काठमाडौंँ- कान्ति बाल अस्पताल विकास समिति कर्मचारी यूनियनले कोभिड१९ जोखिम भत्ता नपाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
साउन १३ गते भएको युनियनको भेलाले ७ दिन भित्र जोखिम भत्ता नपाए कडा आन्दोलन गर्ने निर्णय हो।
आधिकारीक ट्रेड युनियनका अध्यक्ष शम्सेर नेपालीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चार महिना बितिसक्दा पनि जोखिमभत्ता नपाएको भन्दै अनिश्चिताको वातावरणमा आफु र परिवारको ज्यान जोखिम हाल्न नसकिएने उल्लेख गरेका छन्।
युनियनले ७ दिन भित्र जोखिम भत्ता नपाए साउन २१ गते देखि निर्देशक लगायतको कार्यकक्षमा तालाबन्दी गर्ने र कोभिड१९ को सम्बन्धमा अस्पताल गरिने कुनै पनि कामकाज (स्क्रिनिङ्ग,स्वाब कलेक्सन, नमुनाको ओसारपसार, आइसोलेसन ड्युटी) बहिष्कार गर्ने समेत चेतावनी दिएको छ।