काठमाडौं— नेपालमा प्यालियटिभ केयरलाई शैक्षिक कोर्ष (पाठ्यक्रम)मा समावेश गरिनुपर्नेमा जोड दिइएको छ।
बिरामीको मेडिकल उपचारसँगै गरिने सहायक उपचारलाई प्यालियटिभ केयर भनेर बुझिन्छ। जसले रोगी र उनीहरुको परिवारको शारीरिक, बौद्धिक, भावनात्मक, सामाजिक, आर्थिक र अध्यात्मिक आवश्यकताहरुलाई सम्बोधन गर्न सक्छ।
बिरामी अस्पतालम आएको समयदेखि प्यालियटिभ केयर सुरु हुने गर्छ। बिरामीले बिरामीको उपचार समयावधि भर उसलाई सहजता प्रदान गर्न प्यालियटिभ केयरले मदत गर्छ।
दीर्घ रोगका कारण बिरामीको अन्तिम अवस्थामा छ भनेको उसको बाँकी जीवन कम पीडारहित र सजिलो बनाउन बिरामी र उनका परिवार दिइने केयरलाई हस्पिक प्यालियटिभ केयर र एन्ड अफ लाइफ केयर भनिन्छ।
हरेक अक्टोबर महिनाकाे दाेस्राे शनिबार विश्वभरी विश्व प्यालियटिभ केयर दिवसको रुपमा मनाउने गरिएको छ।
यसै सन्र्दभमा नेप्लिज एशोसियसन अफ प्यालियभिट केयर (न्याप)ले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सरकारले प्यालियटिभ केयरलाई प्राथमिकतामा राख्न नसकेको बताए।
नेप्लिज एशोसियसन अफ प्यालियभिट केयर (न्याप) डा विष्णुदत्त पौडेलले प्यालियटिभ केयर नीति बनाउन मन्त्रालयमा पटक पटक ध्यानाकर्षण गराउन पनि सफल नभएको बताए।
उनले भने, ‘पूर्व स्वास्थ्यमन्त्री गगन थापाका समयमा यो विषयले अलि प्राथमिकता पाएको थियो तर राजनीतिक अवस्था परिवर्तनसँगै मन्त्रालयको जिम्वेवारीमा आउने मन्त्रीहरुले चासो दिएका छैन, पद्यमा अर्याल स्वास्थ्य राज्यमन्त्री हुदाँ कुरा अघि बढ्यो फेरि सेलायो।’
सबैलाई विषय र महत्वबारे पटकपटक सुरुवातबाट बुझाउनुपर्ने भन्दै उनले मेडिकल क्षेत्रका स्वास्थ्य सचिव हुदाँ पनि महत्वपूर्ण विषयले प्राथमिकता नपाएको बताए।
पाटन अस्पतालका डा राजेश गंगोल सरकारले प्यालियटिभ केयरलाई अघि बढाउन अपेक्षाकृत सहयोग गर्न नसकेको बताए ।
उनले भने, ‘हामीले १८, १९ वर्ष आफ्नै बलबुतामा अगाडि बढायौँ तर देशव्यापी रुपमा प्यालियटिभ केयर सुरु गर्न सरकारी नेतृत्वको आवश्यकता छ।’
क्यान्सर रोग विशेषज्ञहरु डा आरती साह, डा प्रदिप वैद्य, डा सुदीप श्रेष्ठले प्यालियटिभ केयरबारे एकेडेमिक अध्यापन, फेलोसिपको व्यवस्था हुनुपर्नेमा जोड दिए।
प्यालियटिभ केयरसम्बन्धी युवा चिकित्सकको चासो बढाउन सरकारीस्तरबाट शैक्षिक कार्यक्रम, सोसम्बन्धी अस्पतालहरुमा सो सम्बन्धी पदको सिर्जना हुनुपर्नेमा उनीहरुको जोड थियो।
वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ एवम् नेप्लिज एशोसियसन अफ प्यालियभिट केयर (न्याप) की सचिव डा सन्ध्या चापागाइले प्यालियटिभ केयरले हरेक बिरामीलाई सकारात्मक रुपमा जीवनको गुणस्तर बढाउन मदत गर्ने बताइन्।
रोगीको हेरचाहको मनोवैज्ञानिक र आध्यामिक पक्षहरुसँगै बिरामी र उनका पवरिवारको आवश्यकता सम्बोधन गर्ने भएकाले हरेक व्यक्ति बिरामी भएदेखि प्यालियटिभ केयर सुरु हुने बताइन्।
उनले नसर्ने रोगहरु, दुर्घटना बढ्दै गएकोले प्यालियटिभ केयरको महत्व बढ्ने र यसलाई यूनिर्भसल हेल्थ कभरेजमा समावेश गरेर लैजानुपर्ने आवाज उठिरहेको बताइन्।
यस पटकको विश्व प्यालियटिभ केयरको नारा ‘प्यालियटिभ केयर— विकज आइ’ म्याटर भन्ने रहेको छ।