कुनै लक्ष्य प्राप्तिका निम्ति समाजलाई नेतृत्व गर्ने व्यक्तिलाई ‘नायक’ भनिन्छ । नेपालमा मिर्गौला प्रत्यारोपण सफल गराउने हकमा डा.दिब्या ‘नायक’नै हुन् ।
सोह्/सत्र वर्षको कल्कलाउँदो उमेर होस् या ढल्किदो अवस्था । शरीरभित्रको अत्यावश्यकीय अंग मिर्गौलाले काम गर्न छोड्यो र मृत्यु नजिकिँदैछ भन्ने थाहा पाउँदा हुने पीडा जो कोहीलाई खपिनसक्नुको हुन्छ । आफै वा आफन्तको यस्तो अवस्था थाहा पाउँदा पीडा कसरी पोखिएला ? अनुमान गर्न जति सजिलो छ, त्यति सजिलो हुदैन यस्ता घटना आफैले देख्नुपर्दा ।
ती पीडा पोखिदाँ आउने आँशुको अर्थ धेरै डाक्टरलाई सामान्य लाग्छ । उनीहरूको प्रतिक्रिया रहन्छ होला, के गर्नु यस्तै हो । तर, शिक्षण अस्पतालकी एक विशेषज्ञ डा. दिब्या सिंह शाहलाई त्यस्ता आँशुले एउटा प्रतिज्ञा गर्न प्रेरित ग¥यो, नेपालमा मिर्गौलाको प्रत्यारोपण गराएरै छाड्ने । त्यसले उनको जीवनलाई सार्थक त बनायो नै, नेपालको चिकित्सकीय इतिहासमा एउटा सुःखद दिन थप्यो । उनीले नेपालमा पहिलो सफल मिर्गौला प्रत्यारोपण यात्राको नेतृत्वकर्ताको रूपमा परिचय बनाइनन् । आफूलाई महिला आन्दोलनका नेतृत्वकर्ता हांै भनेर दौडिनेहरू सायदै एउटा महिलाको नेतृत्वमा भएको यो उपलब्धीबारे ज्ञान राखेका होलान् । तर उनको कामले धेरै जीवनलाई मृत्युको मुखबाट फर्काउने सफलताको सिंढी चढाउँदैछिन् ।
बाझाङबाट काठमाडौ बालुवाटार बसाई सरेको शाह परिवारमा २०२२ साल चैत्रमा उनको जन्म भएको हो । परिवार आर्थिक रूपमा सम्पन्न मात्रै हैन शैक्षिक रूपमा समेत निकै अगाडी थियो । सिंह परिवारले छोरीको प्राथमिक शिक्षाका लागि इन्टरनेशनल नर्सरी स्कूल ज्ञानेश्वर छान्यो । एसएलसी भानुभक्त मेमोरिएलबाट भयो । कलेज जीवनसम्म पढाइसँगै अतिरिक्त क्रियाकलापमा उनी सधैजसो तक्मा हात पार्थिन् । खेलकूददेखि सांस्कृतिक कार्यक्रमसम्म उस्तै सक्रियता । उनी स्कूल र कलेज जीवनसम्म आइपुग्दा पनि टेवलटेनिस, बास्केट बल र भलिबलकी राम्रो खेलाडी हुन् । मेडिकल कलेजमा पढ्दा यस्ता तक्मा प्रसस्तै हात पार्थिन् उनी । कलेजमा हुने वार्षिक कार्यक्रममा सहभागी हुन पुग्ने बुबाका लागि पनि छोरीले हात पार्ने ती तक्मा खुसी थप्ने साधन बन्थे ।
जीवनमा के बन्ने भन्ने कुरा पढाईमा निर्भर हुन्छ भन्ने बुझेदेखि नै दिब्यामा डाक्टर बन्ने कुरा तय भइसकेको थियो । विद्यालय जीवनमा घरमा पढ्ने वातावरण निकै राम्रो थियो । बाल्यकालमा उनी उठ्दा बुबा टोपबहादुर सिंह चियाको कप र किताबको चाङको अगाडी हुन्थे । बुबा पेशाले कानून व्यवसायी थिए । नेपाल ल क्याम्पसका डीन र सर्वोच्च अदालतका न्यायधीष समेत भए । बुबाको काम नै पढ्ने र लेख्ने मात्रै हो भन्ने भान प¥थ्र्यो उनलाई । त्यसको परिणाम दिब्यासहित अन्य छोराछोरीको काम पढ्नु मात्रै हुन्थ्यो ।
