माल्दिभ्स– नेपाली कार्डियो भाष्कुलर सर्जन डा. रञ्जन सापकोटाको अगुवार्इमा माल्दिभ्समा पहिलोपटक बाइपास सर्जरी भएको छ । एडिके हसिपटलले यही अगष्ट ८ बाट सर्जरीको सुरुवात गरेको हो। हृदयाघात भएका ५४ वर्षीय माल्दिभियिन पुरुषमा उक्त सर्जरी गरिएको हो।
उनी अहिले कोरोनरी केयर सेन्टरमा उपचाररत छन् । सर्जरी नेपालका डा. सापकोटाका अलवा माल्दिभसका पहिलो मुटुरोग विशेष डा. मोहमद साफियुले नेतृत्व गरेका थिए।
डा सापकोटा मनमाहेन कार्डिया थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन्। उनी माल्दिभ्समा बाइपास सर्जरी सेवा स्थापित गर्न केही समय माल्दिभ्समा रहेने भएका छन्।