काठमाडौं - देशभर १ सय २ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। चार जना भेन्टिलेटर सहित १ सय २ जना संक्रमित आइसियुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा चार जना भेन्टिलेटर र ४६ जना संक्रमित आइसियुमा उपचाररत छन्। प्रदेश २ मा ४३, प्रदेश ५ मा ८ र गण्डकीमा १ जना संक्रमित आइसियुमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्।
यसअघि शुक्रबार पनि आइसियु र भेन्टिलेटरमा रहेको संख्या १ सय २ नै थियो।