आइएससीपछि उनी भारतको मोतिलाल नेहरू मेडिकल कलेज पुगिन् एमबिबिएस पढ्न । पढाईमा जहिल्यै अव्बल छात्रामा गनिन्थिन् उनी । एमबिबिएस छात्रावृतिमा पढेको भएपनि एमडी (स्नातकोत्तर) तहका लागि ‘हाई मेरिट’मा २० प्रतिशतले अवसर पाउँथे । उनले त्यो प्रतिस्पर्धाको सामना गरीन् र सफलता पनि हात पारिन् । उनले इलाहवाद विश्वविद्यालय अन्तर्गतको मोतिलाल नेहरू मेडिकल कलेजको अस्पतालमा मेडिसिनमा रेजिडेन्टको रुपमा अध्ययनको अवसर पाइन् ।
इण्डियामा एमडी पढ्दै गर्दा उनी नेपाल आएकी थिइन् । एक जना आफन्तलाई उपचारका लागि उनी शिक्षण अस्पताल जाँदा उनको डा.गोविन्द शर्मासँग भेट भयो । डा.शर्माले उनलाई पढाइ सक्नासाथ नेपाल फर्किन र शिक्षण अस्पतालमा आवद्ध हुन आग्रह गरे । उनको बसोबास पनि बालुवाटार भएकोले घर पायक पनि थियो शिक्षण अस्पताल । उनलाई नेपालमै काम गर्ने मन पनि भएकोले शिक्षण अस्पताल उपयूक्त विकल्प लाग्यो । शिक्षण अस्पताललाई १९९६ तिर जापानीजले डाइलसिस मेशिन अनुदानमा दिएको थिए । यससँगै शिक्षण अस्पतालमा मिर्गौलाका विरामीको चाप नै थियो । उनले सुरूमै किड्नी विभागमा काम गर्न थालिन् । उनले आफूलाई बढी कार्डियोलोजिस्टको रुपमा करियार बनाउँने सोचाई बनाएकी थिइन् तर काम थालिन् किड्नीमा ।
डा. दिब्या सिंह
किड्नी रोगको मुख्य विशेषज्ञको रुपमा डा.पुण्य सत्याल, डा.सुधा खकुरेल, डा.ऋषिकुमार काफ्ले, डा.कनकबहादुर रावत, डा.प्रमोदलगायत चिकित्सक कार्यरत थिए । इन्टर्नल मेडिसिन विषय भएकोले किड्नीसँग सम्बन्धित वायस्पी, डाइलसिस कुराको राम्रो ज्ञान थियो उनलाई । उनले शिक्षण अस्पतालमा डाइलसिस गराउँन थालिन् । किड्नीका रोगीको चाप शिक्षण अस्पतालमा बढ्दै थियो । नेपालमा केवल डाइलसिस मात्रै विकल्प थियो । डाइलसिसका २÷३ वटा मात्रै मेशिन थिए । निजीमा आर्थिक रूपमा धान्नै नसक्ने र सरकारीमा पालै नपाइने अवस्था थियो । ट्रान्सप्लान्टका लागी इन्डियामा पठाउनुपर्ने थियो । नेपालमा किड्नी रोगको अवस्था भयावह थियो तर उपचारको विकल्प सीमित मात्रै ।
यस विषयमा उनले संसारलाई बताउने सोचाई स्वरूप अन्तराष्ट्रिय कन्फरेन्सहरूमा भाग लिन थालिन् । यस क्रममा जापानमा उनलाई प्रस्तुति गर्ने अवसर मिल्यो । उनको प्रस्तुति उत्कृष्ठ पाँचभित्र प¥यो । त्यहाँ उनले आत्मबल मात्रै होइन, प्रत्यारोपण सम्बन्धी अध्ययनका लागि इन्टरनेशनल सोसाइइटी अफ नेफ्रोलोजिस्टमा सम्पर्क बढाइन् । उनले २००४ देखि ००७ सम्म अष्ट्रेलियाको मोलस मेडिकल सेन्टरमा आईएसएन फेलोसिप अन्र्तगत ट्रान्सप्लान्ट मेडिसिन विशेषज्ञ कोर्स अध्ययनको अवसर पाइन् ।
