डडेल्धुरा- नेपालको संविधान २०७२ को धारा ३० ले भन्छ, ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ। वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।’
तर, मौलिक हकको यी प्रावधान लागू गर्न स्वास्थ्य संस्थाहरूलाई सकस छ। बिरामीलाई स्वस्थ गराउन प्रयासरत अस्पताल नै स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिक हक कार्यान्वयनमा गैरजिम्मेवार देखिएका छन्।
सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लाको ठुलो तथा सबै भन्दा बढी बिरामीले सेवा लिने डडेल्धुरा अस्पतालले अझै पनि परम्परागत शैली र प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने गरेको पाईएको छ।
फोहोर संसोधन गर्ने मेसिनले धान्ने भन्दा बढी फोहोरमैला अस्पतालबाट निस्कीन थालेपछि फोहोर अस्पताल नजिकै सानो खाल्डोमा सबै प्ररकारका फोहोर फाल्ने बनाएको छ। अस्पताल भन्दा २ सय मिटर टाढा औषधिजन्य फोहोर समेत खाल्डोमा राखेर मन लागेको दिन जलाउने गरिएको छ।
एक सानो आकारको नवीनतम प्रविधि जडान गरेर प्रसोधन भइरहेको भएपनि बढी फोहोर भएकाले बाहिर फाल्नु परिहेको अस्पतालले जनाएको छ। अस्पतालको नजिककै हिड्नेबाटोसंगै रहेको जंगलमा सानो खाल्डोमा जोखिमपूर्ण फोहोरलाई संक्रमित, प्याथोलोजिकल औषधिजन्य, धारिलो गरी वर्गीकरण समेत नगरी अव्यवस्थीत रुपमा फोहोर फाल्ने गरिहेको छ। दैनिक संयौँ नागरिक हिड्ने बाटोकै छेउमा औषधिजन्य फोहोर जताततै सिरिन्ज तथा हातेपन्जाहरु पुगेका छन्।
त्यही बाटो भएर सर्वसाधारण नागरिक, विद्यार्थी र स्वास्थ्य कार्यालयका कर्मचारी तथा केही अन्य कार्यालयका सरकारी कर्मचारी, शिक्षकहरु दैनिक ओहरदोहर गर्ने गरेका छन्। ठुलो अस्पताल फोहोर बढी तथा रोग संक्रमणको उच्च जोखीम हुने फोहोरलाई व्यवस्थान गर्नु नसक्नु लाजको बिषय हो एक स्वास्थ्यकर्मीले भने, ‘रगतसहितका कपडाका टालोहरु र सिरिन्जसमेत यही फालेको छ, नागरिकको स्वास्थ्य माथि खेलवाड भयो।’
सानो खाल्डकोबाट अंधिकास फोहोरको डंगुरहरु बादरले यता उता पुत्याउने गरेको छ। ‘प्लाटीकका पोकाहरु कुनै दिन कसैको घरको छत, खेतीबारी त कुनै दिन सरकारी कार्यालको छत तथा आगनमा पुत्याएको हुन्छ स्थानीय अनिल पाठकले भने, ‘पानी लागेको दिन नालीको फोहोर त खेतमा आउछ नै अस्पतालको औषधिजन्य फोहोर समेत घरखेतमा पुग्छन्।’
नवीनतम प्रविधि जडान गरेर प्रसोधन भइरहेको भएपनि ‘बिरामीको बढ्दो चापसँगै फोहोर पनि बढ्दै गएको छ,’ अस्पतालका प्रमुख डा. सन्तोष कुमार गुप्ता भन्छन्, ‘फोहोर छुट्याउने नवीनतम प्रविधि छ त्यो सानो भएको छ। अब नयाँ भवनमा छिटै नयाँ मेसिनसहितको सुविधा थपिदै छ। यो मेसिनले फोहोरलाई स–साना टुक्रा गरेर धुलो पार्छ। संक्रमणको जोखिम पनि हुँदैन।’
