हामी सबै मनुष्य जातिहरुको दैनिक जीवन पद्धतिमा भित्री-बाहिरी अनगिन्ती प्रकृयाहरु संचालित भैरहेका हुन्छन्। यी कार्यको निरन्तरताको क्रममा हाम्रो यो स्वास्थ्य वा शरीर प्रयोगमा आइरहेको हुन्छ। यसै क्रममा शरीरका भित्री तथा बाहिरी अंगहरुको नियमित कार्यमा अवरोध आउन सक्दछ जुन अवरोध आन्तरिक, बाह्य प्रणालीको अतिरिक्ति चोटपटकबाट पनि हुन सक्दछ। हामी जतिसुकै सचेत र शिक्षित भए पनि दैनिक प्रक्रिया वा व्यवहारमा गर्नुपर्ने कार्य नियमित रुपले नियमवद्धरुपमा गरेपनि कुनै पनि बेला केही न केही हुन सक्दछ। जुन कुरा हाम्रो वश भन्दा बाहिरको कुरा हुन्छ, जुन प्रकृतिले संरचना गरेको यो संसार विशेषतः हामी मानव जातीमा पर्दछ।
प्रकृतिले बनाएको नियमलाई उल्लंघन गर्नु कसैको सामर्थभित्र पर्दैन। समयानुशार पालना गर्दै जानु हामी सबैको अनिवार्य आवश्यकता हो। हामी जतिसुकै स्वस्थ्य सफासुग्घर रहेर सन्तुलित भोजन गर्दै गर्दा पनि शरीर भित्रबाट वा बाह्य वस्तुहरुको सम्पर्कमा आई शरीरको सन्तुलनमा अवरोध आउन सक्दछ। जसको कारण हाम्रो शरीरमा रोग लाग्दछ। हामीले रोग नलागोस् भनी गर्ने विवेकपूर्ण व्यवहारको वावजुत पनि हामी विभिन्न रोगबाट आक्रान्त हुने गर्दछौं यो प्रकृतिको नियम नै हो भन्दा अत्युक्ति नहोला। रोग लाग्दैमा हामी वेचैन हुनु वा किकर्तव्यमुख भई बस्नु पर्ने अवस्था छैन। संसारमा भएका अत्याधुनिक प्रविधिको विकासको फल स्वरुप हामीले पनि विभिन्न रोगको समयमै पहिचान गरी त्यसको सही उपचार गर्न सकेका छौं।
हामी बिरामी भएमा आफू बसेको स्थान क्षेत्रमा भएको सेवालाई प्रयोग गरी रोगको पहिचान गरी रोगको निदान गर्नु हाम्रो प्रथम आबस्यकता र कर्त्वय हो। यसको लागि स्वयं बिरामी वा बिरामी पक्षले केही सतर्कता अपनाई वा साधारण कुरा मात्र जानेको खण्डमा मात्र पनि त्यसबाट निकै लाभान्वित हुन सकिन्छ। भएको सेवा उपलब्ध गर्दा कहाँ कसरी वा कुन प्रकृया अपनाई उपलब्ध गर्न र आफूलाई कसरी सुरक्षित राख्ने भन्नेबारेमा हामी निकै संवेदनशील हुनुपर्ने हुन्छ। यसबाट बिरामीको साथै सम्बन्धित स्वास्थ्य केन्द्र वा चिकित्सकहरुलाई पनि समयमै रोगको पहिचान गराउन मद्दत पुर्याउँदछ अर्थात रोगको निदान गरी बिरामी वा चिकित्सक बीच सुमधुर सम्बन्ध कायम गराउन यसले ठूलो टेवा दिन्छ।
कुन क्षेत्रमा के कस्ता प्रकारको रोगहरु छन् त्यस्ता रोगीहरुको संक्या कति छ, त्यस क्षेत्रमा भएको जनघनत्वको कति प्रतिशत रोगबाट ग्रस्त छन् भन्ने जानकारी लिन समेत यसबाट सहयोग मिल्छ। साथसाथै त्यस क्षेत्रमा भएका जनताहरु को समाजिक, आर्थिक तथा शैक्षिक अवस्थाको पहिचान गरी सोही अनुसार आवश्यक दक्ष जनशक्ति परिपुर्ति गर्न कस्तो किसिमको स्वास्थ्य केन्द्र स्थापना गर्नु पर्ने हो? भन्ने सम्बन्धमा अल्पकालिन तथा दिर्घकालिन स्वास्थ्य निति तर्जुमा गर्नमा हामी मध्ये कुनै एक जना बिरामीको मात्र महत्वपूर्ण योगदान हुन सक्दछ। जब हामीलाई कुनै पनि कारणबाट उपचार गराउनु पर्ने हुन्छ त्यति बेला सचेत नागरिकको हैसियतले हामीले निम्न कुराहरुको पालना गर्नु पर्दछ। हामी भएको क्षेत्रमा जुन स्वस्थ्य केन्द्रनजिक छ त्यहि नै जानुपर्दछ वा स्वस्थ्य विशेषज्ञ को सल्लाह अनुसार गर्नुपर्दछ।
