मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Mon, Sep 28, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पहिले पनि त्यस्तो घटना घटिसकेको अनुभूति अर्थात् डेजा भु: भूत, वर्तमान, कि भ्रम?
मस्तिष्कको मेडियल टेम्पोरल लोब, जुन गालाको हड्डी र कान नजिक अवस्थित हुन्छ, स्मृति जम्मा गर्ने र चिजहरु सम्झने क्षमतासँग जोडिएको हुन्छ। मस्तिष्कको अर्को भाग, जुन निदारको अगाडि रहेको फ्रन्टल कोर्टेक्स हो, उच्च स्तरको संज्ञानात्मक कार्यहरू जस्तै तर्क दिने, निर्णय लिने, र तथ्य जाँच्ने कार्यमा संलग्न हुन्छ।
बुधबार, माघ ३०, २०८१
मौसम परिवर्तनसँगै रुघा–खोकी र टाउको दुख्ने समस्या बढ्दै
मौसम परिवर्तनसँगै जाडो–गर्मीको उतारचढ़ावका कारण रुघा, खोकी, टाउको दुखाइजस्ता स्वास्थ्य समस्याहरू बढ्न थालेका छन्। बिहान र बेलुका चिसो बढ्दा शरीरले अनुकूलन गर्न गाह्रो हुन्छ भने दिउँसोको घामले तापक्रम एक्कासी बढ्दा शरीरमा असन्तुलन सिर्जना हुन सक्छ।
बुधबार, माघ ३०, २०८१
डब्लुएचओद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक
सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ।
मंगलबार, माघ २९, २०८१
चितवनमा ६ महिनामा स्क्रब टाइफसका ८४२ जना बिरामी
यस वर्षको साउन १ देखि माघ २७ सम्म ४ हजार ७०५ जनाको परीक्षण गर्दा ८४२ जनामा संक्रमण पुष्टि भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
मंगलबार, माघ २९, २०८१
राकम आधारभूत अस्पताल अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चलाउने
सरकारले दैलेखको राकम कर्णालीमा निर्माणको अन्तिम चरणमा पुगेको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेको छ।
मंगलबार, माघ २९, २०८१
मिडिया र सेलिब्रिटीले कसरी समाजलाई स्वस्थ बनाउन सक्छन्?
सेलिब्रिटीहरूले कहिलेकाहीँ गलत उत्पादनहरूको प्रचार गरेर समाजमा नकारात्मक प्रभाव पनि पार्छन्। उदाहरणका लागि, केही सेलिब्रिटीहरूले चुरोट, मदिरा र कार्बोनेटेड पेय पदार्थहरूको प्रचार गरेका छन्, जसले युवाहरूमा ती उत्पादनहरूको प्रयोगको दर बढाएको छ।
मंगलबार, माघ २९, २०८१
गण्डकीको स्वास्थ्य सचिवमा डा बगाले कायम, शर्माको रिट खारेज
प्रदेश सरकारले सचिवबाट हटाएर तालिम केन्द्रमा सरुवा गरेपछि त्यसको विरोधमा उच्च अदालत पोखरामा गएका डा विनोदविन्दु शर्माको रिट खारेज भएसँगै बगालेले सचिवमा निरन्तरता पाउने भएका हुन्।
मंगलबार, माघ २९, २०८१
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी 'नेपाल-जापान सेवा आदान प्रदान कार्यक्रम' अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो।
मंगलबार, माघ २९, २०८१
डेन्टल इम्प्लान्ट भनेको के हो, किन गरिन्छ?
एउटालाई ब्रिज (एफपीडी) भनिन्छ, जुनमा छेउको दाँतको सहयोग चाहिन्छ । अर्को चाहिँ इम्प्लान्ट हो। यसमध्य सबैभन्दा राम्रो इम्प्लान्ट हो, जसले लगभग सक्कली दाँत जस्तै काम गर्छ।
मंगलबार, माघ २९, २०८१
वीर अस्पतालको चिकित्सकमाथि आक्रमण गर्नेमाथि के कारबाही भयो?
