क्षयरोग नाङ्गो आखाँले देख्न नसकिने सुक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो जुन जनस्वास्थ्य समस्याको रुपमा रहेको छ। यो रोग श्वासप्रश्वासको माध्यमबाट एउटा क्षयरोग संक्रमित ब्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा अर्को स्वस्थ ब्यक्तिमा सर्ने गर्दछ। उच्च मृत्यूदर भएका १० वटा रोगमध्ये यो पनि एक हो। यसको किटाणु जर्मनका वैज्ञानिक डा रोबट ककले सन १८८२ मार्च २४ तारिकका दिन पत्ता लगाएका थिए। कुनै व्यक्तिसँग क्षयरोगको किटाणु हुँदैमा त्यो व्यक्तिलाई क्षयरोग रोग लाग्छ भन्ने हुँदैन। जो ब्यक्तिमा रोगसँग लड्ने क्षमता कम छ त्यस्ता ब्यक्तिलाई छिट्टै यो रोग लाग्छ। एउटा क्षयरोगको बिरामीले वर्षभरिमा १० देखि १५ जना सम्ममा सार्ने गर्दछ भने सहरी क्षेत्रमा २५ जना सम्ममा सार्ने गर्दछ।
क्षयरोगको अवस्था
नेपालमा आ व २०८१/ ०८२ मा जम्मा ३३१४ क्षयरोगका बिरामी ड्रग-सस्केप्टेबल र ३० वटा ड्रग-रेसिस्टेन्टका बिरामी रहेको पाइन्छ। सबै भन्दा धेरै मधेस प्रदेशमा ७३५ जना, बाग्मती प्रदेशमा ७१७ जना, लुम्बिनी प्रदेशमा ७१४ जना, कोशी प्रदेशमा ४२९ जना, सुदुरपश्चिममा ३४६ जना, गण्डकीमा २३३ जना र कर्णालीमा १४० जना क्षयरोगका बिरामीहरु राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा दर्ता भई उपचार गराइरहेका छन्। नेपालभरमा अहिलेसम्म जम्मा ९३ जनाको मृत्यू समेत भएको छ। ५८ प्रतिशत पीबीसी, १३ प्रतिशत पीसीडी र २९ प्रतिशत इपी क्षयरोगका बिरामी रहेका छन्। अझ उमेर र लिङ्गका आधारमा भन्ने हो भने ६५ वर्ष भन्दा माथिका जेष्ठ महिलाको तुलनामा जेष्ठ पुरुष बढी ग्रसित छन्। जयपृथ्वी नगरपालिकामा गत आ व २०८०/०८१ र २०८१/०८२ सम्ममा जम्मा ३४ जना राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा दर्ता भएर उपचार गरिरहेको प्रतिवेदनले देखाएको छ। जसमा १९ जना पीबीसी, ६ जना पीसीडी र ९ जना इपी क्षयरोगका बिरामीहरु रहेका छन्। ३४ जनामध्ये २ जना क्षयरोगका बिरामीहरुले औषधि सेवन निरन्तर नगरेका कारण मृत्यू भइसकेको छ।
क्षयरोगको किसिम
साधरणतया क्षयरोग दुई किसिमको हुन्छ। एउटा फोक्सोमा हुने क्षयरोग र अर्को फोक्सो भन्दा बाहिर शरिरका अन्य भागमा हुने क्षयरोग। फोक्सोमा हुने क्षयरोगलाई पाल्मोनरी क्षयरोग भनिन्छस यसलाई पनि दुई भागमा बाड्न सकिन्छ। एउटा खकारमा क्षयरोगका किटाणु देखिएको र अर्को खकारमा क्षयरोगका किटाणु नदेखिएको।
लक्षण
लगातार खोकी लागिरहनु
साझपख हल्का ज्वरो र पसिना आउनु
खोक्दा रगत सहित तथा रगत विनाको खकार देखिनु
