काठमाडौं - नेपाल फार्मेसी परिषदले सञ्चालन गरेको १५ औं नाम दर्ता परीक्षाको नाम दर्ता प्रमाणपत्र शुक्रबारदेखि वितरण गर्दैछ।
परिषदले एक सूचना जारी गरी १५ औं परीक्षाको नाम दर्ता प्रमाणपत्र वितरण गर्न लागेको जानकारी दिएको हो।
डिप्लोमाका करिब ४ सय र ब्याचलरका २ सय ४५ जना फार्मासिस्टलाई प्रमाणपत्र वितरण गर्न लागेको परिषदका रजिस्ट्रार संजीव कुमार पाण्डेले जानकारी दिए। कोरोना महामारीका कारण प्रभावित भएको परीक्षा असोज १० गतेदेखि प्रदेशस्तरीय रुपमा सञ्चालन भएको थियो।
लकडाउन र कोरोना महामारी नभएको भए फार्मेसी परिषदको परीक्षा चैत र साउनमा सञ्चालन हुने गर्थ्यो। परिषदले चार/चार महिनाको अन्तरालमा वर्षको तीन पटक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आएको छ।