काठमाडौं - देशभर १ सय ७० जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १४ जना भेन्टिलेटर र १ सय ५१ जना आइसियुमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा सबैभन्दा धेरै ७१ जना संक्रमित आइसियुमा छन्। भेन्टिलेटरमा रहने संक्रमितको संख्या पनि सबैभन्दा धेरै बागमती प्रदेशमै रहेको मन्त्रालयले जनाएको छ। यहाँ मात्र १३ जना संक्रमित भेन्टिलेटरमा छन्।
प्रदेश १ मा १६ आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ प्रदेश २ मा ४४, गण्डकीमा ३ र प्रदेश ५ मा १७ जना संक्रमित आइसियुमा छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियुमा छैनन्।