काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबारदेखि दुईदिने सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदैछ। हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनलर हस्पिटलको साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र प्रतिष्ठानको सहकार्यमा सम्मेलन हुन लागेको हो।
सम्मेलनका लागि अमेरिकाबाट चार र नेपालभरिबाट ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी हुँदैंछन्।
सोही सम्मेलनका लागि हार्वर्ड युनिभर्सिटीको म्यासाचुसेट्स जनलर हस्पिटलमा मानसिक रोग विशेषज्ञ एवं फ्याकल्टीमा कार्यरत नेपाली चिकित्सक डा श्रीधर पौडेल पनि यतिबेला नेपालमा छन्। डा पौडेलले स्वास्थ्य क्षेत्रमा काम गर्न थालेको २७ वर्ष भइसकेको छ भने १७ वर्षदेखि अमेरिकामा चिकित्सा अभ्यासमा अभ्यस्त छन्।
मेडिकल ल्याब टेक्निसियनको रुपमा त्रिवि टिचिङ अस्पताल महाराजगञ्जबाट स्वास्थ्य क्षेत्रमा आवद्ध भएका उनी अहिले हार्वर्ड युनिभर्सिटीमा कार्यरत छन्।
डा पौडेलसँग जुम्लामा उक्त सम्मेलन गर्नुका उद्देश्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र हार्वर्ड युनिभर्सिटी र अमेरिकामा रहेका नेपालीहरुको मानसिक स्वास्थ्यका समस्यादेखि उपचारका पाटो, अमेरिकामा नेपाली चिकित्सकका लागि रहेका अवसर र चूनौति र डा पौडेलकै चिकित्सा क्षेत्रको यात्रा तथा पेशाबारे कुराकानी गरेका छौं।
प्रस्तुत छ डा पौडेलसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको भिडियो संवाद