सन् २०१८ मा विश्वमा १८ दशमल १ मिलियन क्यान्सरका नयाँ केसहरु देखा परे भने यसबाट करिब ९ दशमलव ६ मिलियन मानिसहरुले ज्यान गुमाए। दक्षिणपूर्वी एसियामा ७० प्रतिशत मानिसहरुको मृत्यु यसबाट हुने गरेको छ।
क्यान्सर जाँच, पहिचान र उपचारको अपर्याप्तता नै यसको प्रमुख कारण बनिरहेको छ।
२०१७ मा ३० प्रतिशत आर्थिक अवस्था कमजोर भएका देशहरुले अपर्याप्त क्यान्सर सुविधाको गुनासो गरेका थिए जुन आर्थिक अवस्था सबल भएका देशहरुको ९० प्रतिशत भन्दा बढी हो।
२६ प्रतिशत आर्थिक अवस्था कमजोर भएका देशहरुले सरकारी तहको प्याथोलोजी सेवाले ढिलो क्यान्सर पहिचान र ढिलो सफल उपचार हुने बताएका थिए ।
क्यान्सर रोगका लागि क्षेत्रीय सदस्य राष्ट्रहरु पहल पनि गरेका छन्। २०१५ को क्षेत्रीय बैठकले क्यान्सर रोकथाम र नियन्त्रणको राष्ट्रिय कार्यक्रमहरु कसरी चुस्त बनाउने भनेर संकल्प लिएको थियो। त्यो संकल्पलाई २०१७ र २०१८ पनि दोहोर्याइएको छ। २०१८ मा बालबालिका क्यान्सरका लागि विश्वव्यापी रुपमा पहल सुरु गरिएको छ । दक्षिणपूर्व एसियामा ६७ प्रतिशत भन्दा बढी क्यान्सर रोगीहरु ७० वर्षभन्दा अगावै मृत्यु हुने गरेको पाइएको छ।
स्वास्थ्यका हरेक तहमा क्यान्सर नियन्त्रण कार्यक्रमहरु ल्याउन जरुरी छ । विशेषज्ञ सेवाहरु महंगो हुनेगर्छन् र त्यो क्यान्सर रोग अझ छिटो पत्ता लागेमा बढी लाभदायक हुन्छ । क्यान्सर रोग पहिचानका लागि दुवै प्राथमिक तथा माध्यामिक सुविधा राम्रो हुुनुपर्छ।
त्यसैगरी स्वास्थ्यकर्मीहरुलाई तालिम दिन आवश्यक छ। तालिमले स्वासथ्यकर्मीले क्यान्सरको लक्षण पहिचान गर्न सकुन् ताकी सफल उपचार होस्।
क्षेत्रीय सदस्यहरुले क्यान्सर नियन्त्रणका लागि नीति नियमहरु बनाइराख्नुपर्छ । त्यसैगरी सूर्ती जन्य पदार्थबाट २२ प्रतिशत क्यान्सर रोगीहरु मृत्यसको शिकार भइरहेका छन्। त्यसैले सूर्तीजन्य पदार्थको प्याकेजिङमा पनि ध्यान दिनुपर्छ।
त्यसैगरी जाँड रक्सी खपतमा नियन्त्रण, स्वस्थ्य खानपीन तथा जीवनशैलीमा जोड आवश्यक छ । साथै सबैलाई हेपटाइटिस बी को खोप तथा महिलाहरुलाई ह्युमन प्यापिलोमा भाइरसको खोप दिने कार्यक्रममा पनि जोड दिनुपर्छ।
विश्व स्वासथ्य संगठनले क्षेत्रीय राष्ट्र सदस्यहरुसँग क्यान्सर नियन्त्रण र रोकाथामका लागि विभिन्न कार्यक्रम गर्दछ। अहिले मुख्यत नसर्ने रोगको लागि कामगर्ने प्रमुख लक्ष्य हो। एकदम गरिब राष्ट्रको मानिसले क्यान्सरबाट ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो चाहना हो।
- (डा सिंह विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्व एसियाकी क्षेत्रीय निर्देशक हुन्)