यति गरेर जब हामी स्वस्थकेन्द्र वा चिकित्सक कहाँ पुग्छौं, त्यहा आफ्नो व्यक्तिगत विवरण नाम, वर्ष, लिंग, ठेगाना आदि दर्ता गर्नु वा लेखाउनु पर्दछ। त्यसपछि उपचारको क्रममा आफनो व्यक्तिगत विवरण सहित त्यस स्वास्थ्य केन्द्र वा चिकित्सकको छाप भएको कागजमा त्यस संस्थामा के कस्तो उपचार भयो र के गर्ने सल्लाह दिइयो भन्ने व्यहोरा सहितको चिकित्सकको नाम मिती र हस्ताक्षर भएको लिखित कागजात लिनु पर्दछ र चिकित्सकले भनेको सल्लाह अनुसार गर्नुपर्दछ। उपचार गर्नु भनेको बिरामी र चिकित्सकको विच सुमधुर सम्बन्ध कायम गर्नु हो भन्ने हामीले सर्वर्था बुझ्नु पर्दछु। रोगी र चिकित्सक एक अर्काका परिपुरक हुन्। चिकित्सकले आफूले जानेको, सिकेको कुराको आधारमा बिरामीलाई सेवा प्रदान गरी आफ्नो दक्षताको पहिचान गराउँदछ भने बिरामी पनि आफ्नो समस्या समाधानको लागि चिकित्सकले भनेको कुरा मानेर उसलाई सहयोग गर्नु बिरामीको कर्तव्य हुन जान्छ भने आफ्नो उपचारमा भएको कृयाकलाप सम्बन्धी पूर्ण जानकारी प्राप्त गर्नु हाम्रो अधिकार हो। यस कुरालाई बिरामि तथा चिकित्सकले राम्ररी बुझ्नु जरुरी छ।
कुनै पनि क्षेत्रमा सबैलाई सबै किसिमको दक्ष जनशक्ति र विशेषज्ञ सेवा उपलबध नहुन पनि सक्तछ।किनभने देशको स्थिती एवं क्षमता अनुसार सबै क्षेत्रमा पूर्ण सेवा उपलब्ध नभई केही ठांउमा मात्र यस किसिमको सेवा उपलब्ध गराएको हुन्छ। उपलब्ध भएको ठाउमा मात्र यस किसिमको सेवा उपलब्ध गराएको हुन्छ।उपलब्ध भएको ठांउमा पनि खाली भवन, बोर्ड मात्र हुन सक्तछ जहाँ विशेष प्रकारका सेवा सुविधाहरु उपलबध नहुन पनि सक्दछन।
यस्तो अवस्थामा हामीले पहिलाको स्वास्थय केन्द्र वा चिकित्सक कहाँ पहिला गराएको उपचारको कागजलिएर जानुपर्दछ।यसरी नै हामीले क्रमवद्ध उपचार गर्दै जानुपर्दछ। हामीले कदापी स्वास्थ्य केन्द्र वा चिकित्सकको सल्लाह बिना अरुले भनेको भरमा उपचार गर्नु पट्टी लाग्नु हुँदैनकिनकी तपाईको उपचार पद्धती जहाँ गएपनि एउटै हुन्छ तर यसबाट केवल हाम्रो समय, पैसाको साथ साथै थप झन्झट व्यहोर्नु पर्नेमात्र हुन्छ। उपचारको समयमा चिकित्सकले मागेको सहयोग वा सोधेको कुराहरु लाज नमानीकन पालना गर्नुपर्दछ र नबुझेको कुरामा प्रष्ट हुन सक्दा सचेत् बन्नुपर्दछ।
कतिपय अस्पतालहरु यी कुराहरुलाई विचार गरी अस्पताल आफैंले पनि प्रत्येक बिरामीको एक पूर्ण, सक्षम तथा पारदर्शी फाइल बनाइ राखेको हुन्छ जसले गर्दा सम्बन्धीत पक्षहरुले खोजेको बेलामा सजिलै सित उपलबध गराइन्छ, जसबाट बिरामी र चिकित्सकको अधिकार र कर्तव्यलाई सुरक्षित गरेको ठहरिन्छ।पठन पाठन, अनुसन्धानात्मक आदि कार्य गर्नको लागि यस्तो फाइलिङग व्यवस्था अस्पतालको लागि पनि सहायक सिद्ध हुन जान्छ। जहाँ यस्तो आधुनिक एवं पारदर्शी मेडिकल रेकर्डको फाइलिङ्ग व्यवस्था गरिएका हुन्छ हाम्रो उपचार पद्धतिमा स्तरिय एवं उपयोगी मुलक सेवा उपलब्ध हुन गई चिकित्सकलाई पनि आफूले प्रदान गरेको सेवामा सन्तुष्टी प्राप्त गर्न टेवा मिल्दछ। पछिल्लो समयमा जाँच गरिएको कागज देखाउनासाथ बिरामी र चिकित्सक बीच आपसी सम्बन्ध कायम हुन जान्दछ र यसबाट उपचार सेवामा थप मद्दत पुर्याउंदछ। लिखित हस्ताक्षरनिहित कागज हुने हुनाले पनि दुबै पक्षलाई सावधानी अपनाउनमा मद्दत गर्दछ।कानुनी रुपमा पेश गर्नु परेको खण्डमा पनि कानुनी मान्यता पाउनको साथै ठीक विशेषज्ञद्वारा ठीक बिरामीले उपचार प्राप्त गर्नसक्दछ।
