काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भारत सरकारले २८ वटा भेन्टिलेटर सहयोग गरेको छ।
स्वास्थ्य मन्त्रालयमा आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरे।
मन्त्री ढकालले ती भेन्टिलेटर अत्यावश्यक भएका स्वास्थ्य संस्थामा उपलब्ध गराउने बताए। उनले कोरोनाविरुद्धको लडाईंमा छिमेकी देशहरुको सहयोग महत्वपूर्ण भएको समेत बताए।
उनले कोरोना विरुद्धको खोपको विषयमा नेपाल बन्चित हुन नपरोस भनी अध्ययन गरि निष्कर्षको अन्तिम चरणमा पुगेको भन्दै त्यसका लागि भारतलगायतका छिमेकी देशहरुको सहयोगको अपेक्षा गरेको बताए।
भारतीय राजदुत विनयमोहन क्वात्राले कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा आएमा नेपाली जनताले पनि समयमा पाउन भन्नका लागि सहयोग गर्ने बताए।