सुरूमा वीरमा मात्रै किड्नीको उपचार हुन्थ्यो । विरामी अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्थे । ‘विरामीलाई यहाँ आउ भन्यो निको पार्न सकिन्नथ्यो ।’ डा.दिब्याले भनिन् ‘विदेश पठाऔं पैसा हुदैनथ्यो ।’ डाइलसिसले जीवन कति दिन टिकाउन सकिन्छ र ? प्रत्यारोपण विकल्प त थियो तर नेपालमा थिएन । उनले डाइलसिसको काम गर्दा यस्ता पीडाका असंख्य उदाहरण भेटिन् । आँशुको भेल देखिन् ।
प्रत्यारोपणका लागि भारत नै जान पनि सहज थिएन । कतिपयको यूवा छोरा छोरी आमाबाबु वाहेक कोही हुदैनथे । भारतमा पनि सँगै जाने समेत मान्छे नहुने । त्यहाँ कसैलाई चिनेको पनि हुदैन । साउथ इन्डियामा त भाषाको पनि समस्या । भारतका पनि सरकारी अस्पतालमा लामो लाइन । कतिपय त डोनर किड्नी अर्कैलाई हालिदिएर र पैसा हराएर फर्किएका उदाहरण पनि उत्तिकै भेटिन्थे । कतिपय अवस्थामा अवैध कारोवार भइरहेको थाहा पाएर प्रहरी आएर पैसा छोडेर भाग्नुपर्ने । विरामीहरू जति यस्ता पीडा सुनाउँथे डा.दिब्याको मन उनी बेचैन हुन्थ्यो ।
नेपालमा प्रयास नै नभएको अवस्था भने थिएन । तर त्यसमा सफलता पनि मिलेको थिएन । ट्रयाजेटी कुराले विरक्त बनाउँथ्यो । चिकित्सा सेवामा कन्फिडेन्ट धेरै महत्वपूर्ण कुरा हो भन्ने उनले त्यतिबेला नै महसुस गरेकी थिइन् । । चिकित्सा सेवामा कितावीसँगै अनुभवी चिकित्सक र संस्थाले गरेका अभ्यास हेरेर पनि धेरै सिक्न सकिन्छ । उनले भनिन् ‘नेपालमै रहँदा पनि किड्नीमा धेरै कुरा जानेको छु भन्ने ठान्थे, अष्ट्रेलियामा काम थालेपछि बल्ल थाहा पाएँकी विषय जान्न वाँकी छ भन्ने ।’
पढ्न जाने समयमा नै त्यहाँबाट जसरी पनि प्रत्यारोपण गर्न सक्ने भएर फर्किने अठोट लिएर गएकी थिइन् डा.दिब्याले । उनले अष्ट्रेलियामा ज्ञान मात्रै हैन सीप र सिष्टम पनि सिकिन् । उनी नेपाल जस्तो अल्पविकसित देशबाट गएकी डाक्टर भएकोले त्यहाँका विरामीले अविश्वास गर्ने हो की भन्ने डर पनि कताकता मनमा थियो । तर, विरामी र डाक्टरबीचको विश्वास यति मजबुत थियो की उनीहरू अस्पतालको सिस्टमप्रति पूर्ण भरोसा गर्थे । विरामीलाई डाक्टरले गर्ने रेस्पोन्स पनि निकै प्रभावकारी र नमूना लाग्यो डा.दिब्यालाई अष्ट्रेलियामा ।
अष्ट्रेलियामा उनले निकै सहयोग पाइन् । जे सिक्न चाह्यो त्यही अवसर मिलाइदिए कलेजवालाहरूले । उनले किड्नी ट्रान्सप्लान्टलाई पूर्ण सफल पार्न लगाउने विधि, रिजेक्सन रोक्ने आइडिया जस्ता सुक्ष्म तथा महत्वपूर्ण कूरा सिकिन त्यहाँ । त्यहाँ पढ्दै गर्दा नेपालमा भएको प्रत्यारोपण प्रयास असफल भएको खबरले दुखि त बनायो तर हिम्मत हारिनन् उनले ।
