त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अहिले गरीब नेपालीको उपचार गर्ने भरोसाको ठाउँ बनेको छ। यही अस्पतालको निर्माणको इतिहाससंग जोडिएका व्यक्ति हुन्, डा.मदन उपाध्याय। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का चौथा डिन उनी नै अस्पताल निर्माण कमिटिमा थिए। अल्ट्रासाउण्डसमेत नभएको अवस्थामा उनले अस्पताललाई उपकरणसम्पन्न बनाउने र जनशक्तिलाई तालिम दिने विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरे। उनैले एमबिबिएस पढ्ने विद्यार्थीबाट शिक्षकको रिपोर्ट लिने नयाँ परिपाटी सुरुवात गरेका थिए। मेडिसिन क्षेत्रमा रूची हुँदाहुँदैं आँखा उपचार सेवामा होमिएका उपाध्याय अहिले वीपी फाउण्डेशनमार्फत् बाल अपांगता क्षेत्रमा सक्रिय छन्।
बनारसदेखि वीरसम्म
जनकप्रसादका साहिँला छोरा मदनले विराटनगरको आदर्श विद्यालयबाट विद्यालय शिक्षा पूरा गरे। एसएलसीपछिको अध्ययनका लागि बनारस पायक पथ्र्यो। त्यसैले उनी पनि उतै गए। तर, मधेशका मानिसलाई काठमाडौमा ‘एडजस्ट’ हुन सहज थिएन। आइएस्सी सकेर काठमाडौ छिर्दा पनि उनलाई त्यस्तै महसुस भयो। त्यतिबेला काठमाडौंका घरमा शौचालय हुन्थेनन्। उनलाई पेटको समस्याले दुःख दिइरह्यो। बनारस हिन्दु विश्वविद्यालयमा आइएस्सी भर्ना भए। जोगबनीबाट बिहानै ट्रेन चढ्यो भने अर्को दिन बनारस पु्गिन्थ्यो। आर्थिक र भाषाका हिसाबले पनि बनारस नै पायक थियो। एसएलसीपछि विज्ञान पढ्न भर्ना त भए तर निकै गा¥हो भयो। एसएलसीसम्म विज्ञानका जम्मा दश पाठमात्रै पढे पुग्थ्योे। विज्ञान पढाउने बंगाली शिक्षकले लेखेका दश वटा बुँदालाई ‘सुगा रटान’ गर्ने र विद्यालयमा प्रयोगशालाका सामान नसमातेका उनलाई विज्ञानको पढाई कष्ठपूर्ण बन्यो। सँगै पढ्ने भारतीय विद्यार्थी ६÷७ वर्षदेखि नै प्रयोगशाला अभ्यास गरेका हुन्थे। तर, ६ महिनापछि पढ्ने बानी प¥यो। आइएस्सी सकेर उनी छात्रवृत्तिको प्रक्रिया अगाडि बढाउन काठमाडौं आए।
छात्रवृत्तिको परीक्षामा पहिलो नम्बरमा नाम निस्कियो। कोलम्बो प्लानअन्र्तगत एमबिबिएस पढ्न उनी हैदरावादको स्मानिया कलेज गए। आजभन्दा ५० वर्ष अघिको कीर्तिपुर जस्तै थियो त्यहाँको कलेज एरिया। १९९५ मा एमबिबिएस सकेपछि एकवर्ष हाउस अफिसरको रुपमा काम गरेर उनी नेपाल फर्किए।
काठमाडौंमा त्यतिबेला डाक्टरले काम पाउन गाह्रो थियो। वीर अस्पतालमा चार÷पाँच महिना ‘अनररी’ काम गरे। काठमाडौंमा जागिर जस्तै कोठा पाउन पनि समस्या थियो। दुवै समस्याको समाधानका लागि उनले ‘अनररी’ सेवा रोजेका थिए। त्यतिबेला वीरमा अनररी सेवा गर्नेले क्वाटर पाउथे र पछि स्थान रिक्त हुँदा जागिर पनि पाउने सम्भावना हुन्थ्यो। ६ महिना अनररी काम गरेपछि सोचजस्तै वीरमा काम पाए पनि। वीरमा काम गर्दैगर्दा लोक सेवा पास गरे। त्यसले सरकारी सेवाको बाटो खोल्यो।
