इसान अस्पतालका डाक्टर र नर्स बहुतै जिम्मेवार अनि नम्र। तर अस्पताल व्यवस्थापनले मनपरी ढगले बिरामीसँग पैसा असुल्ने रहेछ। अनि जिम्मेवार ढंगले बिरामीले उठाएका प्रस्नको जवाफ दिने आधिकारिक निकायको उपस्थिति शून्य।
दशैंको फुलपातीको दिनको कुरा हो। अस्पतालमा उक्त दिन बिहान लगभग ४५ मिनेट गम्भीर विवाद भयो।
जिम्मेवार ढंगले प्रशासन/ व्यवस्थापनका मान्छे कोहि पनि प्रस्तुत हुन नचाहने। प्रशासनिक कक्ष दसैँले गर्दा बिदा रे! अस्पतालमा बिरामीको समस्या कसले सुन्ने त? मनपरी ढंगले शुल्क लिएको विषयमाथि लामो समयसम्म मेरो विवाद भएपछि एक जना 'म यो अस्पतालको सिनिअर व्यक्ति हो' भन्दै मलाई अलिक पेलेर कुरा गरे।
लगभग आधा समय सम्म त मास्क लगाएरै कुरा गरे, अनि मैले तपाई को हो? मास्क फुकाल्नुहोस् अनि परिचय दिनुहोस् ! भने पछि बल्ल मस्क फुकाले। उनीसँग कडै विवाद भयो।
उनी जरबजस्ती व्यवस्थापनको समर्थनमा बोल्दै थिए। मैले उनलाई म तपाईंसँग यहाँ विवाद गर्न चाहन्न, तपाईंको प्रशासनिक अफिसमा हिँड्नुहोस् भन्दा, अफिस दसैँले गर्दा बिदा छ भने। गुनासो सुन्ने अधिकारीको मोबाइल अफ छ।
यत्रो अस्पतालको यहि हो त तरिका भन्दा दसैँमा यस्तै त हुन्छ नि भन्दै उल्टै मलाई पेल्न थाले। मैले उनलाई यो चरम गैरजिम्मेवारीको बारेमा सम्बन्धित ठाउँमा उजुर गर्छु भन्दा उनले जहाँ उजुरी गर्नु छ गर्नुहोस् भने।
मैले पत्रिकालाई सबै कुरा बताउछु भन्दा जानुहोस् न त भने। सरकारी निकायलाई बताउछु भन्दा जानुहोस् भने। (उनि कति सम्म जिम्मेवारबिहिन भएर बोले भने, कता हो उनको विदेशको यात्रामा लगेज छुट्यो रे, कसैले पनि जिम्मेवारी लिएनन् रे अनि के यो देशको सरकार जिम्मेवार छ? भन्दै उल्टै मलाई प्रश्न पो गर्न थाले त) म संग बसेर तपाईंको अस्पतालको गैरजिम्मेवार पक्ष ( जस्तै लिफ्ट चड्न अग्रिम पैसा डिपोजिट गर्नु पर्ने, अनावश्यक शुल्क के को लागि भनेर प्रश्न गरे पछि, खोइ थाहा छैन भन्दै पन्छिए ) का प्रश्नको उत्तर दिनुहोस् भन्दा तर्क बिहिन भएर म त जान्छु, म संग समय छैन भन्दै हिँडे।
यो देश मा हामी जस्तालाई त दिउसै ठग्ने अस्पतालले ग्रामिण भेगका निरिह जनतालाई के गर्ने होला? अनि ति निरिह जनताले भन्ने होलान् यो देशमा सरकार छैन, स्वास्थ्यमन्त्रीले कामै गर्दैन। ती महासयको गैर जिम्मेवारी फुर्ति देख्दा लाग्थ्यो उनी प्रधानमन्त्रीलाइ पनि टेर्ने छैनन्।