बुबा कम्पाउण्डर ललितराज वैद्यको हेटौंडामा औषधि पसल थियो । त्यही पसलमा १२ वर्षकै उमेरदेखि उनले बुबालाई सघाए । यतिसम्म कि, भारतको रक्सौल पुगेर औषधि ल्याउने जिम्मासमेत उनकै थियो । सायद यसैलाई भन्छन्, ‘मर्निङ सोज द डे अर्थात बिहानीले दिनको संकेत गर्छ ।’ पढाइसँगै प्रभुराज वैद्यले औषधि व्यवसायमा ‘करिअर’ बनाए र यस क्षेत्रकै एक हस्ती बनेर निक्लिए ।
व्यवसायीहरू दाबी गर्छन्, व्यापार सेवा हो । तर, अधिकांश जनताको गुनासो छ, सेवाका नाममा व्यापार भैरहेको छ । यतिकेम डिस्ट्रिब्यूटर्सका वैद्य भने यस्ता उदाहरण हुन् जसको व्यापारमा सेवा हावी छ ।
बाबुले खनिदिएको गोरेटोमा मात्रै दौडिएर पनि उनले सजिलै नाफा कमाउन सक्थे । तर त्यसो गरेनन्, व्यवसायलाई सेवामुलुक ढंगले अघि बढाए । गम्भीर खालका दीर्घरोगदेखि नविनतम् उपचार पद्धति नेपाल भिœयाउने अधिकांश चिकित्सकका सहयोगी बनेका छन् वैद्य । यो २५ वर्षमा उनले पु¥याएको सेवाले कतिका ज्यान जोगिए, आर्थिक र समयका हिसाबले कतिलाई लाभ पुग्यो, त्यसको कुनै लेखाजोखा छैन । वैद्य यस क्षेत्रमा लागेको ताका नेपाली बजारमा भारतीय कम्पनीका औषधि ल्याइन्थ्यो । नेपालमा औषधि उत्पादन गर्ने कम्पनीमा नेपाल औषधि लिमिटेड मात्रै थियो । करिब २३ वर्षअघि यतिकेमले औषधि आयात गर्ने काममात्र गरेन । ल्याइएका औषधिबारे चिकित्सकलाई भेट्ने, त्यसको जानकारी दिने र प्रर्वद्धन पनि सुरm ग¥यो ।
१५ वर्ष अगाडि बैद्यले पटनामा क्यान्सरको औषधि किन्न गएका एक जना नेपाली बिरामी भेटे । त्यसबेलासम्म नेपालमा क्यान्सरको औषधि खासै पाइन्नथ्यो । औषधि किन्न सबै भारत जान्थे । पटनाको पसलेले पनि उनलाई नेपालबाट थुप्रै बिरामी क्यान्सरको औषधि लिन आउने गरेको सुनाए । त्यसपछि उनले नेपालमा क्यान्सरको औषधि आयत थाले ।
त्यतिबेला भारतमा पनि प्रयाप्त औषधि बन्दैनथ्यो । धेरै मेहनतपछि वैद्यले इटलीस्थित फर्मा इटालिया भन्ने कम्पनीबाट औषधि सिधै नेपाल झिकाउने प्रयास गरे । नेपालमा थोरै औषधि चाहिने भएकाले कम्पनीवालाले सक्रियता देखाएनन् । त्यसपछि यतिकेमले स्विट्जरल्यान्डबाट औषधि ल्याउन थाल्यो । थोरै बिरामी भए पनि उनले सामाजिक सेवाकै लागि क्यान्सरको औषधि भिœयाए । यस्ता उदाहरण त कति छन् कति । नेपालमा एचआइभीको औषधिसमेत उनैले नै भिœयाएका हुन् ।
यस्ता कयौं नयाँ रोगका औषधि भिœयाउँदा वैद्यले भारतबाटै चिकित्सक ल्याएर औषधिबारे जानकारी प्रदान गराए । यसरी नेपाली चिकित्सकको ज्ञानको दायरा फराकिलयो बनाउनै हजार भन्दा बढी ‘कन्टिन्यू मेडिकल एजुकेसन’ (सिएमई) कार्यक्रम गराए । ज्ञान र सेवा बढाउनै उनले लगानीको दायरा फराकिलो पारे ।