रुची मेडिसिन, पुगे आँखामा
वीर अस्पतालका सुपरीटेन्डेन्टले उनलाई कुन विषयमा रुची छ भनेर सोधे। उनको रुची मेडिसिन थियो। मेडिसिन आउनले भएकाले सर्जरी पनि सिकिहालौँ भनेर भने, सर्जरी। तर सुपेरिटेन्डेन्टले मेडिसिनमा राम्रो भएको मान्छेले किन सर्जरी रोजेको भनेर सोधे। त्यसो भनिरहँदा उनलाई मेडिसनमा नै पठाईदिने हो कि भनेर आश पनि जाग्यो। सुपरीटेन्डेन्टले सर्जरी पठाईदिने आश्वासनसहित केही दिन आँखामा काम गर्न भने। आँखामा रुची नभएपनि उनी गए। त्यतिबेलासम्म आँखा विभागमा कोही पनि जान चाहँदैनथे।
त्यतिबेला डाक्टर लक्ष्मीनारायण प्रसाद आँखा र कान दुवै विभाग हेर्थे। उनलाई आँखा विभागमा पठाउनले निर्णयप्रति डा. प्रसादले कुनै प्रतिक्रिया दिएनन्। कम बोल्ने तर काममा निरन्तर लागिरहने स्वभाव थियो प्रसादको। उनले पनि ‘तपाईको आँखामा काम राम्रो रहेछ’ भनेर दुई– तीनपटक कमेन्ट गरे। त्यसपछि डा.प्रसाद बिस्तारै आँखा विभागतिर आउन छाडे। पानीमा फालिदिएपछि कि डुब्न पर्यो कि पौडिन सिक्नुपर्यो। विकल्प नभएपछि उनले आँखा सेवारुपी नदीमा पौडन सिके। ६ महिनापछि नै उनी आँखाको शल्यक्रिया गर्नसक्ने भैसकेका थिए।
ब्रिटिस काउन्सिलले त्यतिबेला चिकित्साका विभिन्न विधामा पोष्ट ग्राजुयेट अध्ययन गर्न छात्रवृत्ति दिन्थ्यो। आँखामा काम गर्ने एउटा पनि डाक्टर थिएनन्। अहिले नाम चलेका डाक्टर त पछि मात्रै आएका हुन्। काम उनले गरेपनि छात्रवृत्ति आउँदा वरिष्ठताका आधारमा अर्को डाक्टरको छनौट भयो। काम गरिरहेका चिकित्सक नपरेपछि छनौट कमिटिले थप सिट मगाउने निर्णय ग¥यो। बेलायती सरकारसँग अनुरोध गरिएपछि बेलायत थप सिट दिन तयार भयो।
विभिन्न विषयमा चारवटा कोटा आयो। उनी पनि वेलायतमा आँखाको विषय पढ्नका लागि छानिए। दुई वर्षे छात्रवृत्तिमा उनले एक वर्ष डिप्लोमा इन अप्थाल्मोलोजी, र अर्को दुई वर्ष एफआरसिएस पढे। त्यस वेला आँखाको सर्जरी र अन्य सर्जरीका अध्ययनमा प्राइमरी तहमा फरक थिएन। अरुसरह नै जाँच दिनु पर्दथ्यो। उनी पास भए।
दुई वर्षभित्रै पढाई सकियो। यो तहको पढाईपछि बेलायतमा रजिष्ट्रारस्तरको काम पाइन्थ्यो। अर्को दुई वर्ष उनले थप पढ्न थाले। बिदा सकिएकाले स्वीकृति लिँदै गरौला भन्ने भयो। उनलाई सरकारले पत्र काट्यो। त्यतिखेर नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री थिए। उपाध्यायले सरकारलाई बीस पन्नाको लामो चिठी लेखेर आफू तत्काल सेवामा आउन नसक्ने बताए। हरिहरजंग थापा सचिव थिए। पढाई अवधि आठ–दश महिना बाँकी थियो। उनले थापालाई भेटेर भने– नेपाल जाँच दिएर आऊँ कि त्यत्तिकै ? अनि सचिव थापाले जाँच दिएरैं आउने स्वीकृति दिए।