मेलवर्नमा रहँदा दिव्याले जनरल नेफ्रोलोजि, डाइलेसिस र मिर्गाैला प्रत्यारोपण सम्बन्धी अध्ययन गर्ने मौका पाइन् । उनले नेपालको किड्नी रोग विशेषज्ञको रूपमा आफूले भोगेका दुःखद अनुभव दर्शाइन् । त्यसले पनि निकै बल मिलेको हुनुपर्छ । अष्ट्रेलियामै रहँदा उनले नेपालमा पहिलो प्रत्यारोपणमा सघाउन एक जना अनुभवी चिकित्सकलाई लिएर गएमात्रै नेपालमा विश्वासीलो वातावरण बनाउँन सकिन्छ भन्ने अनुभव गरिन् । त्यसका लागि पूरै खर्च गराएर विशेषज्ञ लिएर आउनसक्ने अवस्था देखिनन् । उनले आफ्ना प्रोफेसर एवं सहकर्मीसँग छलफल गरिन् । त्यही समयमा उनले एक जना ट्रान्सप्लान्ट सर्जन नेपाल आउने गरिरहेका थाहा पाइन् ।
पढाई सकिने समयमा डा.शाहले मोनासमा रहेको पेडियाट्रिक नेफ्रोलोजी डिपार्टमेन्टमा केही समय विताएकी थिइन् त्यहाँ उनलाई डा अमन्द वाल्कले रोयल मेलवर्न अस्पतालका ट्रान्सप्लान्ट सर्जन डा. डेभिड फ्रान्सिससँग परिचय गराएका थिए । फ्रान्सिस् धेरै पटक नेपाल आइसकेका नामी ट्रान्सप्लान्ट सर्जन हुन् । उनी संम्झिन्छिन् ‘मैले नेपालमा बोरामा पैसा बोकेर भारत गएर प्रत्यारोपण गर्नुपर्ने अवस्था छ भनेर नेपालका विरामीका तर्फबाट पीडा विसाएँ, उनले सहयोग गर्ने प्रतिवद्धता गरे ।’ उनै डेभिडले नेपालमा पहिलो सफल प्रत्यारोपणको नेतृत्व गरे ।
अष्ट्रेलियामा एउटा आशा लाग्दो वातावरण बनाएर उनी सन् २००६ तिर नेपाल फर्किइन् । उनी शिक्षण अस्पतालका तत्कालिन निर्देशक डा.महेश खकुरेलसँग यो प्रस्ताव राखिन् । निकै सकारात्मक सोचाईका डा.खकुरेल डा.दिब्याको प्रस्तावले निकै उत्शाही मात्रै भएनन् यसलाई सफल बनाउन निकै लागि परे । सोही वर्षको सेप्टेम्बरमा डा फ्रान्सिसले नेपाल भ्रमण गरेका थिए । सबैसँगको सल्लाह र छलफल पछि नेपालमा ट्रान्सप्लान्ट सेवा सुरु गर्ने योजना बन्यो । प्रशासनीक रुपमा आउने झमेलालाई हटाउन र अस्पतालमा गर्नुपर्ने तयारीका लागि उनको प्रतिवद्धता नभएको भए सायद अहिलेसम्म पनि यो यात्रा सुरु नहुन पनि सक्थ्यो । आफूले त सिकेर फर्किइन् तर टिम चाहियो नर्सदेखि प्याथोलोजिस्टदेखि एनेस्थेसियोजोजिस्टसम्म । उनले क्यानडालगायतका ठाउँमा आफूले चिनेका प्राध्यापकदेखि संघलाई अनुरोध गरिन् । उनको पवित्र उदेश्यलाई महसुस गरेर होला जोसँग आग्रह गरिन् कसैले नाई भनेनन् ।
डाइरेक्टर मात्रै तयार भएर नहुँने चिकित्सकहरूलाई अंग प्रत्यारोपणको अनुमति थिएन । अस्पताललाई स्विकृति थिएन । धेरै मानिसहरू नेपालमा यो संभव हुन सक्दैन भन्ने ठान्थे । उनीहरू मन्त्रीदेखि सचिवसमेतलाई हुदैन भन्ने सिकायत गरिसकेका थिए । कतिपयले त डाक्टर डेभिडलाई इमेल गरेर समेत नेपालमा संभव छैन साथी नदिनु भनेर भने । उनी बीचमा पुन अष्ट्रेलिया गएकी थिइन्, उनले डेभिडलाई भेटिन् र भनिन् अहिले ९५ प्रतिशत मानिस मरिरहेका छन् कम्तिमा हामीले ८० प्रतिशत सफलता मात्रै दिन सक्यौं भने पनि ठूलै उपलब्धी हुन्छ । अखिर भारतमा पनि यस्तै अवस्थामा भइरहेको छ भनेपछि हामी किन नगर्ने त ?
