शरीरिक रुपमा तन्दुरुस्त र निरोगी रहनु, मानसिक रुपमा चिन्तारहित भएर उपयुक्त ब्यवहार गर्न सक्नु, सामाजिक रुपमा आफ्नो भूमिका निर्वाह गर्न सक्नु र भावनात्मक रुपमा सकारात्मक सोच हुनु एवं सन्तुष्ट हुनु नै स्वास्थ्य हो।
स्वास्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक रुपमा स्वस्थ हुने अवस्था हो। स्वास्थ्य एक बहुआयमिक विषय हो र प्रत्येक आयमको आ–आफ्नै महत्वपूर्ण भूमिका हुन्छ। स्वास्थ्य विकासको एउटा प्रमुख एवं अनिवार्य विषय पनि हो। स्वास्थ्य सेवाको उद्देश्य स्वस्थ ब्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोग निवारण गर्नु हो।
रोग लाग्नबाट बचाउने प्रबद्र्धनात्मक तथा प्रतिकारात्मक, स्वास्थ्य सेवा र रोग लागिसकेपछि रोगको ब्यवस्थापन गर्ने उपचारात्मक, पुनस्र्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाहरुलाई समुचित हिसावले विकास र कार्यान्वायन गर्न सके मात्र हाम्रो जस्तो श्रोत र साधन सिमित भएको देशमा स्वास्थ्य सेवा प्रभावकारी हुन सक्दछ। त्यसको लागि त्यसै अनुरुप स्वास्थ्य जनशक्ति उत्पादन र उपयोगमा राष्ट्रले ध्यान दिनुपर्दछ।
देश विकासको महत्वपूर्ण क्षेत्र स्वास्थ्य भएकोले स्वास्थ्य सेवा (प्रवद्र्धनात्मक, प्रतिकारात्मक तथा उपचारात्मक)को जति राम्रो व्यवस्थापन हुन्छ, त्यतिनै देश विकासमा त्यसको प्रभाव पर्दछ।
प्रभावकारी स्वास्थ्य संरचना र स्वास्थ्य जनशक्तिहरुको सही व्यवस्थापन र परिचालनबाट मात्र स्वास्थ्य सेवाको राम्रो कार्यान्वायन हुन्छ। हाम्रो देशमा स्वास्थ्य सेवाका विभिन्न विधामा संलग्न स्वास्थ्यकर्मीहरु २५ भन्दा बढि समूह तथा ८० भन्दा बढी उपसमूहमा विभक्त भएता पनि हाम्रो देशमा स्वास्थ्य सेवा प्रदान गर्ने संरचना केन्द्रदेखि समुदाय स्तरसम्म राम्रो पहुँच हुनेगरी सञ्चालित थियो।
त्यसैको परिणाम स्वरुप देशले स्वास्थ्य क्षेत्रमा वाल स्वास्थ्य, मातृस्वास्थ्य र रोग नियन्त्रण लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। तर उल्लेखित समूह÷उप–समूहमा विभक्त भएका स्वास्थ्य जनशक्तिहरुको सरुवा, बढुवा तथा वृत्ति–विकास र सेवा–सुविधाका बिषयमा धेरै गुनासाहरु र अन्तरविरोध प्रशस्त मात्रामा सतहमा आएकै थिए र तिनको समाधान गर्न ठूलो मेहनत, समय र खर्च समेत गर्नु परेको अवस्था विद्यमान छ।
वैज्ञानिक, तथ्यपरक र उपयुक्त कार्यविधिको अभावमा उपरोक्त बमोजिमका विभिन्न समूह÷उप–समूहहरुले स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यमा पूर्ण रुपमा केन्द्रित नभएर आफ्नो र आफ्नो समूह÷उप–समूहका स्वास्थ्य जनशक्तिहरुको सरुवा, बढुवा तथा वृत्ति–विकास र सेवा–सुविधाका बिषयमा धाउने, दवाव दिने र ऐन, नियम निर्माणमा समेत सो बमोजिम प्रभाव पार्न समय खर्चेको र आवश्यकता, औचित्य र विवेक भन्दा पनि पहुँच, दवाव र प्रभाव नै अवसर र सुविधा प्राप्त गर्ने आधार हुन की भन्ने देखिने अवस्था आएको कुरा स्पष्ट छ।
त्यसैको परिणाम एकातिर कुनै समूहमा कार्यरत कर्मचारीहरुले लामो सेवा अवधिमा पनि आफ्नो वृत्ति–विकासको अवसरनै पाएनन् भने कुनै समूहमा कार्यरत कर्मचारीहरुले फटाफट खुल्ला तथा बढुवाका माध्यायमबाट वृत्ति–विकासको सुविधा पाए।
स्वास्थ्यकर्मी विचमै विभेदपूर्ण अवस्था रह्यो र अर्कोतिर ऐन, नियमले समान अवसरको व्यवस्था गर्न सकेन तथा पद एक ठाँउमा भए पनि कामकाजका लागि दरबन्दी भएको ठाउँभन्दा अन्यत्र कामकाजमा पठाउनु पर्ने अवस्था भयो। उक्त अवस्था हालसम्म पनि विद्यमान छ। यो परम्पराले स्वास्थ्य संस्थामा पठाइने जनशक्तिको सेवा अवधि र काम गर्ने मनोबल कमजोर, अनश्चित र अस्थिर बनाएको छ।
