र वर्षेनी करिब १३ लाख जनाले आफ्नो ज्यान गुमाउने गर्छन्र यी मध्येको ९३ प्रतिशत मृत्यु अति कम विकसित, कम विकसित, मध्यम विकसित देशमा हुने गर्छन् ्र साथै यसको व्यवस्थापनमा देशको कुल ग्राहस्थ उत्पादन को ३ प्रतिशत खर्च हुने गर्छन्।
यसरी हेर्दा यो एक निदानको विषय नभएर जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ्र यसले देशको सामाजिक आर्थिक अवस्थामा भार पर्छ्र यसले यातायात व्यवस्था प्रणालीलाई खुला प्रश्न थपेको छ्र यसको गम्भीरतालाई महसुस गरेर विश्व स्वास्थ्य संगठनले २०११-२०२० को दशकलाई “सडक सुरक्षा” को दशकको रुपमा घोषणा गरेको थियो्र
यस्तो संभावित दुर्घटना न्युनिकरण गर्नको लागि सहि सूचना र यथार्थपरक तथ्यांक आउनु आवश्यक देखिन्छ्र सूचना र तथ्यांकलाई प्रविधिसँग जोड्न जरुरी देखिन्छ्र त्यसपछि तथ्यांकको सहि विश्लेषण गरी दुर्घटना हुने कारण पत्ता लगाउनुपर्छ्र सवारीसाधन जाँच प्रणाली, सडकको गुणस्तर, ट्राफिक व्यवस्थापनमा चुस्तता, जनस्तरमा सडक सुरक्षा सम्बन्धी जनचेतना, स्कुलको पाठ्यक्रममा सडक सुरक्षा सम्बन्धी विषयबस्तु समाबेश, बिमा दाबी तथा भुक्तानी प्रक्रियाको सरलीकरण, अस्पतालको गुणस्तर सुधार, प्रत्येक प्रदेशमा राष्ट्रिय ट्रमा सेन्टर जस्तो संरचना, कानूनी प्रक्रियाको सरलिकरण, न्याय निरुपणमा सिघ्रता, क्षतिपुर्तीको सहज उपलब्धता, सडकमा पैदल यात्री हिड्ने पेटी, साईकल गुड्ने ट्रयाकको व्यवस्था, सरोकारवाला निकाय जस्तै यातायात, स्वास्थ्य, प्रहरी, शिक्षा विभाग बीचको प्रभावकारी समन्वय, कानुन मिच्नेलाई दण्ड र प्रोत्साहनको लागि पुरस्कार प्रणाली अबलम्बन गरी दुर्घटना नियन्त्रण, गाडीको गुणस्तर सम्बन्धी न्युन्तम मापदण्डको कार्यविधि तयार गरी जारी गर्नुपर्ने आवश्यकता देखिन्छ्र यी कार्यहरुले सडक दुर्घटनाको न्युनिकरण गर्नुको साथै दुर्घटना भइहाले पनि आकस्मिक मृत्युमा कमि ल्याई समृद्द राष्ट्रको सुचकमा टेवा पुर्याउँछ्र यसको लागि स्वास्थ्य संस्था, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी लगायतमा जिम्मेवार निकायहरुबाट यथार्थ तथ्यांक तथा सही सूचना जारी गर्नुपर्छ।