बेलायतबाट फर्केपछि उनको पोष्टिङ फेरि वीर अस्पतालमै भयो। त्यहाँ १३ वर्ष काम गरेपछि उनको सरुवा विराटनगर भयो। त्यतिबेला उनी आँखामा ढुसीको संक्रमणले हुने रोगबारे अनुसन्धान गर्दै थिए। सरुवाका कारण अनुसन्धान प्रभावित नहोस् भन्ने इच्छा थियो, त्यसैले उनले तत्कालिन स्वास्थ्य मन्त्री पद्मसुन्दर लावतीलाई भने। लावतीले कहिले विराटनगर त कहिले काठमाडौ बस्ने व्यवस्था मिलाईदिए।
उनी लावतीबाट निकै प्रभावित भए पनि। एकपटक लावतीले सोधेका थिए– ‘के चाहिन्छ डाक्टर साब ?’ जवाफमा उनले अस्पतालका लागि चाहिने उपकरणको सूची दिए। लेखा अधिकृत र सचिव सँगै लिएर हिड्ने मन्त्री लावतीले चित्त बुझ्यो भने तत्कालै एक्सन लिन्थे। त्यसैले मन्त्रीले तत्कालै चेक काट्न लगाए।
पहिलो पहाडी यात्रा
२०३० को दशक। भर्खर विवाह भएको थियो। संयोगवश त्यहीबेला जाजरकोटमा सरुवा भयो। उनका सामु दुई विकल्प थिए, जागिर छाड्ने या सरकारले दिएको आदेश पालना गर्ने। पहाडका नाममा धरानको विजयपुरमात्र देखेका उनका लागि जाजरकोटको कल्पनासम्म थिएन। तर, उनी त्यहाँ जान तयार भए। त्यतिबेला दाङसम्म प्लेन जान्थ्यो। दाङबाट चार दिन लाग्थ्यो जाजरकोट पुग्न। उनलाई पाँच दिन लाग्यो। सम्झन्छन्, ‘पुग्नुपर्ने ठाउँ नजिकैजस्तो देखिन्थ्यो, तर, डाँडा काटेर फेदमा झर्दा फेरि अर्को डाँडा देखिने।’ पहिलोपटक पहाडी यात्राको कठिनाई अनुभव थियो उनका लागि।
जाजरकोटमा स्वास्थ्य चौकीमा खटिएका थिए। माथि एउटा लामो टहरो थियो। तल फार्मेसी र अस्पताल। अन्य सरकारी कार्यालय चार बजेसम्म खुल्दा स्वास्थ्य केन्द्र एक बजे नै बन्द हुन्थ्यो। उनले सुरुमै चार बजेसम्मै स्वास्थ्य चौकी पनि खोलाउन थाले। जाजरकोटमा उनी एक वर्ष बसे। त्यहाँ धेरै निमोनिया, कान र आँखाका बिरामी आउँथे। भाई बिरामी भएर अप्रेसन गर्नुपर्ने भएपछि उनी फर्किए।
यसरी पुगे आइओएम
त्रिविअन्र्तगत भर्खरै मेडिकल कलेज खुलेका थियो। त्यतिबेला नेपालमा चार जना आँखाका डाक्टर थिए। त्रिवि जान कोही मानेनन्। आएका पनि छाडेर हिड्ने गर्थे। उनीचाहिँ मन्त्रालयअन्र्तगतको कामबाट राजीनामा गरेर सन् १९७१ मा सह–प्राध्यापकको रुपमा त्रिविमा छिरे। उनी केही नयाँ गर्न चाहन्थे। पूरानो अस्पताल वीरमा संरचना बदल्नै सक्ने अवस्था थिएन। नयाँ संस्थामा नयाँ शिराबाट काम थालौं भन्ने सोच लिएरै उनी त्रिवि छिरेका थिए।
टिचिङ अस्पताल बन्न भर्खर सुरु भएको थियो। राजा वीरेन्द्रले जापान भ्रमण सकेर फर्किएपछि जापानले सहयोग गर्ने निश्चित भयो। अस्पताल निर्माण कमिटि बन्यो। अस्पतालको खाकाको विषयमा छलफल गर्न कमिटिले बोलायो। सो बैठकमा डा.उपाध्याय, डा.पुरुषोत्तम श्रेष्ठ र डा.नरेन्द्र राणा थिए।
त्यतिबेला फोटोकपी, टाइपराइटर थिएनन्। लिथोकपी लिएर तत्कालिन डिन डा.हेमाङ्ग दीक्षित जापान गए। विकासको काम सुरु भयो। पहिले विश्वविद्यालयमा आउन कोही पनि इच्छुक हुन्थेनन्। तर, अमेरिकाको क्यालिफोर्नियामा सुन (गोल्डरस) पत्ता लगाएपछि भीड बढेजस्तै आइओएम राम्रो हुनथालेपछि नेपाल सरकारका जागिर छाडेर आइओएमतिर आउनेको पनि भीड बढेजस्तै भयो।
