उच्च रक्तचाप अथवा हाई ब्लड प्रेसर हामी सबैले सुन्दै भोग्दै आएको रोग हो। उच्च रक्तचाप विकसित, विकासोन्मुख र अविकसित देशहरु सबैमा देखिएको रोग हो र यसको उपचार सम्भव छ। एपचार गराइएन भने यसले व्यक्तिको प्राणघातक रोगजन्य अवस्थाको सिर्जना गर्दछ।
विकसित देशहरुमा स्वास्थ्यको प्रतिरोधात्मक अनुसन्धानहरुको व्यापकताले गर्दा पत्ता नलागेको र उपचार नगराइएका उच्च रक्तचापका बिरामीहरुको संख्या २० प्रतिशतमा झरिसकेको छ भने हाम्रो देशमा भएका स–साना अनुसन्धान तथा खोज एवं स्वास्थ्य परीक्षणको अभावमा कति बिरामी उच्च रक्तचापको रोगी भइकन पनि स्वास्थ्योपचारको दायरामा आउन सकिराखेका छैनन् भन्ने कुराको यकीन गर्न गाह्रो छ।
ब्लड प्रेसर भनेको के हो र उच्च रक्तचापले केके गर्छ भन्ने कुरा बुझ्नु नितान्त जरुरी छ।
ब्लड प्रेसर भनेको अथवा रक्तचाप भनेको हाम्रो शरीरमा भएका शुद्ध रगत बग्ने रक्तनलीहरु (आर्टरी)मा रगतले रक्त नलीमा पारेको चाप हो। रक्तचाप बढ्यो भने मुटुलाई जोडले रगत पम्प गर्नुपर्ने हुँदा धक्का पर्छ र मुटुलाई आफ्नै लागि चाहिने अक्सिजनको मात्रा बढ्दछ।
त्यसको साथै मुटु बाक्लिंदै जान्छ र मुटु सुन्निई आफ्नो पम्प गर्ने शक्ति क्षीण हुन्छ। त्यसपछि त ‘हार्ट फेल’ अर्थात् मुटुले आफूमा फर्कने र शुद्ध रगत पम्प गर्ने शक्ति आवश्यकता अनुसा हुँदैन। उच्च रक्तचाप यदि समयमै ठीक पारिएन भने शरीरका सबै रक्तनलीहरु बाक्लिंदै जान्छ र रक्त प्रवाहमा अवरोध उत्पन्न हुन्छ।
यसमा पनि केही गरी डिस्लाइपिडिमिया अर्थात् कोलेष्टेरोलजन्य रोगहरु भएमा आगोमा घिउ थप्ने बराबर हुन्छ। हृदयाघात ‘हार्ट एटेक’को एक प्रमुख कारण उच्च रक्तचाप हो।
उच्च रक्तचापका रोगीहरुको राम्रो औषधिको उपचारको अभाव भएको जमानामा ती रोगीहरुको औसत उमेर १० देखि २० वर्षसम्म कम हुने गर्दथे। तर अहिले पनि थोरै बढेको ब्लड प्रेसरका बिरामीहरु (जसका अरु अंगहरुमा ब्लड प्रेसरको असर भएको छैन)लाई पनि सात देखि १० वर्षसम्ममा ठूला समस्याहरु देखा पर्दछन्।
उच्च रक्तचापले देखाउने प्रमुख समस्यामध्ये हृदयाघात, मुटु फेल हुने, मिर्गौला फेल हुने, मस्तिष्कमा रक्तस्राव भएर हुने पक्षघात, आँखाको पर्दामा हुने समस्याले गर्दा आउने अन्धोपन प्रमुख छन्।
मोटोपन, मधुमेह, कोलेष्टेरोलजन्य पदार्थको रोग, धूमपान र अत्यधिक मद्यपानले त माथि उल्लिखित सबै प्राणघातक तथा दृष्टिघातक रोगहरु ल्याउनमा ठूलो मद्दत गर्दछ। रक्तचाप बढ्नु भनेको रिसाउनु होइन। साधारण किसिमको टाउको दुख्नुबाहेक यसले केही गर्दैन। तर भित्रभित्रै प्राणघातक रोगको सिर्जना गरिसकेको हुन्छ। त्यसलै यसलाई ‘मूक ज्यानमारा’ अथवा साइलेन्ट किलर भनिन्छ।
ब्लड प्रेसर कति त ?
अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ, नेसनल हार्ट लङ एन्ड ब्लड इन्स्टिच्युट’को संयुक्त राष्ट्रिय समितिको प्रतिवेदन अनुसार सामान्य रक्तचाप माथिल्लो (सिष्टोलिक) १२० मिलिमिटर मर्करी वा त्यसभन्दा मुनि र तल्लो (डायष्टोलिक) ८० मिमि मर्करी मुनि हुनुपर्दछ। सिष्टोलिक १२०–१३९ सम्म र डायष्टोलिक ८०–८९ सम्मलाई रक्तचापपूर्वको अवस्था (प्रि–हाइपरटेन्सन)को वर्गमा राखिएको छ।
उच्च रक्तचाप अवस्था–१ चाँही १४०–१५९ र ९०–९९ र उच्च रक्तचाप अवस्था–२ चाँही १६० भन्दा माथि र १०० अथवा सो भन्दा माथिको अवस्थालाई मानिएको छ। ऋहिले अमेरिकन हार्ट एसोसिएसनले सन् २०१७ मा उच्च रक्तचापलाई नयाँ वर्गीकरण गरेको छ।
हामीकहाँ त धेरैजसो बिरामीलाई १००/७० रक्तचाप भयो भने त सबैले थाहा भएको १२०/८० रक्तचापभन्दा मुनि भएकोले धेरैले 'कम रक्तचाप' अथवा 'लो प्रेसर' भनिने गरिएको छ। त्यो सरासर गलत हो। फेरि कुनै ६० वर्ष काटिसकेको डायष्टोलिक ब्लड प्रेसर (रक्तचाप) ९० रहेछ भने यो त परिपक्व अवस्थाको देन हो भने चित्त बुझाउने गरिएको छ। त्यसो भनेर त्यस्ता बिरामीहरु ढुक्क भएर गल्ती गर्ने गर्दछन्, भने 'लो प्रेसर'का बिरामीहरु आफू 'नर्मल' (साधारण) नभएर कमजोर व्यक्ति गरेछु भन्ने गलत अवधारणाको कारण चिन्ताग्रस्त भएर क्लिनिक, अस्पताल र 4 होमहरु धाउने गर्दछन्। कतिले त लो प्रेसर भयो भनेर जीवन जल सेवन गर्छन्।
कति बिरामीहरु त उच्च रक्तचापको कारण पत्ता लाउन क्लिनिक, 4 होम र अस्पताल धाएर हजारौं रुपैयाँ खर्च गर्न मन पराउँदछन्। तैपनि पत्ता नलागेपछि आजित भएर सोध्दछन्। हैन डाक्टर साहेब, किन मेरो ब्लड प्रेसर बढेको।
ब्लड प्रेसर बढ्नाले केही निको गर्न सक्ने कारणहरुमा 'फियोक्रोमोसाइटोमा' कुसिंग सिण्ड्रोम, मिर्गौलाको रक्तनली साँघुरो हुने रोग 'रिनल आर्टरी स्टेनेसिस' हुन्। तर दुर्भाग्यवश ती कारणहरुः छ देखि आठ प्रतिशतभन्दा कम उच्च रक्तचापका रोगीहरुमा देखा पर्दछन्। यिनलाई डाक्टरी भाषामा 'सेकेण्डरी हामइपरटेन्सन्' भनिन्छ। ९२ देखि ९४ प्रतिशत उच्च रक्तचापका रोगीहरुमा जुनसुकै जाँचपड्ताल गरे पनि कारण पत्ता लाग्दैन र डाक्टरी भाषामा यस्तालाई 'इसेन्सियल हाइपरटेन्सन' भनिन्छ। 'सेकेण्डरी हाइपरटेन्सन'को कारण पत्ता लागेर अपरेसन इत्यादि गरिंदा त्यस बिरामीले जिन्दगीभर ब्लड प्रेसरको औषधि खान नपर्ने हुन्छ।