उपचारको क्रममा हामीले सर्वप्रथम सरकारी अस्पतालमा नै जानु उपयुक्त हुन्छ। त्यस पछिमात्र त्यहाँको सल्लाह वा हाम्रो आफ्नो व्यक्तिगत इच्छा, सामर्थ अनुसार मात्र अन्त जानु राम्रो हुन्छ। तर के विचार गर्नुपर्दछ भने हाम्रो उपचार सेवामा पैसा खर्च भएपनि ठीक रोगको लागि ठीक विशेषज्ञ सेवा प्राप्त भएको छ छै? भन्ने बारेमा भने आफू सतर्क हुनु जरुरी छ। हाम्रो देशमा बिरामीको संख्या बढि र त्यसको अनुपातमा चिकित्सकको संख्या कम भएकोले बढी समय लाग्न जानु स्वभाविकै हो तर त्यो पनि हाम्रो रोगको पहिचान नहुन्जेल सम्मको लागि मात्र हो।रोगको पहिचान भइसकेपछिरोगको प्रकृति अनुसार रोगको उपचार सेवामा भने अस्पतालहरुमा केही भेदभाव हुँदैन।
हाम्रो देशको आर्थिक स्थिति र सेवालाई हेर्दा जति सेवा र साधन सम्पन्न सरकारी अस्पतालहरुमा पाउन सकिन्छ त्यति अरु प्राइभेट नर्सिङ होमहरुमा पाउन सकिन्न। मुख्य कुरा के भने उपचारको सेवामा जहाँ गए पनि भेदभाव हुँदै हुँदैन। त्यसलै केही गरी हामीलाई सरकारी अस्पतालबाट उपचारको काममा कुनै कामको लागि अरु कुनै नर्सिङ होममा वा प्राइभेट क्लिनिकमा जाने सल्लाह दिइयो भने पहिला सोध्न बिर्सनु हुन्नकी के कारणले गर्दा तपाईंलाई अन्त उपचारको लागि सिफारिस गरिएको छ भनेर लिखित जानकारीसहित सम्बन्धित चिकित्सकको नाम, हस्ताक्षर सहितको कागज लिएर मात्र सम्बन्धित चिकित्सक वा नर्सिङ् होममा जानु उपयुक्त हुन्छ। उपचारको क्रममा अर्को महत्वपूर्ण एवं विर्सन नहुने कुरा के हो भने चिकित्सकले सिफारिस गरेको औषधि, कुनै पनि औषधि पसलबाट किन्दा त्यस पसलबाट औषधिको नाम सहितको बिल लिन कहिल्यै बिर्सनु हुँदैन। चिकित्सकको सल्लाह बिना औषधि प्रयोग गर्ने गर्नुहुँदैन।
हामी (बिरामी) ले यस्ता साधारण कुरामा ध्यान दिएको खण्डमा मात्र पनि हाम्रो आफ्नो अधिकार एवं कर्तव्य, कानुनी मान्यता सुरक्षीत राख्नुको साथसाथै हामी एक जनाको उपचारको क्रममा भएको कृयाकलापले गर्दा अरुलाई पनि उल्लेखनीय सहयोग मिल्न जान्छ। भविष्यमा गरिने उपचार पद्धतिमा समेत ठोस मार्गदर्शन मिल्न सक्छ। अनुसन्धान, पठन पाठन, गुणस्तरीय सेवाको मापदण्ड पहिचान गरी देशबाट उत्पादन हुने जनशक्तिको छनौट गर्नमा समेत ठूलो योगदान मिल्न जान्छ। तपाई हामी एकजना बिरामीको सहयोगले गर्दा नै छिमेक, गाउँ, जिल्ला, क्षेत्र लगायत देशलाई नै रोगको समयमै उचित निदान एवं नियन्त्रण हुन गई संकात्मक एवं प्राणघातक रोगहरु फैलिन नदिई बचाउन सकिन्छ।सरकारलाई पनि आवश्यक अनुसारको सेवा उपलब्ध गराउनको साथसाथै भविष्यको लागि स्वास्थ्य सम्बन्धी आपतकालीन तथा दीर्घकालीन योजना बनाउन समेत मद्दत् मिल्दछ। यसबाट देशमा स्वस्थ जनशक्तिको अभिवृद्धि हुन गई सरकारले सोचेको वृहत लक्ष्यको परिपूर्तिमा समेत एउटा कोशेढुङ्गा सावित हुनेछ।
(कार्की बीपी लायन्स नेत्र अध्ययन केन्द्रमा कार्यरत छन्।)