२०४२ सालमा उनी चिकित्साशास्त्र अध्ययन संस्थानको चौथो डिन बने। त्यसबेला डीन राजाबाट मनोनित हुन्थे। डा.हेमाङ्ग दीक्षितको नाम जाँदा दरबारले उहाँ पहिला पनि भईसकेको होइन र ? भनेर प्रश्न उठाएछन्। त्यतिबेला राजासँग सोधेको जवाफ दिनेबाहेक दोहोरो कुराकानी हुँदैनथ्यो। प्रस्ताव लानेहरुले राजाले स्वीकारेनन भनेर बुझेछन्। त्यसपछि बल्ल वरिष्ठताका आधारमा डिन बन्ने अवसर उनलाई प्राप्त भयो। डिन भएपछि उनलाई साच्चै आफूसँग भएको सोच कार्यान्वयनको अवसर जुरेजस्तै भयो। उनले पहिलो ध्यान अस्पताल सेवा विस्तारमा लगाए।
अल्ट्रासाउण्डसमेत थिएन अस्पतालमा
टिचिङ अस्पताल खोल्नुभन्दा पहिले सरकारी अस्पतालमा अल्ट्रासाउण्ड नै थिएन। निजीमा चाहिँ एउटामात्र थियो। यो सन् १९७१ तिरको कुरा थियो। रेडियोलोजीका उपकरण भने जापानीहरूले दिएका थिए। उनले नेपालमा प्रदान गर्ने सेवालाई आधुनिक बनाउन थुपै उपकरण मगाए। उपकरण र त्यसलाई चलाउने जनशक्तिलाई तालिमका लागि पनि जापान सरकारको सहयोगले गर्दा उनको निकै महत्वपूर्ण भूमिका रह्यो।
त्यतिबेला वर्षमा २५/३० जना जापानी डाक्टर यहाँ आउँथे। उनीहरु आफूले प्रयोग गर्ने उपकरण लिएर आउथे र छाडेर जान्थे। त्यति नै बेला नेपालबाट पनि सिक्नका लागि जनशक्तिलाई जापान पठाउन थालियो। करीब ५० डाक्टरहरूले जापानमा तालिमको अवसर पाए। शिक्षण अस्पतालमा जापानीको प्रवेशले दक्ष जनशक्ति, नविनतम प्रविधिसहितको आधुनिक चिकित्सा पद्दति नेपालमा भित्रियो। आँखा जाँच्दा टर्चलाइटले हेर्ने प्रविधि विस्थापित भयो। त्यतिबेला शिक्षण अस्पतालमा तीन डिनका कार्यक्रममा पनि पूरा नभएको एउटा भवन थियो। त्यो उपाध्यायको कार्यकालमा पूरा भयो र नाम राखियो ‘मोहेगो भवन’।
आफूअघिका तीन डिनका नाममा भवनको नाम राख्दा धेरैले दरबार रिसाउछ भन्थे। त्यतिबेला अधिकांश भवन र वा संस्थाको नाम राजपरिवारका सदस्यकै नामबाट राखिन्थ्यो। तर, उनले त्रिवि शिक्षण अस्पतालमा रहेको उद्यानको नाम ‘भीष्म उद्यान’ राखे। त्यतिबेलै आइओएमको पहिलो ब्याच आयो र बिस्तारै अन्य शैक्षिक कार्यक्रम पनि सुरु भए।
उनले पठनपाठनमा पनि धेरै सुधार गरे। एमबीबीएस पढ्ने विद्यार्थीबाट टिचरका बारेमा रिर्पोट लिन थाले। नियमित कक्षा, शिक्षक आउने–नआउने अनुगमन, विद्यार्थीबाट शिक्षकको मुल्यांकन गर्ने प्रणालीको सुरुवात गरे। त्यसका लागि उनले ‘एजुकेशन सपोर्ट युनिट’ स्थापना गरे। नेपालमा मेडिकल एजुकेशन भनेको नयाँ विषय थियो। पढाउने संस्कृतिको विकास भएको थिएन। डाक्टर भएकै औषधि गर्नका लागि हो भन्ने धारणा थियो।
उनले स्थापना गरेको युनिट पछि नेशनल सेन्टर फर एजुकेशन अफ हेल्थ प्रोफेसनल सेन्टर कै रुपमा विकास भएको छ। सानो कोठाबाट सुरु भएको युनिट अहिले सेन्टरको रुपमा विकास भएर देशभरका मेडिकल कलेजका डाक्टरलाई ट्रेनिङ दिने संस्थाको रुपमा विकास भएको छ।
