काठमाडौं- नेपाल आँखा अस्पतालले कोरोना संक्रमण रोकथामका लागि सामुदायिक आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेका स्थानमा नि:शुल्क स्वास्थ्य सामग्री (हाईजिन किट) वितरण गरेको छ।
अस्पतालले अपरेशन आई साईट युनिभर्शल क्यानडाको सहयोगमा सो कार्यक्रम लागु भइरहेको काठमाडौं उपत्यकाका साँखु, टोखा, थानकोट र खोकनाका ८ सय परिवारलाई निःशुल्क स्वस्थ्य सामग्री वितरण गरेको हो।
उक्त हाईजिन किटमा साबुन, हात धुने झोल साबुन, रुमाल, ब्लिचिङ्ग पाउडर, पञ्जा सहित किटको प्रयोग गर्ने जानकारी सहितको सूचनामुलक पोष्टर संलग्न रहेको कार्यक्रमका संयोजक अनिषा गुरुङ्गले जानकारी दिइन्।
सामग्री वितरणको क्रममा घरदैलोमा पुगी कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत संचालन गरिएको थियो।
कार्यक्रम संयोजक गुरुङले कोरोना भाइरस आँखा, नाक र मुखबाट सर्ने भएकोले तयसबाट बच्न अपनाउनुपर्ने सावधानी र व्यवहारको बारेमा ग्रामिण भेगका वासिन्दाहरुलाई जानकारी गराइएको बताइन्।