वैकल्पीक व्यवस्थापनका लागि खाल्डो खन्नेर फोहोर जलाउने गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाले बताए। उनले भने, ‘पुरानोले धेरै काम गर्ने सकेको छैन्। नयाँ प्रसुती गृहको भवनमा प्रशोधन केन्द्र बन्दै छ अब त्यहीबाट फोहोरलाई स–साना टुक्रा गरेर धुलो बनाउछौँ।’ अस्पताल र विद्यालय आगाडी फोहोरको डुङडुङी गन्ध आउन थालेपछि अस्पतालमा आउने बिरामी र विद्यालयका शिक्षक विद्यार्थीहरु आजित भएका छन्।
नजिकैको २०६१ सालमा स्थापना भएको ज्ञानोदय बिद्यानिकेतमा ५ सय बढी विद्यार्थीहरु अध्ययनरत छन्।
फोहोर जलाएको धुलो धुवा विद्यालयको क्षेत्रमा आउदाँ एक किसिमको तनाब सिर्जना भएको विद्यालयका प्रधानाध्यापक जगदिश धामीले बताए।
विद्यालयको कान्टिन समेत फोहोर जलाउने खाल्डोबाट दुई सय मिटर मात्र दुरी छ। जसले औषधिजन्य फोहोरका किटाणुहरु भान्सामै पुग्ने जोखिम बढेको उनको भनाई छ।
आफुहरुले अस्पताल प्रशांसनलाई बेला बेलामा उच्चित व्यवस्थापनको माग गर्दै आएको प्रधानाध्यापक धामीले बताए। ‘फोहोरको गन्ध, फोहोरका टुक्रा जलाएको धुवाले आजित नै छाँै, बादरले सुईहरु नै विद्यालयको फिल्डमा ल्याईदिन्छ।’ उनले भने, ‘जलाउन टाईम लगायत तनाब छ, होटलहरुले समेत विद्यालयमा फोहोर गरि बालबालिकाम असर गर्ने लागे।’
रोगको जोखिम
डडेल्धुरा अस्पतालले स्वास्थ्यजन्य फोहोरमैलालाई जोखिमपूर्ण र जोखिमरहित गरी दुई भागमा विभाजन गरेको छ। जोखिमरहित फोहोरलाई कुहिने र नकुहिने फोहोरमा बाँडिएको छ। त्यस्तै, जोखिमपूर्ण फोहोरलाई संक्रमित, प्याथोलोजिकल औषधिजन्य, धारिलो गरी वर्गीकरण गरिएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक तथ्यांकअनुसार उपचाररत एक बिरामीबाट दैनिक २–३ किलोग्राम फोहोर जम्मा हुन्छ। जसमध्ये १५ प्रतिशत अति जोखिम मानिन्छ। अति जोखिम फोहोरको उचित व्यवस्थापन गर्न उपकरणको अभाव छ।
अस्पतालमा निर्मलीकरण गर्नुपर्ने फोहोरलाई प्लाष्टिकको झोलामा पोका पारेर राख्ने गरिएको छ। जसबाट दुर्गन्ध आइरहेको हुन्छ। चिकित्सका अनुसार संक्रमणयुक्त फोहोरबाट हेपाइटाइटीस, एचआईभीलगायत रोगको संक्रमण हुने जोखिम हुन्छ। वातावरण मन्त्रालयबाट हरेक वर्ष अस्पतालको फोहोरमैला व्यवस्थापनको अनुगमन हुन्छ। तर, लापरबाही गर्ने अस्पताललाई कानुनी कारबाही नहुँदा अनुगमन उपलब्धिमुलक हुन सकेको छैन। जसले गर्दा अस्पताल प्रशासनले फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन्।’
अस्पतालहरूमा निर्मलीकरणपछि बिक्री हुने फोहोर (पानीको बोतल, प्लास्टिक) लाई पुनः छुट्याउने गरे बिक्री गर्ने सकिन्छ। फोहोर पनि बिक्री हुने गरेको छ। बिक्रि भएको फोहोरको केही रकम प्रोत्साहनस्वरूप सफाइकर्मीलाई दिन सकिने व्यवस्था नेपालका धेरै अस्पतालले गरेका छन्।
फोहोरलाई बिक्री गरेर आम्दानी गर्ने अस्पतालहरूको सूचीमा त्रिवि शिक्षण अस्पताल र वीर अस्पताल पनि पर्छन्। वीर अस्पतालबाट फोहोर निस्कने स्रोतमै छुट्याइने गरिएको छ। रोग सार्ने खालका फोहोरलाई पहिल्यै जम्मा गरेर ‘अटोक्लेभ’ विधिद्वारा निर्मलीकरण गरिन्छ। अस्पतालमा फोहोर पानी प्रशोधनबिना नै ढल, नदीमा पठाउने गरे थप जोखीम बढने छ। जसले गर्दा सरुवा रोग लाग्ने जोखिम उतीकै हुन्छ।