काठमाडौं - नेपाल फार्मेसी परिषदको २१ औँ नाम दर्ता परीक्षा शनिबार सुरु हुँदैछ। फार्मेसी सहायक तर्फको २१ औँ नाम दर्ता परीक्षा नेपाल सेना स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङमा हुँदैछ।
परीक्षामा सहभागीका लागि १ हजार ९ सय बढीले आवेदन परेको थियो। जसमध्ये आवश्यक कागजात स्वीकृत भई १ हजार ६३४ जनाले परीक्षा दिँदैछन्। एक जनाको भने दोहोरो आवेदन भरेकाले संख्या घटेको परिषदले जनाएको छ।
परीक्षाको नतिजा आज नै प्रकाशित गरिने परिषदले जनाएको छ। परीक्षा दिउँसो १ बजेदेखि सुरु हुँदैछ।