त्यो बीचमा डेभिड नेपाल आए । यहाँका अन्य शल्यचिकित्सकसँग परिचय गराएपछि बल्ल डेभिड कन्भिन्स भए । अब वाँकी थियो अनुमति । निर्देशक खकुरेल र उनी धेरैपटक मन्त्रालय गए । तर त्यस समयमा अस्पताललाई औपचारीक रुपमा ट्रान्सप्लान्ट सर्जरी गर्ने अनुमति पाउन गाह्रो प¥यो । यो स्थितिमा पुग्न तत्कालिन मन्त्री गिरिराजमणी पोखरेलले निकै सहयोग गरे । ००७ को अन्त्यतिर नेपालमा सार्क स्तरीय मिर्गौला रोग विशेषज्ञहरूको सम्मेलन भएको थियो । मन्त्रीले कन्भिन्स गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले सोही कार्यक्रममा समितिको घोषणा गरिदिए । धेरै कुरा मिल्दै गएको थियो ।
प्रत्यारोपण गर्ने भनिएको दिन नजिकीदै थियो तर, अनुमति थिएन । तत्कालिन सचिव डा.निराकारमान श्रेष्ठ थिए । उनले समेत मेरो वेलायतमा बस्ने साथीले हुदैन भन्थ्यो भने । तर डाक्टर सचिव भएकोले कन्भिन्स गराउँन सजिलो भयो । प्रत्यारोपण विषय पढेर आएका डाक्टर छन्, मिर्गौला र पिसावसम्बन्धी विषयमा एकसे एक सर्जन शिक्षण अस्पतालसँग छ । कसरी काट्ने र कसरी जोड्ने भन्ने नलेज यसै छ, अन्य त्यसका जटिलताबारे जान्न प्रत्यारोपण विषय नै पढेर आएका जनशक्ति समेत भयो भनेपछि बल्ला डा.सचिव कन्भिन्स भए । सरकारको अङ्गदान सम्बन्धी कडा नियम सो समयको राजनितिक अवस्थाका कारण १८ महिनासम्म अस्पतालले स्विकृतिका लागि कुर्नुप¥यो ।
दिब्याले विरामी पक्षलाई कन्भिन्स गराएर ७०÷८० हजारको परीक्षण समेत गराइसकेकी थिइन् । डा.डेभिड अष्ट्रेलियाबाट आउने तय भइसकेको थियो । सन् २००८ अगस्टको दोस्रो साताको बुधबार नै गर्ने भनेर तय गरिएको थियो । तर संस्थालाई अनुमति थिएन हामी प्रत्यारोपण समितिको सचिवालय रहेको स्वास्थ्य सेवा विभागमा विरामी सहित जुलुसै लिएर जानुपर्ने भए पनि गर्नुपर्छ भन्नेमा पुगिसकेका थियौ । त्यो अगाडीको आइतबार मात्रै मिटिङ्ग राख्ने तय भयो । धेरै महत्व दिइएको काम विरामीको परीक्षणदेखि ज्योतिषसमेत हेराइयो । तर, किड्नी राख्नका लागि भारतबाट प्रिजरभेटिभ फ्रुट्स मगाउनुपर्ने थियो । ल्याउने प्रतिवद्धता गरेको मान्छेले हरिद्धारमा अड्कियो भन्दै धोका दियो ।
उनले श्रीमान् आर्किटेक्ट विरेश शाहको सहयोग लिएर एकजना एयरलाइन्सको कर्मचारीको मद्दतले मगाइन् । बुधबार सामान आइनपुगेर हुन सकेन, विहीबार राति सो केमिकल आइपुग्यो । शुक्रबार नेपालमा सबैभन्दा पहिलो ट्रान्सप्लान्ट ८ अगस्ट २००८ मा डा. फ्रान्सिस सहित नेपालका सर्जनहरुमा डा. बि आर जोसि नेर्तत्वको टोलीले ग¥यो । डा. दिव्या नेफ्रोलोजिका तर्फवाट टिम लिडर, ट्रान्सप्लान्टको प्रमुख कार्यक्रम कोअर्डिनेटर थिइन् । पहिलोपटक ट्रान्सप्लान्ट गरिएको व्यक्ति ३६ वर्षका थिए । उनले श्रीमतिवाट मृगौला पाएका थिए । त्यसपछि हालसम्म अस्पतालमा एक सय भन्दा बढी ट्रान्सप्लान्ट भैसकेको छ ।
