कोलकाता - कोलकाताको सरकारी अस्पताल आरजी कर मेडिकल कलेज अस्पतालमा एक चिकित्सकको बलात्कारपछि हत्याको केसमा टाला थानाका अफिसर इन्चार्ज अभिजित मन्डललाई गरेको छ।
सीबीआईले पूर्व प्रिन्सिपल सन्दीप घोषलाई उक्त केसमा जोडेको छ। मन्डललाई मध्यराति गिरफ्तार गरिएको हो। दुवैलाई आइतबार अदालत पेश गरिने सीबीआईले जनाएको छ। आर्थिक घोटलाका एक मामलामा सन्दीप घोष पहिलेदेखि नै सीबीआई हिरासतमा छन्।
उनलाई २३ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा प्रेसिडेन्सी जेलमा राखिनेछ । उनीहरुलाई प्रमाणलाई गम्भीर रुपमा नलिएको र ढिलोगरी मुद्दा दर्ता गराएको आरोप लगाइएको छ।
सञ्जय राय नामक एक स्वयंसेवकलाई यही केसमा गिरफ्तार गरेर अनुसन्धान जारी राखिएको छ ।