'जीवनमा नारी हुना पाउनुको सबै भन्दा ठुलो कुरा के हो जस्तो लाग्छ?' म आफ्नी आमालाई कहिलेकाहिँ सोध्ने गर्छु।
'तिमिहरुको आमा हुन पाउनु.' आमाको सदाबहार जवाव रहन्छ।
कहिले केही नसोच्ने म अस्ति थापाथली प्रसुति गृहबाट महिलाले आमा बन्ने मातृ-मोहमा एउटा बच्चा चोरेको खबर आएदेखि मेरो मनमा प्रश्नोत्तरको भुमरी उठेको छ। एक छोरी मान्छे जन्मेदेखि अनेकौँ भुमिका निर्वाह गर्दै आमा बन्ने उमेरसम्म पुग्छिन्।
नारी भन्नाले प्रकृति, जननी। अर्थात् जीवनजगतमा जसमा करुणा, दया, माया, सवेदंनशिलता छ, त्यो नारी। यसरी हेर्ने हो भने वास्तवमै नारी हुनुको ठूलो अस्तित्व आमा हुनुमै छ। किनकी आमा नै अन्त्यमा यि सबै अमूर्त गुणहरुको मूर्तरुप हुन। तर आमा नहुदाँ पनि कसैको छोरी, दिदी- बहिनी, प्रेमिका, श्रीमती या अन्य कुनै नातामा पनि एउटा नारीको भित्री सौम्यता र संवेदनशिलता उसको जीवनको हरेक भुमिकामा देख्न पाइन्छ।
थापाथली घटनाका कानुनी पाटोलाई भिन्न राखी मनोवैज्ञानिक र सामाजिक पाटोलाई हेर्ने हो भने के कुराले महिलाहरु यस्ता कदम लिन बाध्य हुन्छन्, चित्रण गर्न सकिन्छ। सामाजिक दर्पणमा आएको त्यो घटना मात्र एक महिलाको समस्या नभई समाजमा भएको अनेकौँ छोरी मान्छेहरुको हो।
बिवाह गरेपछि एउटा सम्बन्धको औचित्य के सन्तान जन्माउनु मात्रै हो त ? के एउटा छोरी मान्न्छेको समग्र पहिचान आमा बन्नुमा मात्रै सिमित छ त ?
आफू अस्पतालमा हुँदा अधिकांश समय नि:सन्तान क्लिनिकको दिन उपचारका लागि आउने दम्पत्तिमा पनि नि:सन्तान हुनुको दबाब श्रीमतीले बढी लिने र सँगै जचाउन आउने धेरै श्रीमानहरुको मानसिकता कतै आफ्नै श्रीमतीमा त खोट छैन भन्ने हुने गर्थ्यो। अझ ति महिलाहरुमा डर भनेको नि:सन्तान भए श्रीमानले अर्की ल्याउने पो हो कि या घरपरिवारले सधैँ अवहेलना गर्ने हुन् कि भन्ने हुन्थ्यो। यसमाथि अझै छोरा र छोरीको विभेद गरेर छोरा नै पाउनुपर्छ भन्नेको जमात फेरि अर्को छ (त्यो अर्कै दिनका लागि साँचे)। यो सब हेर्दा लाग्थ्यो कि अधिकांश ति महिलाहरुको सन्तान पाउने इच्छा आमा बन्नको लागि नभएर केवल सम्बन्ध बचाउने जमर्को हुन्थ्यो। सोच्दा लाग्छ - आमा हुनु आफैँमा जीवनको एउटा परिवर्तनात्मक अनुभव भए पनि यस्ता कति आमा होलान जस्ले यो यात्रा आफ्नो हिसाबले तय गर्न पाउँदैनन्।
हुन त यो उदाहरण हेर्न धेरै टाढा जान नपर्ला। हामी धेरैका आमहरुले भन्ने गर्नुहुन्छ नै 'तिमिहरु जन्मिए पछि धेरै सहारा भयो, झन् ठुलो भए पछि त कसैले हेप्न सक्दैन।' यो सुन्दा सन्तानलाई आमाको सहाराको रुपमा राम्रो लागे पनि हाम्रा समाजले बनाइदिएका अरु सम्बन्धहरु कति फितला रैछन् भन्ने लाग्छ। आमाले सन्तानलाई सहाराको रुपमा पाउनु नराम्रो होइन तर किन भविष्य सोचि जोडिएका अरु सम्बन्धहरुले हाम्रा आमाहरुलाई त्यो खुसी र सुरक्षाको प्रत्याभूति दिलाउन सकेनन्, जसको रिक्तता पुरा गर्न उनका लागि एउटा सन्तान अपरिहार्य नै भयो। यस्को दुई घातक पाटो के देखिन्छ भने-हाम्रा समाजका बिवाहका सिध्दान्त र सम्बन्धले श्रीमान श्रीमतीलाई सँगै राखे तर ती सम्बन्धहरुको जुन प्रगाढता हुनुपर्थ्यो, ती दिएनन्! त्यसैलै ती आमाहरुले आफ्ना सन्तानमा नै सबै खुशी खोज्नुपर्यो।
