चितवन- वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ।
भरतपुर अस्पताल कोभडि-१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखएिको हो। बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहति ११ जना प्रहरीमा कोरोना पुष्टी भएको छ।
यस्तै शनबिार आएको नतजिामा वडाका १२ जना प्रहरीमा कोरोना सङ्क्रमण देखएिको थियाे जिल्ला प्रहरी कार्यालय चतिवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वडा प्रहरी कार्यालयका प्रमुखसहित चार जनालाई गत साता कोरोना सङ्क्रमण पुष्टी भएको थियाे।
योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना सङ्क्रमण भएको छ। यसमध्ये पाँचजना निकाे भएर फर्किसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा छन्।
वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल कार्यरत ४१ मध्ये २६ जनामा कोरोना सङ्क्रमण भएको हो। कार्यरत रहेकामध्ये अधिकाशलाई कोरोना सङ्क्रमण भएसँगै कार्यालय सिल गरिएकाे छ।
थापाका अनुसार वडाबाटै नमूना सङ्कलन गरएिका अन्यको नतिजा आउन बाँकी रहेकाले सङ्क्रमतिको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। रासस