स्वास्थ्य केन्द्र खोप केन्द्र, नि:शुल्क छ खोप!
समयमै लगाउनुपर्छ रोकथाम गर्न रोग।
क्षयरोग रोक्न हजुर बिसिजी हो लाउने!
खोप सेवा अधिकार नै हो बालबच्चाले पाउने।
खोपहरू लाउनुपर्ने डिपिटी, हेपबी, हिव र पोलियो !
६,१० र १४ हप्तामा लगाउन नभनौं है भुलियो।
रोकथाम हुन्छन् भ्यागुत्ते रोग, धनुष्ट्ंकार, लहरेखोकी!
नजिकको स्वास्थ्य संस्था जाऊँ है बच्चा बोकी।
हेपाटाइटिस, हेमोफिलस रोक्न सक्छौं खोपले!
बच्चामा नै खोप लगाए सताउँदैन रोगले।
छ, दश हप्ता र नौ महिना गरी तीन मात्रामा पिसिभी!
निमोनिया रोकथाम गर्छ, आउनुस् बच्चा बोकी।
नौ महिनामा पहिलो मात्रा, दोश्रो पन्ध्र दादुरा र रुबेला
प्रभावकारी काम गर्छ लाउनुपर्छ ठीक बेला।
बाह्र महिना पुगेपछि लाउनपर्छ जेई!
खोप लगाऔं, स्वस्थ्य बनाऔं, हुँदैन है केही।
टिडी खोप लगाउनुपर्छ गर्भवती महिला!
दुई मात्रा नै लाउनुपर्छ, नलाको भए पहिला।
एफआइपिभी आयो थप पोलियोलाई रोक्छ!
छ र चौध हप्ता गरी दुई मात्राले पाखुरामा खोप्छ।
खोप तालिका निस्किसक्यो आउने भनी रोटा!
रोक्छ भन्थे झाडापखाला, मात्रा दुई वटा।
संघीयताले बालस्वास्थ्य नि परिवार कल्याणमै मिसियो!
त्यै हुनालाई खोप सम्बन्धी संघको काममा हल्का चिसियो।
एनडिएचएस भन्छ अझै एक प्रतिशत छुटे बालबालिका!
सूक्ष्म योजना बनाउनपर्छ बेलामै बुझून् प्रदेश र पालिका।
मुख्य समस्या हाम्रो पर्यो उच्च ड्र्पआउट कम कभरेज दर!
बेला यही हो सुधार गर्ने प्रदेशपालिकाहरू कै छ है भर।
जिल्ला राख्ने मुख्य आधार आयो खोप कै व्यवस्था!
खोसु भन्छन् हामी विना सकिँदैन सुधार्न यो अवस्था।
जनप्रतिनिधि, जनता र स्वास्थ्यकर्मीको हुनुपर्छ एउटै सोच
दिगो विकास गर्नलाई वडा, पालिका, राष्ट्र हुनैपर्छ पूर्ण खोप।
गरौं मिली जनप्रतिनिधि, जनता र स्वास्थ्यकर्मीको प्रतिबद्धता!
वडा, पालिका र राष्ट्र पूर्ण खोप सुनिश्चितता।
पूर्ण खोप सुरक्षित भविष्य!!