काठमाडौं- चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ।
बुधवारसम्म कोरोना भाइरसको संक्रमणबाट चीनको हुबेई प्रान्तमा मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उल्लेख गर्दै हालसम्म २४ हजार ३ सय २४ व्यक्ति संक्रमित भएकोे जनाएको अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ। पछिल्लो समय कोरोना प्रभावित हुबेई प्रान्तबाट विभिन्न राष्ट्रले आफ्ना नागरिकलाई उद्धार गरिरहेका छन्।
कोरोनाको संक्रमण चीनबाहेक २५ बढी फैलिसकेको छ। जसमध्ये फिलिपिन्स र हङकङमा एक÷एक जनाको मृत्यु समेत भइसकेको छ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको बढ्दो संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा एकजुट हुने आह्वान गरेको छ।