श्रीमान् सम्पादकज्यू,
२५ मंसिर, २०७४ को स्वास्थ्यखबर डटकममा महिला ‘उच्च रक्तचाप रोकथाममा महिला स्वास्थ्य स्वयंसेविकाले भूमिका खेल्न सक्ने’ स्वास्थ्य स्वयम् सेविकाले उच्च रक्तचाप घटाउन सक्ने अध्ययनको निष्कर्ष प्रकाशित भएको पढेपछि केही अनुभव तथा सुझाव राख्न खोजेका हुँ । किनभने २०४५÷४६ देखि शुरु भएको महिला स्वास्थ्य स्वयम् सेविका कायक्रक्रमको शुरुवातदेखि नै म सो कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविकाको छनौट तथा तालिम कार्यक्रममा संलग्न भएको छु, मेरो अनुभव निम्नानुसार छ :
१. २०४५/४६ मा नेपालका २७ जिल्लावाट शुरु भएको महिला स्वास्थ्य स्वयम् सेविका कार्यक्रमा स्थानीय वासिन्दा, बालबालिकाको अनुभव भएका, साक्षर वा निराक्षर जस्तासुकै भएकालाई छनौट गरियो । जसअनुसार करीव ९० प्रतिशत निराक्षरलाई रक्तचाप मापन गर्न लगाउँदा सही मापन गर्न सक्लान् ?
२. रक्तचाप मापन वारे हेल्थ असिस्टेन्ट कोर्षमा कम्तिमा १ घण्टा –मानव शरीर विज्ञानको अध्ययन पश्चात्) को अध्ययनका साथै प्राक्टिकल नगरी रक्तचाप मापन गर्न गाह्रो पर्छ साथै मापन गरेर मात्र पुग्दैन । सही नतिजा बिरामी वा सेवाग्राहीलाई दिन सक्नु पर्दछ । यति काम सही किसिमले गर्न सेविकाले सक्लान् ?
३. रक्तचाप मापन गर्ने मेसिन चलाउन केही ज्ञान र सीप अवश्य चाहिन्छ, अनुसन्धान भएको पोखराका महिला स्वास्थ्य स्वयम् सेविका पढेलेखेका जस्तो लाग्यो । तर अन्य ७६ जिल्लाका महिला स्वास्थ्य स्वयम् सेविकाको शैक्षिकस्तर कस्तो छ ?
४. महिला स्वास्थ्य स्वयम् सेविकालाई रक्तचाप सम्बन्धि स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार सामग्री वितरण र उच्च रक्तचाँप भएका विरामीलाई नियमित औषधि खान ध्यान दिनुपर्ने कुरामा परिचालन गर्न सकिन्छ ।
५. महिला स्वास्थ्य स्वयम् सेविकालाई जेन्टामाइसिन इन्जेक्सन र डिली सक्सन् मेसिन चलाउन दिई आवाज उठाएपछि बन्द गरिएको प्रमाण हुँदाहुँदै यस्ता स्वास्थ्य सम्बन्धि प्राविधिक ज्ञान विना हाम्रा महिला स्वास्थ्य स्वयम् सेविकालाई परिचालन गर्न मनासिव देखिदैन ।
गंंगाराज अर्याल,
पाणिनी –८, पाली, अर्घाखाँची ।