प्रजातान्त्रिक आन्दोलनमा सरिक
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनको समय। देशभर बहुदलीय प्रजातन्त्रको माग गर्दै आन्दोलन भइरहेका थिए। त्यतिबेला उनी डिनको कार्यकाल सकिएर फुर्सदमा रहेको अवस्था थियो। २०४६ सालको आन्दोलनको समयमा प्राफेसनल सोलिडारिटी ग्रुप बन्यो। देवेन्द्रराज पाण्डे, नरहरि आचार्य, कपिल श्रेष्ठलगायत २० जनाको समूह थियो। उनले सो समूहमा रहेर आन्दोलन गर्दै चिकित्सा क्षेत्रकै परिचालनमा भूमिका निर्वाह गरे।
प्रजान्तन्त्र आयो। नेपालमा नयाँ मेडिकल कलेजको सम्भाव्यता र स्थान पहिचान गर्न कमिटी बन्यो। त्यो कमिटिमा डा.उपाध्यय अध्यक्ष थिए। सोलगत्तै सरकारी तहमा अर्को मेडिकल कलेज खोल्ने धरानमा बीपी कोइराला अध्ययन प्रतिष्ठान खोलियो। मन्त्रिपरिषद्ले त्यसको निर्देशक बनाएर उनलाई खटायो। डा.शेखर कोइराला प्रतिष्ठानका रेक्टर थिए।
धरानमा प्रतिष्ठानको स्थापनाकालमा उनले नै नेतृत्व गरे। त्यहाँ उनले नेपाल सुहाउँदो मेडिकल शिक्षा प्रणालीको निर्माण गर्न आफ्नो क्षमता धेरै प्रयोग गरे। त्यसबेलासम्म आइओएमले अबलम्बन गरिरहेको मोडलमा सुधार गरी तालिम लिने अस्पतालहरुको विधिकरणमा नयाँ मोडल ल्याए। जसअनुसार एमबीबीएसमा भर्ना भएको दिनदेखि नै बिरामी जाँच होइन बिरामीसंग अन्तर्वार्ता गर्न सिकाइयो।
गाउँमुखी सोच
त्यसैगरी बिरामीका परिवारसँग पहिचान बढाउने, समुदायमा आधारित शिक्षा पनि त्यहीबाट सुरु भयो। मानिसले जुन कुरा जानेको छ, थाहा छ, त्यही मात्र गर्न खोज्छ। यो कार्यक्रमको उद्देश्य नै नेपालमा जहाँसुकै पनि डाक्टर पुर्याउनु थियो। झण्डै चार वर्षको कोर्षमा विद्यार्थीले पटक–पटक गरि दुई वर्ष त गाउँमा नै बिताउथे। जसले गर्दा गाउँमुखी सोच भएका चिकित्सक तयार गर्न निकै ठूलो टेवा पुग्यो। आइओएममा सुरु भएको मोडल धरानपुग्दा परिस्कृत र परिमार्जित भयो। त्यतिबेला विश्व स्वास्थ्य संगठनको संसारका दश इनोभेटिभ मेडिकल कलेजमा पायो आइओएमलाई। मेडिकल शिक्षामा परीक्षण गरिएको यो सुधारले प्रयास गरे सुध्रन्छ भन्ने देखायो।
अनुभवहरुले मात्र शिक्षामा सुधार गरेर हुदैन। काम गर्ने वातावरण पनि उस्तै हुनुपर्छ भन्ने कुरा पहिलो सुधारले सोचेको थिएन। उनले धरानको निर्देशकको रुपमा गएपछि यो कुरा लागु गरे। आइओएमकै पाठ्यक्रमलाई आधार बनाएर केही थप पनि गरियो। स्वास्थ्य संस्थामा पनि सुधार गनुर््पर्छ भन्ने विषयमा ध्यान दिइयो।
छ जिल्लामा स्वास्थ्य सेवाको जिम्मेवारी प्रतिष्ठानले लियो। हस्पिटल सेवामा पनि परिर्वतन गरियो। यो दोस्रो सुधार थियो। प्रतिष्ठानलाई ‘सेन्टर अफ एक्सलेन्स’ बनाउने र स्वास्थ्य प्रणालीलाई पनि संगै लैजाने अवधारणा थियो त्यो। अहिले निजी मेडिकल कलेज पनि यसरी नै जिल्लाको जिम्मेवारी लिने अवधारणामा जान राजी भइसकेका छन्।