यस्ता 'सेकेण्डरी हाइपरटेन्सन' कसलाई भएको शंका गर्नुपर्छ त भन्ने कुरा उठ्छ नै। यदि कसैलाई २५ वर्षको उमेरभन्दा अघि वा ५० वर्षको उमेरभन्दा पछि उच्च रक्तचाप वा 'हाई ब्लड प्रेसर' त्यो पनि एकदमै बढी लागेको रहेछ भने 'सेकेण्डरी हाइपरटेन्सन्' हुने सम्भावना निकै धेरै हुन्छ।
अब कुरा आउँछ ब्लड प्रेसरका लागि के के गर्नुपर्दछ भन्ने माथि उल्लिखित कुराहरु ध्यान गर्दा मोटोपना घटाउने मधुमेह नियन्त्रणमा राख्ने, कोलेष्ट्रोल इत्यादि नियन्त्रणमा राख्ने, अत्याधिक मद्यपान नगर्ने, नियमित व्यायाम गर्ने, धूम्रपान पटक्कै नगर्ने र धूम्रपान गरेका व्यक्तिको छेउछाउमा पनि नबस्ने, कम नून खाने र औषधि खानुपरेमा नटुटाई खाने नै सर्वोत्तम उपाय हो।
धेरै बिरामीहरुले औषधि खानुपरेमा 'जीवनभर' खानुपर्दछ भन्ने डरले उच्च रक्तचापबाट हुने सबै खतरनाक प्राणघातक समस्या भोग्न तयार रहन्छन्। कतिपय त हृदयघात भएर, मस्तिष्कमा रक्तस्राव भएर पक्षघात भएपछि या नथ्री फुटेर नाकबाट ह्वालह्वाल्ती रगत बगाएर, किड्नी फेल भएपछि पछुताउँछन्। चुरोट, रक्सी, खैनी, जाँड, तम्बाकु इत्यादि कुलतहरु जसले हानि नोक्सानी बाहेक केही फाइदा गर्दैन भन्ने स्वयंसिद्ध कुरा थाहा भइकन पनि जिन्दगीभर खान एकपल्ट यसो फर्केर पनि हेर्दैनन् यहाँका मान्छेहरु।
तर उच्च रक्तचाप नियन्त्रणमा राखेर मुटु दिमाग, मृगौला, किड्नी, आँखा इत्यादिलाई दियोलाई दुई हातले ढाकेर निभ्न नदिन भरपूर कोसिस गर्ने जस्तो प्रयास औपधिहरुको हुन सक्ने केही 'साइड इफेक्ट'हरुको डरले नखानु ज्यादती नै हुनेछ।
त्यसैले रक्तचापको औषधि 'जीवनभर' हैन जीवनको लागि भन्ने मूल मन्त्र सबैले लिनु भएमा कल्याण होला।
रक्तचाप जँचाउन क्लीनिक या अस्पतालमा आउने बिरामीहरुले बिहान खाली पेटमा ब्लड प्रेसरको औषधि खानु हुन्न भन्ठानेर डाक्टर छेउ पुग्छन्। डाक्टरले जाँच गर्दा त ब्लड प्रेसर स्वाट्टै घटेको पाइन्छ। अब समस्या कहाँ छ भने औपधि सेवन नभएर हो कि औषधिको मात्रा कम भएर त्यसो भएको भन्न गाह्रो हुन्छ। ब्लड प्रेसरको औषधि डायबिटीजको औपधि जस्तो धेरै बेर खाना नखाने भए खान नहुने होइन। खाली पेट खान पनि हुन्छ।