रासस–मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा सोमबार आगलागी भएको छ। अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ।
आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिए। उनका अनुसार आगलागीबाट १२ लाखको जेनेरेटरमा क्षति भएको छ। आगलागीबाट मानवीय क्षती भएको छैन। वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो।
विद्युत चुहिएर आगलागी भएको आशंका अस्पताल प्रशासनले गरेको छ।