अहिले पनि उनको सक्रियता त्यसलाई व्यवस्थित बनाउने कुरामा बढी छ । एउटा महिला डाक्टर, प्रत्येक साता थपिने प्रत्यारोपण गरेका विरामी र दातालाई रिकभर गरे घर पठाउनु अतिनै गम्भीरतापूर्वक औषधिले काम गरे नगरेकोदेखि क्रमशः आइरहेका सुधारलाई सुक्ष्म रूपमा हेरेर सो अनुसारको सल्लाह दिनु उनको दैनिकी जस्तै हो । त्यो बाहेक उनीसँग अरू थुप्रै पारिवारिक जिम्मेवारी पनि छ । स्कूल पढ्दै गरेका दुई छोराकी आमा, अनि विभिन्न रूप छोरी, बुहारी, श्रीमती ।
विहान उठ्ने, छोटो समय पूजामा बित्छ । बच्चाहरू स्कूल छोडेर हस्पितल आउँछिन् । एमबिविएस, एमडी, डिएमका कक्षाहरू, सातामा ४÷५ वटा ओपिडीमा समेत बस्नुपर्दा कामको निकै चाप पर्छ । अक्सर तीन बजेबाट प्राइभेट क्लिनिक । यद्यपि उनलाई फुर्सदको समयमा परिवार र छोराहरूसँग घरमा बस्दा धेरै रमाइलो लाग्छ । अहिले ज्ञान हस्तान्तरणका लागि डा. दिव्या थुप्रै युवा डाक्टरहरुलाई तालिम दिइरहेकी छिन् । यसका साथै उनी मृर्गौला रोगबाट बच्न चेतना जगाउने काममा समेत उत्तिकै सरिक भैरहेकी छिन् ।
अझै पनि उनलाई नेपालको प्रत्यारोपण क्षेत्रमा धेरै कुरा खड्किएको छ । नजिकका आफन्तले मिर्गौला दानदिन पाउँने व्यवस्था नहँुदा विरामी पक्षले पाएका दुःख अहिले पनि कम भएको छैन । ६० वर्षका वाबुआमा, १६ वर्षको छोरालाई डोनर लिएर आउँछन् । परिवार अल्लि परका नाताले दिन चाहेपनि अवस्था सहज छैन । त्यसले गर्दा अहिले पनि कतिपयलाई भारत गएर गराउँनुस् अनि म हेरिदिउँला भन्नुपर्ने अवस्था छ । अहिले पनि प्रत्यारोपण पछाडीको औषधि खर्च धान्न धेरै धौ,धौ छ ।
ब्रेन डेथका अंग निकालेर प्रत्यारोपण गर्न सकिनेबारे धेरै सुनेपनि उनलाई नेपालमा धेरै हिसाबले यी कुरा सहज लाग्दैनन् । ब्रेन डेथका आफन्तलाई काउन्सिलिन गर्न १२÷१४ घण्टा लाग्छ । एचएलए परीक्षण गर्नु, मिल्ने मान्छे खोज्नु, क्रस म्याच, सोसियल प्रेसर, शोषणको संभावना पनि हुन्छ । ‘प्रत्यारोपण वैज्ञानिक रूपमा गर्नुपर्छ, टाइममा विरामी ल्याएर कन्भिन्स गराएर एन्टिवडी, अन्य क्रसम्याच हेरेर गर्न नेपालको प्रणालीमा सहज छैन ।’ उनले थपिन् ‘बरू कानूनी हिसाबले अल्लि खुकुलो व्यवस्था अहिलेको आवश्यकता हो ।’ डा.दिब्य नेपालमा पहिलो सफल ट्रन्सप्लान्ट भयो भन्दा पनि कामको परिणामलाई महत्वपूर्ण देखिरहेकी छिन् । अहिले सफल प्रत्यारोपणका धेरै कथा निर्माण भएका छन् । पहिले सबैका आँखामा आँशु मात्रै थियो । अहिले केहीका आँखामा खुसी पनि थपिएको छ । दिब्या भन्छिन्, ‘नेपालका धेरै पक्षको प्रयासले मात्रै खुसी देख्न सकिने आँखाहरू बढाउँदै लैजान सकिन्छ ।’