स्वास्थ्य मन्त्रालयमा कर्मचारी प्रशासनको मात्र कुरा गर्दा फाजिलका कर्मचारीको व्यवस्थापन ठूलो समस्याको रुपमा रहेको छ। अहिले मन्त्रालयमा नै एकदर्जन सहसचिव तहका कर्मचारी फाजिलमा छन् भने अन्य कर्मचारी पनि उत्तिकै फाजिलमा छन्।
जनशक्तिको अध्यावधिक रेर्कड छैन। न मन्त्रालय, न विभाग, कसैले पनि आफ्ना कर्मचारीको रेर्कड राखेको छैन। अध्यावधिक रेकर्ड नभई समायोजनमा जान सकिँदैन। सबै स्वास्थ्य जनशक्तिको पिआएएस अपडेट किताबखानामा भएको छैन।
स्वास्थ्य तथा जनसंख्याअन्तर्गतमा कर्मचारीको अहिलेसम्म एकिन तथ्यांक नहुँदा समायोजनमा देखिएको मुख्य समस्या हो।
नयाँ संरचना बनाउँदा,आफ्नो जनशक्तिअनुसारको संरचना तयार गर्दा बुद्धि कम पुग्यो र अहिले समस्या आयो। गर्दै–सिक्दै, सिक्दै–गर्दैको अवस्था भएकोले पहिलेको गल्ती सच्चाउँदै लैजानुपर्छ।
जनस्वास्थ्य कार्यालयलगायतका विषयमा पनि अन्योल देखियो। त्यसलाई पहिलेकै जनस्वास्थ्य कायम राख्न अन्य सम्बन्धित मन्त्रालयमा निरन्तर छलफल गरिरहेका छौं।
देखिएका जटिलता समाधान गर्न हामीले स्वास्थ्यका सबै जनशक्तिको विवरणका लागि प्रदेश निर्देशनालयलाई सबै जनशक्तिको यथार्थ विवरण चाहियो भनेर परिपत्र गरिसकेका छौं। सबै कार्यालयलाई आफ्नो प्रदेशअन्र्तगतका सबै
र्मचारीको तहगत, पदगत, रिक्त, स्थायी, अस्थायी सबैखाले दरबन्दीको विवरण पठाउनुस्, जसले हामीलाई एकिन विवरण राख्न सजिलो हुन्छ भनेर भनेका छौं।
स्वास्थ्यमा जनशक्ति धेरै छ। त्यो जनशक्तिलाई नयाँ–नयाँ विषयमा तालिम आवश्यक छ। त्यसका लागि हरेक प्रदेशमा तालिम केन्द्र, औषधि व्यवस्थापन गर्न प्रदेशस्तरीय औषधि व्यवस्था विभाग, जनस्वास्थ्य प्रयोगशाला, ७७वटा जनस्वास्थ्य कार्यालय पहिलो संरचनामा छुटेका र पछि खट्किएका विषयलाई पुनः विचार गर्दै सच्चाउन लागिपरेका छौं।
योबाहेक अरु संरचना परिर्वतनको लागि प्रयास भएको छैन। केही समयपछि मन्त्रालय, विभाग र महाशाखाको पुनः संरचनाको काम गर्छौैं। तर अहिले जनतालाई स्तरीय सेवा प्रदान गर्ने वातावरण बनाउन लागिपरेका छौं। त्यसको अनुगमन प्रदेश र मन्त्रालयबाट हुनेछ।
-(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखा प्रमुख गुरागाईंसँगको कुराकानीमा आधारित)
यो पनि पढौं :