काठमाडौं– डा भोला रिजाल र ओम अस्पताल पर्यायवाची जस्तै थिए । तर, भदौ १४ गते डा रिजालले एकाएक अस्पताल छाडे । झन्डै तीन दशक यस अस्पतालसँग जोडिएका उनले एकाएक अस्पताल छाडेको खबर धेरैका लागि अपत्यारिलो थियो।
डा रिजाल आफू उपचारका लागि गएको समयमा अध्यक्षको जिम्मेवारी अर्कैलाई हस्तान्तरण गरिएको भन्दै उनले चित्त दुखाएर ओम छाड्ने कठोर निर्णय लिएको बुझिएको छ । एक महिना घि मात्र बोर्डबाट खरिद टेन्डर र नयाँ कार्यक्रमबारे सबै काम गर्न अध्यक्ष, एम. पी. र निर्देशकहरुलाई जिम्मा लगाइएको र उनको अनुपस्थितिमा अध्यक्षको कार्यभार पूर्व अध्यक्ष उद्वव पौडेललाई जिम्मा दिइएकाेमा डा रिजालको असहमति रहेको बताइन्छ।
उनी उपचारका लागि गएका बेला बिभिन्न समितिहरु गठन भएकाे तर आफूलार्इ त्यसबारे पनि जानकारी नगराएको भन्दै उनले आपत्ति जनाएका थिए। त्यसको समेत सुनुवार्इ नभएपछि उनी थप निराश भएका थिए ।
डा रिजाल २०४६ सालमा कमलपोखरी चोकमा ओम 4 होम स्थापना हुँदादेखि नै थिए। डा रिजालसँगै डा. मधु घिमिरे, डा. गोविन्द शर्मा, डा. ध्रुव मुडभरीको सक्रियतामा सुरु भएको ओम 4 होममा डा. सुपात्रा कोइराला, डा. लुइसा राजपुत पनि सुरुदेखि नै आवद्ध थिए। स्व. जगदिश घिमिरे, स्व. प्रकाश श्रेष्ठ, महेश प्रधान, रुद्र डंगोलहरु पनि 4 होम खोल्नमा सहभागगी भएका थिए।
डा. मधु र डा. गोविन्दको सहभागिता कम हुँदै गर्दा स्व. डा. गुरु ढकाल अनि डा. आनन्द श्रेष्ठको अस्पताल प्रवेश भएको थियो र यो क्रम २०५२ सम्म ओम 4 होम हुँदासम्म जारी रह्यो । कमलपोखरीको रामजन मिया भाईको एउटा घरबाट सुरु भएर त्यही स्थानमा अरु तीनवटा घर भाडामा लिएर अस्पताल सञ्चालन भयो ।
ओम हेल्थ क्याम्पस र ओम अस्पतालको नयाँ भवन भने २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट उद्घाटन भयो । त्यसपछि नेपालको पहिलो टेष्ट ट्युव वेवी ओममणि तामाङको जन्म ओम अस्पतालले जन्माउन सफल भएको थियो।
एकपछि अर्को सफलता हासिल गर्दै गएको ओम कुनै समय चर्चित अस्पताल मानिन्थ्यो । तर पछिल्लो समय व्यवस्थापनबीचको खटपटका कारणा अस्पताल समस्याग्रस्त बन्दै गएको बुझिएको छ।
त्यसपछि नयाँ भवन बनाउन वार्षिक साधारण सभाले निर्णय सञ्चालक समितिलाई म्यान्डेटदिएता पनि सो कार्यले मूर्त रुप लिन नकसेपछि डा रिजाल पहिलोपल्ट उनी असन्तुष्ट भएका थिए। यससँगै डा. सुदिप श्रेष्ठले ओम अस्पताल छाडेर जाँदा डा रिजालले रोक्न नसकिएको भन्दै साझेदार रबोर्ड सदस्यसँग असन्तुष्टि पोखेको बुझिएको छ। त्यसपछि डा. गोपाल रमण, डा. सुनिल, डा. एल.एन जोशी समेत अस्पताल छाडेर जाँदा डा रिजाल पनि निराश हुँदै गएकाे अस्पताल स्रोतले बतायाे ।
त्यसपछि अस्पताल सुधारका योजना अघि सार्दा असफल भएपछि दुई वर्ष पहिले वार्षिक साधारण सभा भन्दा अगाडि नै डा रिजालले अध्यक्षको पद छोडेर डा. ध्रुव शर्मा मुडभरीलाई र पछि उद्धव पौडेललाई अध्यक्षको पद सुम्पिएका थिए। तर अस्पतालकोफ भौतिक अवस्था र छवी सुधार हुन नसकेको भन्दै डा रिजालले बोर्ड बैठकमा पछिल्लाे समय असन्तुष्टि पोखिरहने गरेको बताइन्छ।
यसअघि असन्तुष्ट भएपनि उनी अस्पतालमै डटिरहेका थिए । तर यसपल्ट आफूलार्इ जानकारी नै नदिइ विभिन्न निर्णय भएको भन्दै ३० वर्ष काम गरेको अस्पतालबाटभदो १४ गते बिदा लिएका हुन्।