काठमाडौं- ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका छन्।
अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेका हुन्। लगनखेलका ७८ वर्षीय एक बिरामीको गएराति उपचारको क्रममा मृत्यु भएको थियो। अस्पतालका अनुसार उनी पार्किन्सनका बिरामी थिए।
रक्तअल्पताको समस्या भएका कारण उनी साउन ७ गते अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्मा बताए। हाल अस्पतालमा बिरामीको नाराबाजी साम्य भइसकेको छ।
निर्देशक पौडेलले भने, ‘बिरामीको मृत्यु भएपछि आफन्तको केही असन्तुष्टि भइहाल्छ। हामीले उहाँहरुसँग कुरा गरिसकेका छौं। अहिले अवस्था सामान्य छ।’