अर्को पाटो के भने- बिवाहको उद्देश्य परिवार अगाडी बढाउनु भएपनि समस्त उद्देश्य त्यही हुनु उचित हैन। बिवाह आफैँमा कुनै दुई ब्यक्तिलाई जस्तो सुकै अवस्थामा पनि आजीवन सहयात्री बनाउने माध्यम हुनुपर्छ। सन्तान हुनु आफैँमा सुनमा सुगन्ध होला तरा सन्तान नहुनुले बिवाहको मुल उद्देश्य जुन दुई ब्यक्ती बिचको प्रेम र आत्मियता हुनुपर्ने थियो त्यसलाई कुल्चनु हुँदैन।
मातृत्व आफैँमा एउटा अद्भुत यात्रा भने पक्कै हो। तर त्यसका लागी एउटा छोरी मान्छे शारीरिक, मानसिक रुपले सक्षम हुनुपर्छ। कुनै सम्बन्ध बचाउने प्रेसरमा आफ्नो बचावका निमित्त सन्तानलाई जन्माउन बाध्य हुने आमाले के साँच्चिकै मातृत्व महशुस गर्लिन् र ? सो वातावरणमा जन्मेका सनतानको हुर्काई उसको आफ्नै विकासका लागी उपयुक्त होला ? सानोमा बच्चा भनि सबैले माया गरेपनl जब ठ"लो भएर उसले आफ्नो अस्तित्वको लडाइँ उसले हेर्छ- यो मातृत्वलाई हेर्ने नजरिया के होला ? कतिपय तिनै सन्तान हुर्केपछl आफैँ ‘सन्तान त नभई हुँदैन, हामीलाई त हाम्री आमाले यसरी पाएको’ भन्ने होलान् भने कति यो सबै देखेर सन्तान जन्माउनैपर्ने कुराबाट भाग्न खोज्लान्। चाहे जे होस्- यसले दुई पाटामा घर्षण पैदा गर्छ।
सन्तान जन्माउन आफैँमा सानो कुरा होइन र जन्माएर हुर्काउनु झन् अर्को ठुलो कुरा। ‘ It takes a village to raise a child’ अर्थात एउटा बच्चा हुर्काउन एउटा गाउँ नै लागिपर्नुपर्छ। कुनै बालकको लालन-पालनको निमित्त यत्रो मेहेनत पर्ने ठाउँमा बाउ-आमाको बिग्रेको सम्बन्ध सुधार्न जन्माइएको सन्तानले कस्तो आघात बेहोर्नुपर्ला, कस्ता दबाबहरु सहनुपर्ला। अनि के साच्चिकैँ ति सम्बन्धहरु सन्तानप्राप्ती पछि सुध्रेलान् त ? प्रश्न अनगिन्ती छ!
एउटा नारी आफैँमा आफ्ना सबै भुमिकामा पोख्त भएपनि, आफ्ना ज्ञान, सीप र सामाजिक दर्जामा जति नै अब्बल भएपनि एउटा आमा नबनेमा उसको अस्तित्व नस्वीकार्ने सामाजिक संरचना गलत छ । बच्चा जन्माउने कुरा महिलाका निजी रोजाइ हुन् भन्ने समाजले बुझ्नुपर्छ। समाजले महिलालाई बाँझो भनेर टोकस्नु भन्दा उसलाई साथ दिने पुरुषलाई के सिकाउनुपर्छ भन्दा कहिलेकाहिँ शारिरिक, मानसिक या अरु कुनै कारणले बच्चा जन्माउन असमर्थ हुन सक्छिन्। तर त्यस्तो बेला तिमिहरुको परस्पर प्रेममा कमी आउनु हुँदैन र महिलाको मान्यता केवल नि:सन्तान भएकै कारण कम हुनुहुँदैन। यो साथै समाजले पनि सन्तानप्राप्ती कुनै दम्पत्तिको ब्यक्तिगत मामिला हो र यसमा अरुको दख्खल आवश्यक छैन भनेर बुझ्नुपर्छ। कहिलेकाहिँ बाह्य दबाबको कारण यस्ता सम्बन्धहरु धरापमा पर्ने गर्छन्। यसका अनेक मनोबैज्ञानिक पक्ष हुने हुँदा समाजले पनि आफ्नो दायरामा बाँधिनुपर्छ। यो सवै हुँदै गर्दा कति बेसहारा बाल-बालिका छन्, उनीहरुलाई अपनत्वको अँगालो दिन सकिन्छ कि भन्नेमा बरु बिचार गर्न सकिन्छ !
यति लेख्दा-लेख्दै पनि के सम्झेर दु:ख लाग्छ भने 'समाजले महिलालाई सशक्त त बनायो, तर अझै पनि महिलाको त्याग, सिर्जना र स्नेहको लागl उनिहरुको कदर गर्न सकेन। केवल जLवनको एक पाटोका लful उसको सबै अस्तित्व न्युनिकरण गरी उसलाई अशक्त बनाउन छाडेन।'