खानमन नलाग्नु
शरिरको तोल घट्दै जानु वा दुब्लाउदै जानु
छाति दुख्नु र सास फेर्न गाह्यो हुनु
बच्ने उपायहरु
क्षयरोगको संका लाग्ने बित्तिकै यसको पहिचान गरी उपचार गर्ने
बच्चा जन्मिने बित्तिकै यसबाट बच्नको लागी द्यऋन् खोप लगाउने
नियमित रुपमा उपचार गर्ने
खोक्दा र हाच्छ्युँ गर्दा मुख छोप्ने
जथाभावी नथुक्ने र खकारको उचित ब्यवस्थापन गर्ने
भारतबाट नेपाल आउने व्यक्ति, एचआईभी संक्रमित, दीर्घरोग लागेका बिरामी, गर्भवति सुत्केरी आमा र कुपोषित बालबालिकाको क्षयरोग परीक्षण गराउने
उपचार विधि
प्रत्यक्ष निगरानिमा गरिने उपचार पद्धति
समुदायमा आधारित प्रत्यक्ष निगरानिमा गरिने उपचार पद्धति
परिवारमा आधारित प्रत्यक्ष निगरानिमा गरिने उपचार पद्धति
छ महिना सम्म निरन्तर ४ किसिमको औषधि सेवन गरेमा क्षयरोग पुर्णरुपमा निको हुन्छ र अरुमा पनि सर्दैन।
क्षयरोगको उपचार लामो समयसम्म गर्नुपर्ने भएकोले बिरामीले निको भएको महसुस गरी वा अन्य केही कारणबाट औषधी बिचमै खान छोड्न सक्छन् जसले गर्दा रोग निको नहुने तथा औषधी प्रतिरोधी क्षमताको समेत विकास हुने र मृत्यू समेत हुन सक्छ।तसर्थ बिरामीलाई उपचार सुरु गर्दा औषधी सेवन गर्नुपर्ने अवधि, अनुगमन खकार परिक्षण अवधि, साथै औषधीका सामान्य असरहरु बारे पनि जानकारी गराउनुपर्छ।
कार्यक्रमको लक्ष्यः
२०३५ सम्ममा क्षयरोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिइ यसबाट हुने मृत्यूदरलाई घटाई २०५० सम्ममा १० लाख जनसंख्यामा १ जना भन्दा कम संख्यामा झार्ने र क्षयरोग बिहिन नेपाल बनाउने
२०२५ सम्ममा क्षयरोगबाट हुने मृत्यूदरलाई २०१५ को तुलनामा ७५ प्रतिशतले घटाउने
क्षयरोगका नयाँ बिरामिको दर ५० प्रतिशतले घटाउने
यसका कारण परिवारमा पर्ने खर्चभार शून्यमा झार्ने
२०३५ सम्ममा क्षयरोगबाट हुने मृत्यूदरलाई २०१५ को तुलनामा ९५ प्रतिशतले कम गर्ने
नयाँ क्षयरोगको बिरामीदर ९० प्रतिशतले घटाउने
स्वास्थ्य कार्यालय र विभिन्न स्वास्थ्य संस्था तथा गैर सरकारि संस्थाहरुसंग समन्वय गरि कार्यक्रम संचालन गर्ने
जनप्रतिनिधि शिक्षक र स्वास्थ्यकर्मीहरुसँग समन्वय गरि कार्यक्रम संचालन गर्ने ।
समुदायमा रहेका जोखिम समुह एच।आई।भि। सक्रमित, मधुमेह, दमका रोगी, कुपोषित तथा स्वाशप्रश्वास ग्रसित बालबालिका सुत्केरी तथा गर्भवति महिला, जेष्ठ नागरिक तथा बालुवा गिट्टि तथा काठमा काम गर्ने ब्यक्तिहरुमा क्षयरोग खोजपड्ताल तथा क्षयरोगको परिक्षण गर्ने ।
(लेखक जयपृथ्वी नगरपालिका बझाङकी क्षयरोग संयोजक हुन्।)