हुम्ला- जिल्ला अस्पताल हुम्लामा जटिल अवस्थाकी सुत्केरीको शल्यक्रिया गरिएको छ।
३ दिनदेखि गाउँमै सुत्केरी व्यथा लागेकी चंखेली गाउँपालिका ६ मेल्छामकी नन्दादेवी ऐडीको सफल शल्यक्रिया भएको हो। उनलाई चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको थियो।
एडेको अवस्था जटिल भएपछि गाउँपालिकाको आर्थिक सहयोगमा हेलिकप्टर चार्टर गरी जिल्ला अस्पताल हुम्ला पु¥याइएको थियो। समयमा नै अस्पताल ल्याउन सफल भएका कारण १९ वर्षिया ऐडीको जीवन बचाउन सकिएको अस्पतालका प्रमुख डा रञ्जितकुमार यादवले बताए।
उनका अनुसार अस्पतालमा उनको मंगलबार राती १० बजेर शल्यक्रिया भएको हो ।
सरकारले कर्णालीका गर्भवति र सुत्केरी महिलाहरुलाई हेलिकप्टरबाट अस्पताल पुर्याउनका लागि दिएको सुविधाबारे जानकार भएपछि यो सेवा लिनेको संख्या बढदै गएको छ।
सरकारले आर्थिक वर्ष २०७१÷७२ बाट कर्णालीका क्षेत्रका गर्भवति तथा सुत्केरी महिलाहरुका लागि यो सेवा उपलब्ध गराउदै आएको पनि अधिकंश कर्णालीका महिलाहरु यस विषयमा बेखर छन्।
तर, विस्तारै गाँउ गाँउमा यो सेवाको बारेमा प्रचार भइरहेको अस्पतालले जनाएको छ। हालसम्म हुम्ला जिल्लाबाट ७ जना सुत्केरी महिलाहरुले एयर लिफटिङ्ग सेवा लिइसकेका छन्।