काठमाडौं- काठमाडौं उपत्यकामा लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लकडाउन खुल्नुभन्दा अघि साउन ७ गतेसम्म काठमाडौंका तीनवटै जिल्लामा संक्रमितको संख्या ३२८ थियो।
तर लकडाउन खुलेपछिका २० दिनको अवधिमा ९८६ जना संक्रमित थपिएका छन्। लकडाउनपछि थपिएका संक्रमित लकडाउन भन्दा अघिको तीन गुणा बढी हो। लकडाउन अघि र लकडाउनपछि थपिएका संक्रमित सहित उपत्यकामा १ हजार ३१४ जनामा संक्रमण देखिएको छ। यी मध्ये सक्रिय संक्रमितको संख्या ११२२ जना छन्।
उपत्यकामा लकडाउन खुलेको भोलीपल्ट साउन ८ गते ९ जना संक्रमित थपिएका थिए। त्यसपछि सबैभन्दा बढी साउन २७ गते मंगलबार सबैभन्दा बढी १३४ जना थपिएका छन्।
यस्तो छ लकडाउन खुलेयताको उपत्यकामा संक्रमित थपिएको विवरण
८ गते ९ जना
९ गते १० जना
१० गते ३ जना
१३ गते ५३ जना
१४ गते १५ जना
१५ गते ४५ जना
१६ गते ३८ जना
१७ गते ६ जना
१८ गते ३१ जना
१९ गते ५१ जना
२० गते ८० जना
२१ गते १०२ ज ना
२२ गते ८७ जना
२३ गते १२४ जना
२४ गते ६२ जना
२५ गते ९२ जना
२६ गते ४४ जना
२७ गते १३४ जना