काठमाडौं- प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ।
नीति तथा कार्यक्रममा 'स्वस्थ नागरिक, सक्षम प्रदेश' भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको पहुँच विस्तार गर्दै लगिने र यसका लागि प्रादेशिक स्वास्थ्य नीति तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ।
त्यसैगरी आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा एवम अन्य वैकल्पिक चिकित्सा सेवा एकीकृत तथा एकद्वार प्रणालीबाट उपलब्ध हुने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
सबै जिल्ला अस्पतालहरूबाट गुणस्तरीय सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्तिको व्यवस्था गरिने, अस्पतालबाट हाल प्रवाह भइरहेको चिकित्सा सेवालाई सहज र सलभ बनाउन टेलिमेडिसिन प्रणाली सञ्चालन गरिने पनि कार्यक्रममा उल्लेख छ।
यस्ता छन् स्वास्थ्यका विषय:
१. 'स्वस्थ नागरिक, सक्षम प्रदेश' भन्ने नाराका साथ गणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको पहुँच विस्तार गर्दै लगिनेछ। यसका लागि प्रादेशिक स्वास्थ्य नीति तयार गरी कार्यान्वयनमा ल्याइनेछ।
२. आयर्वेुद, होमियोप्याथी, प्राकृतिक चिकित्सा एवम अन्य वैकल्पिक चिकित्सा सेवा एकीकृत तथा एकद्वार प्रणालीबाट उपलब्ध हुने व्यवस्था मिलाइनेछ।
३. सबै जिल्ला अस्पतालहरूबाट गुणस्तरीय सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्तिको व्यवस्था गरिनेछ। अस्पतालबाट हाल प्रवाह भइरहेको चिकित्सा सेवालाई सहज र सलभ बनाउन टेलिमेडिसिन प्रणाली सञ्चालन गरिनेछ। प्रेषण (रेफरल) सेवा थप विस्तार गरिनेछ।
४. एम्बुल्बुेन्स सेवामा आम नागरिकको सहज पहुँच विस्तारका लागि सम्बद्ध संघ संस्थाको समन्वय एवम सहकार्यमा एकीकृत एम्बुलेन्स सेवा आरम्भ गरिनेछ।
५. महिलामा देखिने आङ खस्ने रोग, पाठेघर क्यान्सर, स्तन क्यान्सर, अब्स्टेट्रिक फिस्टुलाका समस्याहरूको रोकथाम तथा उपचार व्यवस्थापन सहज बनाइनेछ।'कोख देखि शोक सम्म' अभियान सञ्चालन गरी गर्भवती र सत्केरी महिला लक्षित निःशुल्क एम्बुलेन्स सेवा र सत्केरी महिलाका लागि पोषणसम्बन्धी कार्यक्रम अगाडि बढाइनेछ।
६. गर्भवती महिलाहरुको पूर्व प्रसूति सेवा, प्रसूति सेवा तथा प्रसूति पश्चात गरिने परीक्षणहरू लगायतका सम्पूर्ण स्वास्थ्य सेवाहरू प्रदेश मातहतका अस्पतालहरूबाट निः शुल्क प्रदान गरिनेछ। स्थानीय तहसँगको सहकार्यमा 'एक वडा एक वर्थिङ्ग सेन्टर' स्थापना गरिनेछ।
७. मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी 'सेन्टर फर एक्सिलेन्स'का रूपमा विकास गरिनेछ। झापाको कमल गाउँपालिकाको लखनपरमा पचास शय्याको प्रादेशिक आयर्वेुद अस्पताल यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइनेछ।
८. कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रलाई प्रदेश स्तरीय संक्रामक रोग तथा सघन उपचार केन्द्रका रूपमा विकास गरिनेछ। प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई रिफरेन्स ल्याबका रूपमा विकास गर्दै लगिनेछ।
९. सम्बन्धित संस्थासँगको समन्वय र सहकार्यमा हेमोफेलिया र थालसेमिया रोगको परीक्षण तथा उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ।
१०. वालवालिकाको पोषण र किशोर-किशोरीको यौन तथा प्रजनन एवं मानसिक स्वास्थ्य लगायत समग्र स्वास्थ्यका विषय समेटी स्वस्थ नागरिक बनाउने उद्देश्यका साथ प्रदेश भित्रका सबै स्थानीय तहका बिद्यालयहरुमा सञ्चालित' विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम'लाई निरन्तरता दिइनेछ।
११. महिला, बालवालिका तथा किशोरीहरुको पोषणको अवस्था सधुारका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
१२. चिकित्सा क्षेत्रमा उच्च तहको जनशक्ति उत्पादन गर्न प्रदेश स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ । औषधिजन्य जडिबटीको अध्ययन अध्यापनका लागि सम्भाव्यता अध्ययन गरिनेछ।