निर्देशक पौडेलको पत्रपछि आक्रमण गर्नेमाथि के कारबाही भयो त? स्वास्थ्यखबरले यो विषयमा जानकारी लिएको छ। अस्पतालबाट आएको जानकारी अनुसार आक्रमण गरेका भनिएका खड्का ३६ घण्टा प्रहरी हिरासतमा बसेको छन् भने डाक्टरसँग माफी मागेका छन्।
सोमबार, माघ २८, २०८१
मानव मस्तिष्कमा माइक्रोप्लास्टिक, सतर्क गराउने नयाँ अध्ययन
परीक्षण गरिएका नमुनाहरूमा ७५ प्रतिशत माइक्रोप्लास्टिक पोलिइथिलिन फेला परेको थियो, जुन प्लास्टिक कन्टेनर, चिकित्सा उपकरण, तथा अन्य दैनिक प्रयोग हुने वस्तुहरूमा व्यापक रूपमा पाइन्छ। यसले संकेत गर्छ कि हामीले खाने, पिउने, वा सास फेर्ने क्रममा समेत माइक्रोप्लास्टिक शरीरभित्र प्रवेश गर्दैछ।
सोमबार, माघ २८, २०८१
गुणस्तरीय ल्याब परीक्षण तथा चिकित्साजन्य/संक्रमणजन्य फोहोर व्यवस्थापन तालिम सम्पन्न
संघले आइतबार दोस्रो ब्याचको एक दिने अभिमूखिकरण तालिम सञ्चालन गरेको हो। यसअघि संघले पहिलो पटक माई २ गते सामखुसी, गंगबु र चक्रपथ एरियालालाई लक्षित गरेर तालिम दिएको थियो।
सोमबार, माघ २८, २०८१
डा अवनिभूषणद्वारा लिखित ‘मान्छेको मुटु’ सार्वजनिक
आइतबार एक कार्यक्रमबीच नेपाल हृयरोग निवारण संस्थाका अध्यक्ष डा सत्यनारायण सुवाल र नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष प्राडा रत्नमणि गजुरेलले उक्त पुस्तकको लोकापर्ण गरेका हुन् ।
सोमबार, माघ २८, २०८१
निजामती अस्पतालको निर्देशकका लागि १० जनाको आवेदन
आवेदन दिनेहरुमा अस्पतालका हालका निर्देशक डा विधाननिधि पौडेल, डा विशेष पौडेल, डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी, डा रोशन न्यौपाने, डा अजित खनाल, डा अनुज रायमाझी, डा विश्वराम पौडेल र डा श्रवण थापा रहेका छन्।
सोमबार, माघ २८, २०८१
नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक, नर्ससहित विभिन्न कर्मचारी माग
सूचना अनुसार कलेजले कार्डियोलोजी,न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ। सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरुले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन्।
सोमबार, माघ २८, २०८१
यी हुन् सरकारी संयन्त्र अन्तर्गत युएसएआडीको सहयोग रहेका स्वास्थ्यका कार्यक्रम
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीका कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका ५२ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेशको १५ करोड र स्थानीय तहको ५ करोड रकम रोकिन पुगेको हो।
सोमबार, माघ २८, २०८१
दिनभर ऊर्जावान बन्न बिहान यी ७ काम गरौं
यदि तपाईं दिनभर काममा ध्यान केन्द्रित गर्न सक्नुभएको छैन, शरीरमा आलस्य र दिमागमा तनाव हावी भएको महसुस गर्नुहुन्छ भने, तपाईंको उत्पादकता घट्न सक्छ। यस्तो अवस्थामा, तपाईंको बिहानको दिनचर्या सुधार गर्नाले तपाईंलाई उत्पादक र स्वस्थ रहन मद्दत गर्न सक्छ। यहाँ केही महत्वपूर्ण टिप्स दिइएको छ:
सोमबार, माघ २८, २०८१
नेपालगञ्जमा हाडजोर्नी डाक्टरहरुको क्याडाबरिक स्पाइन कार्यशाला
एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल लुम्बिनी प्रदेश संयोजक नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रतिक कार्कीको संयोजकत्वमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो।
आइतबार, माघ २७, २०८१
कीर्तिपुर अस्पताल पुगेर स्वास्थ्य मन्त्री पौडेलले लिए जलनपीडित बिरामीको उपचारबारे जानकारी
उनले जलन प्रभावितहरुको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याहरु तथा बिरामीका गुनासा दुवै सुने । उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए ।
आइतबार, माघ २७, २०८१
क्षयरोग, मलेरिया र नवजात शिशु स्वास्थ्य जस्ता सेवा पुन: सुरु गर्नुपर्छ: युएसएआइडी ज्ञापनपत्र
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरे लगत्तै ९० दिनका लागि अन्तर्राष्ट्रिय सहायता रोक्ने निर्णय गरेका थिए। त्यसको केही दिनपछि राज्य सचिव मार्को रुबियोले ‘जीवनरक्षक’ कार्यक्रमहरूलाई छूट दिने स्पष्ट पार्दै एउटा आदेश जारी गरेका थिए, तर कार्यरत संस्थाहरू भने अन्योलमै छन्।
आइतबार, माघ २७, २०८१
नेपाल हेल्थ कर्प्सले गर्यो सुर्तीजन्य पदार्थ विरुद्ध अभियानको सुरुवात
संस्थाले एम्बासडरमार्फत् स्वास्थ्य क्षेत्रमा अध्ययनरत युवायुवतीहरूलाई सार्वजनिक स्वास्थ्य बारे पैरवी, शिक्षा र सचेतनामा सहभागी गराउनेछ। 'हामीले विभिन्न स्वास्थ्य संस्थाहरुबाट एक-एक एम्बासेडर (स्वास्थ्य दूत)हरू चुनेका छौं । उहाँहरुलाई स्वास्थ्य अभियान सञ्चालन गर्ने, चेतना फैलाउने र विभिन्न कार्यक्रम गर्न परिचालन गर्नेछौं,' डा विष्टले अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने।
आइतबार, माघ २७, २०८१
आगामी फागुन १७ गते काठमाडौंमा अन्तर्राष्ट्रिय डायबिटिज कन्फरेन्स हुने
सम्मेनलमा विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ। सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ।
आइतबार, माघ २७, २०८१
को होला वीर अस्पतालको नयाँ निर्देशक?