विशेष गरी सानो समूहमा रहेका जनशक्तिहरुलाई काममा खटाउँदा अन्य समूहका जनशक्ति पठाउन कठिन भएको अवस्थामा बिना कुनै न्श्चिित मापदण्ड कहिले एउटा जिल्ला त कहिले अर्को जिल्ला र स्थानमा दरबन्दी सिर्जना गरेर तथा नगरी खटाउने काम समेत भयो भने योग्यता र दक्षताका आधारमा अन्य कार्य विवरण मिल्ने स्थानमा काम गर्न चाहना हँुँदा समेत उक्त अवसरबाट बञ्चित हुने अवस्था भयोे।
गत साता स्वीकृत प्रदेश स्तरको स्वास्थ्य संरचना समेत विगतको परम्पराले सृजना गरेको जनशक्ति, संरचना र दरबन्दी बीचको बेमेलको परिणाम देखिन्छ। फलस्वरुप एउटै संगठनमा प्रदेशै पिच्छे एउटै पदमा अनावश्यक फरक–फरक समूहका व्यक्तिको पद सिर्जना भएको छ।
तत्–तत् पदमा पदस्थापन हुन योग्य हुँदा एउटै पदमा भाग पुर्याउने जसरी फरक–फरक समूहको व्यवस्था हुनु सेवाग्राही र सेवा प्रदायक कसैको पनि माग हुन सक्तैन। यो तर्कसंगत, न्यायपूर्ण र निष्पक्ष पनि हुँदैन।
हालको परिवर्तित संघीय संरचना निर्माणको प्रारम्भिक अवस्थामा सेवा, समूह÷उप–समूहको व्यवस्थापन एकातिर अझ पेचिलो बन्दै गएको छ भने अर्कोतिर यी कुराहरुमा ध्यान दिई राम्रो ब्यवस्थापन भएमा उचित समाधान निकालि राष्ट्रले लिएको लक्ष्य हासिल गर्ने अवसर पनि हामी सामु छ।
स्वास्थ्य क्षेत्रको विकासमा कुसल र निष्पक्ष संगठानिक नेतृत्व र सुशासनको भूमिका हुन्छ। अव बन्ने संगठन तथा व्यवस्थापन सर्वेक्षण मार्फत अमुक व्यक्ति र समूहको दबाबको भरमा बाँडफाँड नभई उपयुक्त सेवा–समुहमा काम गर्ने स्वास्थ्यकर्मीलाई उपयुक्त स्थान र पदमा रही काम गर्ने वातावरण बनाउन सकेमा मात्र कर्मचारीहरुको मनोवल उच्च भइ संविधान र दिगो विकास लक्ष्यले चाहे अनुसार स्वास्थ्य सेवाको स्तर सुधार हुन सक्दछ।
यस विशिष्ठ परिस्थितिमा सवै सेवा–समुहमा काम गर्ने स्वास्थ्यर्कीहरुले आफ्नो सेवा–समूहको दायराबाट माथी उठेर स्वास्थ्यको साझा उद्देश्य पूरा गर्न एकै ठाँउमा बसी सही र व्यवहारिक रुपले संगठन संरचना र सेवा–समूहको बारेमा सोच्ने र उचित निकास दिन पहलकदमी लिन ढिलो हुन लागि सकेको छ।
यी माथि उल्लेख भएका विषयहरुको उचित समाधानका लागी स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकार्मी मध्य कार्य विवरण मिल्न सक्ने समुहहरुलाई एउटै समूहमा मिलाई विभिन्न समुहहरुको अनावश्यक संख्या घटाई औचित्यपूर्ण संख्यामा ल्याउनु पर्दछ। यसले गर्दा अनावश्यक र धेरै सेवा–समुहहरुको ध्यान रचनात्मक प्रतिस्पर्धा र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरी पेशाागत सम्मान वृद्घि गर्न केन्द्रित हुन सक्दछ।
यस्तो व्यवस्था गर्न सके लोक सेवा र बढुवामा उल्लेख्य मात्रामा प्रतिस्पर्धा भइ उत्कृष्ट र सक्षम जनशक्ति छनौट हुने सम्भावना समेत बढ्दछ। माथिल्लो, नेतृत्वदायी र नीति–निर्माण गर्ने पदमा समूहकृत नगरी समायोजन ऐनको भावना अनुरुप कुशल नेतृत्व छनौट गर्न हाल विद्यमान धेरै समुहबाट प्रतिष्पर्धा गर्न सक्ने गरी उपयुक्त धेरै समूहलाई खुल्ला गर्नु आवश्यक देखिन्छ।
यसरी सवै स्वास्थ्यकर्मीहरुलाई समान अवसर, उपयुक्त जिम्मेवारी सहित ठिक स्थानमा पदस्थापन गरी कामकाजमा खटाउन सकेमा हालसम्म स्वास्थ्य क्षेत्रले हासिल गरेको उपलब्धि रक्षा गर्दै अझ अगाडी बढ्न सजिलो हन्छ।
यस बिषयमा सम्बन्धित सवैले गम्भिर भइ आधुनिक नेपालमा स्वास्थ्य सेवाको विकास गर्न योगदान गर्नु नै सवैको हितमा हुनेछ।
-(डा. यदुचन्द्र घिमिरे प्रदेश नं. ३, हेटौंडाको स्वास्थ्य निर्देशनालयका निर्देशक हुन्।)