काठमाडौँ- बकुलहर रत्ननगर अस्पताल, चितवनको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा गोपाल कर्माचार्यलाई मनोनित गरिएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट उनलाई सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको हो।
मिति २०८१/०८/२७ को निर्णय अनुसार ‘प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ को पहिलो संशोधन २०८१’ को दफा २६ ख. उपदफा २ को काम, कर्तव्य र अधिकार बमोजिमको कार्यसम्पादन गर्न कर्माचार्यलाई मनोनित गरिएको मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ।
‘दफा २६ क. उपदफा (९) बमोजिमको पदावधि कायम हुने गरी दफा २६ क. उपदफा (२) बमोजिम बकुलहर रत्ननगर अस्पताल चितवनको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा तपाईंलाई मनोनित गरिएको छ,’ सूचनामा भनिएको छ।
आफ्नो जिम्मेवारी इमान्दारितापूवर्क पूरा गर्न पनि मन्त्रालयले कर्माचार्यलाई भनेको छ।