चिकित्सा क्षेत्रमा योगदान
उनले प्रशासनिकसंगै प्राज्ञिक क्षेत्रमासमेत थुपै अनुसन्धान गरेका छन्। ढुसीका कारण आँखा पाक्ने र नदेख्ने हुने समस्याबारे उनले नेपालमै पहिलोपटक अध्ययन गरे। उनले नै पुतलीका कारण आँखामा हुने इन्फेक्सन पत्ता लगाए र त्यसलाई ‘सापुु’ भनी madanनामकरण गरे। चिकित्सा शिक्षामा उनले पु¥याएको योगदान राष्ट्रिय रुपमा मात्रै सीमित भएन। उनले विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय अफिसको क्षेत्रीय सल्लाहकारका रुपमा एघार देशका लागि ६ वर्षसम्म काम गरे। त्यतिबेला उनी अन्धोपन, बहिरोपन, पुनस्र्थापन र रोकथाम हेर्थे।
बालअपांगताको क्षेत्रमा समर्पण
सन् २००४ मा उनी विश्व स्वास्थ्य संगठन छाडेर नेपाल आए। नेपाल फर्किएपछि उनले नाक, कान, घाँटी तथा आँखाको क्षत्रमा केही नवीनतम काम गर्ने सोचका साथ वीपी फाउण्डेशन खोले। अस्पतालमा सेवा पाउनेमध्ये १० प्रतिशत मात्रै बालबालिका थिए। जबकि जनसंख्याको ४५ प्रतिशत बालबालिका छन्। फाउन्डेसनमार्फत् नेपालमा बालबालिका क्षेत्रमा केही गर्ने सोच थियो उनको।
आँखाको अस्पताल थुपै्र हुँदाहुँदै पनि ५० शैयाको नयाँ अस्पताल खोल्नुको उद्देश्य के त ? धेरैले सोध्ने प्रश्न हो यो उनलाई। नवजात शिशु र बाल अवस्थामा हुने अन्धोपन तथा बहिरोपनको उपचार वा पुनस्र्थापनका लागि विशेष र विभिन्न सेवा दिने यो संस्थाको विशिष्ट सोच हो।
गैरनाफामुलक यो अस्पताल योजना यस्तै पवित्र छ। कान नसुन्नेमा मात्र होइन आँखा नदेख्नेमा पनि त्यस्तै छ। कान नसुन्नेलाई सुन्न बनाउन सकिँदैन होला, तर कमसे कम स्कूल भर्ना त गराउन सकिन्छ। आँखा नदेखेपनि, कान नसुनेपनि पढ्न त पाओस् भन्ने यसको उद्देश्य छ। संस्थाको अस्पतालसँगै सानो स्कूल पनि छ। यस्ता २४ बालबालिका संस्थाकै प्रयासमा विद्यालय भर्ना गर्न लायक भइसकेका छन्। यसअघि कुनै पनि पूर्व प्राथमिक स्कूलमा कुनै पनि अपांग विद्यार्थी भर्ना भएका थिएनन्।
संस्थामा रहेको पुनस्र्थापना केन्द्रको उद्देश्य पनि यही हो। रोग जति चाँडै थाहा हुन्छ, त्यति नै चाँडो उपचार गर्न पनि सजिलो हुन्छ। अपांगता पनि जति छिट्टै थाहा हुन्छ, उति नै चाँडै उपचार गर्न सजिलो हुन्छ। त्यही भएर फाउन्डेसनमार्फत् बच्चाले जन्मजात नै आँखा देख्न सक्छ कि सक्दैन, कान सुन्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्ने प्रविधिको सुरुवात भैसकेको छ।
धरानस्थित प्रतिष्ठानका संस्थापक निर्देशक तथा आइओएमको डिन भैसकेका छन् उनी, त्यसैले अब ठूलो पदको आकांंक्षा छैन। तर पछिल्ला दिनमा सुरु गरेको अस्पताल र पुनस्र्थापना सेवा राम्रोसँग चलेको हेर्ने रहर छ। त्यसका लागि आजकाल उनी विहानैदेखि अबेरसम्म खटिन्छन्। र बाल अपांगताको उपचारमा उनले देखेको सपना पूरा भएको दिन उनको मन शान्त हुनेछ।