नेपालमा मिर्गौला प्रत्यारोपण गर्न माग भएका औषधि वैद्यले थुपै्र पटक ल्याए, तर धेरैजसो सेवा सुरू नभइ खेर गए । सन् २००८ मा शिक्षण अस्पतालमा सफल प्रत्यारोपण हुँदा उनैले २४ घण्टाभित्र मान्छे पठाएर औषधि ल्याइपु¥याए ।
मेनेन्जाइटिस, टाइफाइड, एल्लो फिबर, हेपाटाइटिस ए, लगायतका धेरै प्रकारका भ्याक्सिन आयातको आधिकारिक सुरूवात पनि यतिकेमले नै ग¥यो । औषधि र भ्याक्सिन भिœयाउने अप्ठेरो कार्यसँगै उनले त्यसलाई व्यस्थापन गर्न निजी खर्चमा ०४४ सालतिर ‘कोल्डरूम’ पनि स्थापना गरे ।
बिरामीको जीवन बचाउन कुनै महत्वपूर्ण औषधि चाहिए अधिकांश चिकित्सकले वैद्यलाई नै संम्झिन्छन् । समस्यामा प्रभु पुकारिनु मानिसको स्वभावै हो । नामका यि ‘प्रभु’लाई पनि चिकित्सकहरू औषधि समस्या हुँदा गुहार्छन् । यसका लागि उनको यतिकेम २४ सै घण्टा हाजिर हुन्छ ।
वैद्यले. लाइफ सेभिङ (नभइ नहुने) र कम मात्रामा पाइने औषधि सामाजिक दायित्ववोध गरी ल्याउने र स्टक राख्ने गर्छन् । धेरै त खपत नभएर थन्क्याउँदा थन्क्याउँदै खेर जान्छन् । अहिलेपनि उनीसँग फ्रान्सबाट ल्याएको बर्डफ्लुको भ्याक्सिनसमेत छ । कम प्रयोग हुने यस्ता ७० देखि ८० प्रतिशत भ्याक्सिनको म्याद त राख्दाराख्दै सकिन्छ । यसले हुने आर्थिक हानी सम्झेर उनी मन सानो गर्दैनन्, बिरामीलाई आवश्यक पर्ने औषधि ल्याइनै रहन्छन् । पछिल्ला दिनमा यतिकेमले १० देशबाट ४ हजारभन्दा बढी थरी औषधि आयात गर्छ । यो नेपालमै सबैभन्दा धेरै औषधि आयात गर्ने संस्था हो ।
औषधि ल्याउन वैद्यले संघर्ष पनि कम्ति गरेका छैनन् । २०६२ सालमा उनले जापनीज इन्सेफलाइटिसदेखि स्वाइनफ्लु र बर्डफ्लुका औषधि आयात गर्न निकै संघर्ष गरे । इन्सेफ्लाइटिसका कारण नेपालगञ्जमा एकै वर्ष सय भन्दा बढीको मृत्यु भएको थियो । भ्याक्सिन लगाएको अर्को वर्ष मृत्युदर पूरै घट्यो ।
यतिकेमले परोक्ष मात्र होइन, प्रत्यक्ष समाजिक सेवामा पनि हात बढाएको छ । उनले शहिद गंगालाल अस्पतालको फार्मेसी भवन निर्माण, त्रिवि शिक्षण अस्पतालको बाल विभागमा पचास शैया, भक्तपुर क्यान्सर अस्पताललाई एक्सरे मेसिन र भरतपुर क्यान्सर अस्पताललाई टेलिमेडिसिन सेट डोनेसन दिएका छन् । चिकित्सकदेखि बिपन्न बिरामीले जसले पनि ‘जेन्यून’ काममा सहयोग माग्दा वैद्यले खाली हात पठाएका छैनन् । औषधि व्यवसाय कोरा व्यापार होइन, सेवा र कर्तव्य गाँसिएको पेशा हो भन्ने पुष्टि उनले पुरापुर गरेका छन् ।