अस्पतालका निर्देशक डा पौडेल आफैं पनि दोहोरिने रुचिसहित शक्तिकेन्द्र धाइरहेका छन्। वीरमा दोहोरिने अवस्था नभए कुनै संस्थामा उपकुलपतिसहित जाने चाहना उनले प्रस्तुत गरेका छन्।
आइतबार, माघ २७, २०८१
आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिनुपर्ने सरकारको निर्णय निजी मेडिकल कलेजद्वारा अस्वीकार
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
आइतबार, माघ २७, २०८१
दर्ताबिना सञ्चालित जनकपुरका अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
अनुगमनक्रममा उनले अस्पताल सञ्चालकहरूलाई भने, ‘स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस् । आइतबारसम्म अस्पतालका बिरामी अन्य स्वाथ्य उपचार सेवामा सारेर आफैँले बन्द गर्नुभएन भने हामी सरकारी टोेली परिचालन गरेरै बन्द गराउनेछौँ ।’ मुख्यमन्त्री सिंहले अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीसमेतलाई कारबाही गरिने बताए ।
आइतबार, माघ २७, २०८१
पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायको अस्पतालका लागि निर्देशक आवश्यकता
पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले फागुन ११ गतेसम्म दरखास्त दिन भनेको छ। खुल्ला प्रतिस्पर्धाबाट शिक्षण अस्पतालको रिक्त अस्पताल निर्देशक पदका लागि योग्य उम्मेदवारहरूले सहित
[email protected]
मा दरखास्त पेश गर्न भनको छ।
आइतबार, माघ २७, २०८१
ट्रम्प प्रशासनले गर्यो बायोमेडिकल रिसर्चको ४ अर्ब डलर अनुदान कटौती, चिकित्सा अनुसन्धान प्रभावित हुने
'संयुक्त राज्य अमेरिकाले विश्वको उत्तम चिकित्सा अनुसन्धान गर्नुपर्छ,' एनआईएचले आफ्नो घोषणामा भनेको छ, 'त्यसैले यथासम्भव धेरै रकम प्रत्यक्ष वैज्ञानिक अनुसन्धान लागतमा जानेछ, प्रशासनिक खर्चमा होइन।'
आइतबार, माघ २७, २०८१
प्लास्टिक प्रदूषण र मानव स्वास्थ्य: एक अदृश्य संकट
सन् २०१९ देखि कोभिडको प्रकोपबाट बच्नको लागि प्रयोग भएका सुक्ष्म प्लास्टिक जन्य समानहरु जस्तै मास्क, ग्लोब्स, फेस शिल्ड, स्यानिटाईजरका बोटल, मेडिकल किट आदिले पनि थप असर देखाएको छ ।यस्ता सुक्ष्म प्लास्टिकका कणहरू हावामा घुलमिल तथा खाना मार्फत शरीरका विभिन्न अंगमा पुगेर असर गर्ने गर्दछ।
आइतबार, माघ २७, २०८१
फार्मेसी एसिस्टेन्टको लाइसेन्स परीक्षामा ४४ प्रतिशत उत्तीर्ण (नतिजासहित)
काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार परीक्षामा एक हजार एक सय २४ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये जम्मा ४९२ जना मात्र उत्तीर्ण भएका छन्।
शनिबार, माघ २६, २०८१
युएसएआइडीका कर्मचारीलाई बिदामा राख्ने ट्रम्पको निर्णयमा तत्कालका लागि रोक
उनी एजेन्सीका १०,००० कर्मचारीहरू मध्ये ६११ कर्मचारीहरूलाई छोडेर लगभग सबैलाई बिदा दिने योजनामा छन्। करिब ५०० कर्मचारीहरूलाई पहिले नै प्रशासनिक बिदामा राखिएको थियो र अर्को २,२०० कर्मचारीहरूलाई शुक्रवार मध्यरातबाट बिदामा राख्ने तयारी थियो।
शनिबार, माघ २६, २०८१
Previous
155
156
157
158
159
Next
सर्च गर्नुहोस्
×
Search